मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

राजनीति
नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला भेला सम्पन्न, भोला अर्यालको नेतृत्वमा १७५ सदस्यीय समिति चयन

Thearaniko Times 1401+ समाचार ( )
११ श्रावण २०८२, शनिबार

बनेपा — नेकपा (माओवादी केन्द्र) काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिको दोस्रो ऐतिहासिक भेला शनिबार बनेपामा सम्पन्न भएको छ। भेलाबाट भोला प्रसाद अर्याल नेतृत्वमा १७५ सदस्यीय जिल्ला समन्वय समिति गठन गरिएको छ छन्। यद्यपि सचिवको चयनमा सहमति जुट्न नसकेको जानकारी दिइएको छ।

भेलाको उद्घाटन पार्टी केन्द्रीय सदस्य तथा सरकार सञ्चालन संयन्त्र प्रमुख क. सूर्यप्रकाश सुवेदी ‘पथिक’ले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै सुवेदीले पार्टीलाई अभियानात्मक ढंगबाट अगाडि बढाउने कार्ययोजना तयार भइरहेको बताए। उनले संगठनात्मक सुदृढीकरण, वैचारिक स्पष्टता र कार्यदिशा निर्माणका लागि प्रशिक्षणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

भेलामा जिल्लाका १२ वटै स्थानीय तह (पालिका) का अध्यक्षहरूले आफ्नो–आफ्नो क्षेत्रगत संगठनात्मक प्रतिवेदन (रिपोर्टिङ) प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, केन्द्रिय सदस्यहरू सूर्यमान दोङ ‘लालध्वज’, गंगाबहादुर तामाङ ‘बमध्वज’ले पार्टीको देखिएको समस्या, चुनौती र आगामी योजनाबारे मन्तव्य राखेका थिए भने प्रदेश सभासदस्य रत्न ढकाल र रुकु चौलागाईं, संघिय सांसद मिना तामाङ, जिल्ला इन्चार्ज तेजबहादुर मिजार, केन्द्रीय सदस्य अक्कलबहादुर थिङ, कृष्ण भण्डारी, होमकुमारी तामाङ, प्रदेश कमिटी सदस्यहरू, साथै पालिका कमिटीका अध्यक्षदेखि सचिवसम्मको सहभागिता रहेको थियो।

भेलाले आगामी श्रावण १६ र १७ गते प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। यो कार्यक्रममार्फत संगठनभित्र वैचारिक, राजनीतिक तथा व्यवहारिक प्रशिक्षण प्रवाह गरिनेछ।

बैठकले आगामी संगठनात्मक सुदृढीकरणका लागि अझ थप छलफल र निर्णय आवश्यक रहेको निष्कर्ष निकालेको छ। साथै, पार्टीले अब एकीकृत ढंगबाट संगठन सशक्त पार्ने र आगामी राजनीतिक अभियानहरूलाई प्रभावकारी बनाउन सामूहिक नेतृत्वमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यस भेलालाई काभ्रेपलाञ्चोक जिल्लामा माओवादी केन्द्रको सांगठनिक पुनःजागरण र वैचारिक स्पष्टतासहितको रणनीतिक पुनर्संयोजनका रूपमा लिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार