मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |
मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |


अर्को १२ बुँदे समझदारी जनभावनामा टिकेर गर्नुपर्छ–प्रदिप गिरी

Thearaniko Times 1375+ समाचार ( )
६ भाद्र २०७९, सोमबार

२०६३ सालको भदौ २३ गते जनप्रतिरोध साप्ताहिकमा प्रकाशित स्व.प्रदिप गिरीको अन्तर्वार्तालाई पुनः प्रकाशन गरी उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छौं । उहाँले त्यसबेला बोल्नुभएका कुराहरु अहिले पनि उत्तिकै सान्दर्भिक छन् । तात्कालीन अवस्थामा मैले संपादन गरेका जनप्रतिरोध साप्ताहिकका लागि मैले अन्तर्वार्ता लिएको थिएँ । अर्काइभबाट 

वर्तमान राजनीतिक अबस्थालाई यहाँले कसरी हेरिराख्नु भएको छ ?

यो स्पष्ट एउटा संक्रमणको अबस्था हो । यसमा अनेकौ अनिश्चय र अनिश्चितता छन् । अहिले यस घडीमा उभिएर भोली यसै हुन्छ भन्न सकिदैन । सातदलको नेतृत्व र ने.क.पा.(माओवादी)ले राम्रो समझदारी गरेर बृद्धि पु¥याउने हो भने नेपाल साँच्चिनै एउटा नयाँ सुनौलो भविष्यमा पदार्पण गर्न सक्छ । अहिले रहेको अलमल आशंका, अविश्वास कायम रहने हो र समस्यालाई जहिले पनि आलटाल गरिराख्ने हो भनेदेखि हामी फ्mेरी गृहयुद्धमा फँस्नेछौं र युद्ध लम्विनेछ । श्रीलंकामा बर्षौं भइसक्यो गृहयुद्ध सिद्धिएको छैन् । नेपालमा गृहयुद्ध विस्तारित हुने हो भने नेपाल मात्र होइन हिन्दुस्तानलाई पनि यसले छोप्दै जाने सम्भावना पनि उत्तिकै वलियो छ । 

 यसरी ढिलो हुनु, अलमल हुनु र आशंका बढ्नुका कारण के हुन सक्छ ? 

हेर्नुस्, सातदलको कुरा गर्नुहुन्छ भने नेपालमा त्यत्रो ठुलो जनआन्दोलन भएको छ । २५ देखि ५० लाख जनता सडकमा आएको छ, तिनीहरु के पिरले,के भन्न, के बोल्न सडकमा आए त्यो सातदलले बुझेकै छैनन् । सात दलको सिंगो नेतृत्वको समस्या यो हो । उनीहरुले जनआन्दोलनको मर्म बुझेकै छैन्  

ठीक त्यस्तै ने.क.पा(माओवादी) पनि जनआन्दोलनले यत्रो ठुलो परिवर्तन ल्यायो र जनआन्दोलनले त्यो परिवर्तन ल्याएको चाहीँ अरुको लागि परिवर्तन ल्याउने सन्देश हो । ने.क.पा.(माओवादी)लाई उस्तै रहन भनेको होइन । ने.क.पा(माओवादी)ले पनि त्यस जनआन्दोलनको आलोकमा जनआन्दोलनको प्रकाशमा आफ्mुमा जुन परिवर्तन ल्याउनु पर्दथ्यो, त्यो विल्कुल ल्याउन सक्या छैन् । जनआन्दोलनले गर्दा सातदलले कुर्सी पाए चिल्लो गाडीमा चढे सिंहदरवारमा बसे त्यही मनस्थितिमा छन् । माओवादीका नेता पनि काठमाडौसम्म आए । आधा लुकेर आधा देखिएर घुमेका छन् । अन्य हरेक कुरामा मनस्थिति पनि व्यवहार पनि उस्तै छ । त्यसैले के छ भने माओवादीका जिल्ला स्तरीय कार्यकर्ताहरुले क्षेत्रिय स्तरका कार्यकर्ताहरुले गाउँघरमा पिर पिराउ गर्नमा कुनै कमी ल्याएका छैनन् । सात दलका कार्यकर्ता पंक्ति र ने.क.पा.(माओवादी)मा पनि तल्लो स्तरमा जुन एउटा संवेदना, सद्भाव र विश्वास हुनुपर्ने थ्यो, त्यो हुनै सक्या छैन् । माथि के छ भने सात दलको नेताहरु सिंहदरवार बस्या छन् । सात दलका नेताहरु मन्त्री भएका छन् । प्रधानमन्त्री भएका छन् । उही ढाँचा उही रवाफ्m उही कार्यक्रम उही गतिविधि देखाउँदैछन् । माओवादीका नेताहरुले जंगलबाट यो मख्खनको गल्ली असनको गल्ली हुँदै पाटनको गल्लीसम्म आएका छन् । यसमा लुकिछिपी जस्तो र्गछन । धेरै लुकेका पनि छैनन् । ताकि उनीहरुको पनि व्यवहार गर्ने तरिका उस्तै छ । 

यसमा संशोधन नहुञ्जेल सातदल र माओवादीले के वुझ्नुपथ्र्यो भने संसारमा कहीं नभएको २ अढाई करोड  जनसख्या भएको देशमा  झन्डै २५ देखि ५० लाख मान्छे सडकमा त्यसै आएका छैनन् । ज्यानको बाजी राखेर आएका छन् । त्यसको  राष्ट्रिय अन्तराष्ट्रिय पहलु पनि छ है । जनता त्यसै आँट गरेर सडकमा आएका थिएनन् । अब करिब  करिब यो आन्दोलन सफल हुन्छ भन्ने सन्देश अनेक अनेक कोणवाट, स्तरबाट प्राप्त पनि भएको  थियो, जनतालाई । यसले बलपूर्वक  मार्न सक्दैन । यो नरसंहार हुन सक्दैन भन्नेमा विश्वास थियो जनतालाई । तर यो परिस्थितिको आकंलन अहिलेका सत्ताका मुख्यघटक सातदलले गर्न सकिरहेका छैनन् मुख्य समस्या यो हो । 

यदि १२ बुँदे समझदारी नभएको भए यो जनआन्दोलन संभव थियो ? 

होईन १२ बुँदे समझदारी नभएको भए संभव थिएन । तर १२ बुँदे समझदारीमा निहित रहेको अस्पष्टता, अन्तरविरोध र दुविधाले पनि आज यो अवस्था ल्याएको छ । १२ बँुदे समझदारीमा दुविधाहरु  छन् । जस्तो संसदको पुर्नस्थापनापछिको मार्गचित्रवाट संविधानसभासम्म पुग्ने  पनि भनिएको छ । त्यहींनै फेरि सोझै संविधानसभामा जाने पनि भनिएको छ । सातदलले के भनेर अडान लिदैंछ भने, संसद त लेखेकै थियो नी त्यहाँ । त्यो पनि साँचो हो । ने.क.पा.(माओवादी) भन्दै छन् संसद भन्ने कहाँ लेखेको छ । एउटा अष्पष्ट त्यहाँ छ । 

अर्को अस्पष्ट त्यहाँ के छ भने अन्यायमा परेको सम्पत्ति फर्काउने भनेर लेख्या छन् । न्याय अन्याय कस्ले छुट्याउने त्यो लेखिएको छैन । न्याय र अन्याय छुट्याउने परम्परागत प्रक्रिया हो त्यसको त्यहाँ अझैपनि अनुपस्थिति छ । नेकपा माओवादीका नेतासित हाम्रो पार्टीले कुरा गर्दा खेरी यो न्याय र अन्यायको वर्गिकरण, न्याय र अन्याय छुट्याउने तरिका न्याय र अन्यायको निक्र्योल गर्ने एउटा संस्थागत प्रयत्न भएको छैन भनेर हाम्रो पार्टीले कुरा राखेको थियो । 

अहिले गिरिजाप्रसाद के भन्दै हुनुहुन्छ भने अन्यायमा परेको सम्पत्ति भनेको हाम्रो पार्टीको जम्मैको छुट्या । नेकपा माओवादीको समस्या के छ भने कुनै नेकपा माओवादीको सिद्धान्त बुझेका थोरै मान्छेहरु माओवादी समर्थक भएका छन् । केही जग्गा पाएर नै माओवादी समर्थक भएका छन् भने कोही खान पाएर नै माओवादी समर्थक भएका छन् । उनीहरुलाई पुलिस र मेल्ट्री लगाएर जग्गाबाट खेद्न लगाउने हो भने उ किन माओवादीसँग बस्छन् ? अहिले आएर नेकपा माओवादीले यता व्यक्तिगत भेटघाटमा के भन्न थालेका छन् भने होइन, हामी ११ विघा जग्गासम्म जुन सरकारी कानुन हो त्यो कानुन भन्दा माथिकोलाई हामीले अन्यायपूर्ण भन्यौ । त्यो कानुनभन्दा तल खोसेका छन् भने मालिकलाई फर्काउनु भन्नुभएन विनयध्वज चन्दलाई फर्काउनु भन्नुभएन(विनय ध्वजको थुप्रै जग्गा छन् रे) । कुलबहादुर गुरुङ्गलाई फर्काउनु भन्नुभएन(जो गिरिजाबाबुको महामन्त्री छ) । बरु राज्यले लिइदिनुप¥यो । हामी तयार छौं । राज्यले लिएर पुर्नवितरण गरिदिनुप¥यो, हामी तयार छौ भनेर मसँग व्यक्तिगत भेटघाटमा नेकपा (माओवादी)का नेताले भनेको छ । मेरो विचारमा पनि त्यो ठीकै हो । तर जतिपटक ७ दल र वार्ता समितिको बैठक हुन्छ नेपाली कांग्रेसको प्रतिनिधिले पहिले हाम्रो पार्टीका मान्छेको जग्गा फर्का भनिहाल्छ । यो अर्को समस्या आएको छ । तपाईलाई मैले समस्या मात्र बताउन खोजेको । यो समस्याको जरो पनि त्यही १२ बुँदे समझदारी नै हो । त्यस्तै १२ बुँदे सम्झौतामा अर्को पनि अस्पष्टता छन् । यतिमात्र अस्पष्ट छैनन् त्यो अस्पष्टताको पुर्नव्याख्या दुवै समूहले दुईतिर बसेर गरिरहेको छ । यसैले पहिले झिनामसिना कुरामा होइन, दफा–उपदफामा होइन सैद्धान्तिक सहमति हुनुप¥यो । नयाँ नेपालमा नागरिक अधिकारको स्थिति के हुन्छ ? नयाँ नेपालमा जग्गाको हदबन्दीको अवस्था के हुन्छ ? नयाँ नेपालमा सेनाको संरचना कस्तो हुन्छ ? सेनाको संबन्धमा अहिले जुन नेकपा (माओवादी)ले भन्दैछ तपाईका नेताहरुलाई थुनेको राजाको सेनाले हो, हाम्रो सेनाले होइन ! पहिले राजाको सेनाको छिनोफानो गर्नुस् अनि हाम्रो सेनाको कुरो गर्नुस् भन्दैछ । यो पनि एउटा कुरा हो । यहाँ यो पनि निराधार कुरा होइन । आज राजाका सेना चुप लागेर बस्दै छन् भनेर राजाका सेना प्रचण्डको सेनाभन्दा कम खतरन।क छन् भन्ने होइन । नाम बदलिने बित्तिकै त्यो सेना कम खतरनाक हुँदैन । प्रचण्डले पनि नाम बदलेर राष्ट्रिय सेना गरिदिए भईहाल्यो नि । यी सवाललाई बाह्रबुँदेले बेलैमा सम्बोधन नगरेकोले अथवा ८ बुुँुुदेले पनि सम्बोधन नगरेकोले समस्या आज जटिलबाट जटिल तर्फ जाँदैछ ।

अन्तरिम संविधान मस्यौदामा साझा मत आउन नसक्नुृ अथवा साझा दस्तावेज बन्न नसक्नुको कारण के देख्नुहुन्छ ?

मुलकारण केहो भने सातदलका नेताहरको अभिप्राय अन्तरिम संविधान स्पष्ट र ठोस रुपमा नआओस् भन्ने थियो । यो कुरा हतियार व्यवस्थापनसंग जोडिएको थियो । के छ भने हतियार व्यवस्थापनमा माओवादीलाई झुक्न नलगाएसम्म अन्तरिम विधानमा सहमति नगर्नु भनेर नेपाली कांगे्रसका प्रतिनिधिलाई नेपाली कांग्रेसले सुझाव दिएको थियो, सल्लाह दिएको थियो, निर्देशन दिएको थियो ।

राजनीतिक मुद्धामा प्रवेश नगरी यस्ता झिनामसिना कुरामा अल्झिने .......?

– यो त झिनामसिना कुरा भएन नि । यो किन झिनामसिना कुरा भएन भने माथिका कुरामा सल्लाह मिल्या भए हतियार व्यवस्थापन लगायत अन्तरिम विधान आउँथ्यो । बरु त्यो त राष्ट्रले जान्नुपर्ने कुरा हो । तपाईको अखबार  कतिले पढ्छ त्यो त मलाई थाहा छैन । समस्या त्यो प¥यो जो राष्ट्रिय जान्नु पर्ने कुरा हो मैले जानकारीको लागि भन्दैछु, त्यहाँ मुख्यतः नेपाली कांग्रेस अर्थात गिरिजाबाबुको नेपाली कांग्रेस र माधव नेपालको पार्टी एमाले अथवा दुई पार्टीका ४ जना प्रतिनिधिले अडंगा गरेकोले अन्तरिम विधानले अन्तरिम रुप नलिएको हो । हाम्रो पार्टी लगायत ५ दलका प्रतिनिधि बीचमा करीब करीब धेरै सवालमा सहमति भैसकेको थियो । यो तपाईंलाई तथ्यगत जानकारी दिया मैले । यसैले अहिले के भएको छ भने प्रधानमन्त्री भएको भोली पल्टदेखिन् अथवा उपप्रधानमन्त्री भएको भोलीपल्टदेखि गिरिजाबाबुु र खड्ग ओलीलाई हुट्टिट्याँउले आकाश थामेजस्तै सारा देश हामीले थाम्यौं भन्ने गलत भ्रम परेको छ । ज्ञानेन्द्र चुपचाप बसेको छ । अब हामीले थामिहाल्यौं अब ज्ञानेन्द्रले केही पनि गर्दैन । कटुवाल त मेरो पनि नाता पर्छ, खड्काजीको तर्फबाट भनेर ढुक्क परेर बसेका छन् । ढुक्क पर्नु उनीहरुको गल्ती हो । 

अर्काेतिर जुन फुर्तिफार्तीका साथ अस्ती प्रचण्ड र बाबुराम दिल्लीबाट आएका थिए, जंगलबाट त होइन दिल्लीबाट आएका थिए । नेपाल हामीले जितिसक्यौं भनेर आएका थिए अहिले उनीहरुलाई जितिनसकेको अनुभूति भईरहेको छ । गिरिजाबाबुलाई चाहिं म प्रधानमन्त्री भएपछि के समस्या बाँकी छ र भन्ने लागि राखेको छ ।  

अब संविधानसभासम्म जानको लागि चुनौतीहरु के के छन् ? 

–७ दल किन भन्ने ? ८ दलको नेतृत्वका दिमागमा जुन अनेकौ अवास्तविक कुराहरु छन् । ५० लाख जनताले निस्केर आन्दोलन सफल बनाए । प्रचण्डजीको दावा छ मेरो पार्टीले ग¥यो भनेर, त्यो दावामा पछि हट्नुप¥यो । गिरिजाबाबुले यी सबै ५० लाख मान्छे मलाई प्रधानमन्त्री बनाउन आएका भन्ने दिवास्वप्नबाट हेरेको हो भने त्यो हट्नुप¥यो । दुबैले अत्यन्त बिनम्र भएर खासमा जनताको पहलमै परिवर्तन आएको हो, जनताले के चाहेका हुन् भन्ने कुरो १,२,३,४,५,६,७,८ गरेर अर्को १२ बुँदे समझदारी जनभावनामा टिकेर गर्नुप¥यो । त्यो १२ बुँदे समझदारीमा सबै विषयमा फेरि दोहो¥याएर भन्छु म, संचारका विषयमा, सेनाका विषयमा, भाषाका विषयमा, संस्कृतिका विषयमा, सम्पत्तिका विषयमा समेत राजनैतिक रुपमा पुग्नुपर्छ । नेकपा माओवादी र सात दलको सबभन्दा ठूलो प्रतिस्पर्धा पहिले कहाँबाट सुरु भयो भने आन्दोलन ग¥यो जनताले जस लिने विषयमा हानथाप गर्नथाल्यो ।

जस्तो लाखांै करोडौ सिपाही मर्छन युद्धमा, जसचाँही एक्लै पाउँछ सेनापतिले ! त्यस्तै सेनापति हुने प्रंयत्न गर्न थाले यिनीहरुले । जनतालाई जसै नदिकन । खासमा यिनीहरु खसोखास त्यो जनआन्दोलनका सेनापति नै हौं भन्नथाले वास्तवमा उनीहरु सेनापति पनि थिएनन् र यिनीहरुको उपस्थितिले गर्दा आन्दोलनले पूर्ण उचाई चाँही प्राप्ति गरेको थियो । 

जनआन्दोलनबाट स्थापित भएका प्रधानमन्त्रीले सेरोमोनियल किङको पक्षमा बोल्नुभयो, तपाई यो कुरामा सहमत हुनुहुन्छ ? 

– के सहमत हुनु नि ? खुद् उहाँले भोलीपल्टै विराटनगरमा मैले त होइन जनताले मादैनन् भने मान्दैनौ भनेर भनिसक्नु भयो नी । बिचरा, यतिखेर वहाँ ८३÷८४ वर्षको उमेर छ, सम्झना शक्ति ठीक छ कि छैन ? कल्ले के भन्दिन्छ, कल्ले के लेख्दिन्छ । वहाँले गरेको वक्तव्यमा धेरै टिक्काटिप्पणी तपाईहरुले नगर्नुस भन्ने मेरो तपाईलाई प्रार्थना छ । गिरिजाप्रसाद कोइराला नै प्रधानमन्त्री हुनुपर्छ । गिरिजाप्रसाद कोइराला भन्दा कोही हुँदैन भनेर सबभन्दा बढी चर्को कुरा उठाउने मान्छेको नाम हो डा. बाबुराम भट्टराई, लेख्नुस । आजभन्दा १ वर्ष पहिले दिल्लीमै । त्यो डा. बाबुराम भट्टराईले के सोचेर तर्क ग¥या थियो सोध्नुस् तपाईको अखबारबाट आज सोध्न चाहन्छु । त्यसपछि त्यो माधव नेपाल त्यस्तै, हाम्रो पार्टी त्यस्तै । यो ७ दलका नेताहरुले के देखेर उहिले नै रिटायर गराउनुपर्ने मान्छे १५ वर्षअघि नै रिटायर गराउनु पर्ने मान्छेलाई जबरजस्ती अहिलेसम्म बोक्नुको कारण मैले बुझेको छैन । यो रहस्य खोज्नुस् तपाइले । अनि गिरिजाबाबुलाई दोष दिनु नै बेकार छ तपाईको घरमै ८०–९० वर्षको बाबुबाजे छैनन ? तिनले काम गर्ने अवस्थामा रहन्छन् ? त्यसैले रिटायर हुनुपर्ने मान्छे मानसिक, शारीरिक, भौतिक दृष्टीले रिटायर हुनुपर्ने मान्छेलाई जबरजस्ती बोकेर यल्ले हामीलाई टिकोलाई दिन्छ र म प्रधानमन्त्री हुन्छु भनेर गिरिजाबाबुले अब मैले सक्दिन तँ होस् भनेर शेरबहादुरलाई भन्छ भन्ने शेरबहादुरको आशा छ, के शेरबहादुरलाई भन्छ ? मलाई भन्छ भन्ने रामचन्द्रलाई आशा छ । तलमाथि परे मै हुन्छु भन्ने माधव नेपाललाई आशा छ । अब आशामुखीमा नयाँ नाम थपिएको छ, तलमाथि प¥यौ भने पालो मेरै हो भन्ने प्रचण्डलाई छ । यो मानसिकताले गर्दा गिरिजाप्रसादलाई टिकाई राख्न चाहन्छन् नेताहरु यहाँ सक्षम प्रधानमन्त्री चाहँदैनन् । सक्षम प्रधानमन्त्री उनीहरुलाई बन्नु प¥या छ कमजोरलाई राखिराख्यो भने पछि मेरोपालो आउँछ भन्ने चारैजनाको मनसाय छ ।

यर्हाँ राजनीतिक रुपमा स्थापित र सक्षम मान्छे, किन सत्तामा जानुहुन्न ?

– सत्ताले समाज परिवर्तन गर्दै–गर्दैन । म १४–१५ वर्षको उमेरदेखि राजनीतिमा लाग्या समाज परिवर्तन गरिएला भनेर । साँच्चिनै तल रहेका दुःख पाएका मान्छेलाई हेल्प गर्न सकिएला कि भनेर यो राज्यसत्ता, यो वर्तमान निजामति सेवा, वर्तमान पुलिस, वर्तमान सेना, वर्तमान शिक्षा प्रणालीे यो जस्ताको तस्तै रहुन्जेल जनताको भलो गर्दैन । राजनीतिक आलोचना गर्नुपर्छ, जनताले सोझै निर्वाचन गरेर भोट दिए भने त्यहाँसम्म पुग्न पनि सकिने कुरा भयो जनताको कुरा बोल्नका लागि । तर यो वर्तमान राज्यसत्ताको आचार र मष्तकमा परिवर्तन नगरुञ्जेल यो राज्यसत्ताले सत्ताधारीलाई मात्र बलियो बनाउँछ । त्यसैले आजको मितिसम्म म चाहेरै पनि सत्तामा नगएको हुँ ।

लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रमा फरक के हो ?

– हामीहरु संस्कृत भाषामा सम्पन्न भाषा छौं । संस्कृत भाषामा एउटा शब्दको ३ वटा उपभेद हुन्छन् । तपाईलाई बुझ्ने उदाहरण दिन चाहन्छु । तपाई दिल्लीको सडकमा जानुभयो भने त्यहाँ दिल्लीको सडकमा नेपालीलाई बहादुर भन्योभने बहादुर भनेर त्यहाँ कुल्लीलाई भन्छ, चौकीदारलाई भन्छन् बहादुर भनेको सम्मानजनक शब्द त्यहाँ आउँदैन । यहाँचाही यो बहादुर भन्ने शब्द सबभन्दा सम्मानजनक शब्द हुन्छ त्यस्तै राति १० बजे तपाईले छोरालाई ए छोरा १० बज्यो भन्यो भने सुत्न जा भन्या हो । राति १० बजे एउटा कुनै चोर साथी छ भने १० बज्यो नी भन्या चोरन जाउँ भन्या हो । राती १० बजे आफ्नी श्रीमतीलाई १० बज्योनी भन्या कोठामा सुत्न आइज भन्या हो । कुरा १० बजेको घटना हो तर कसले बोल्यो कहाँ बोल्यो कतिबेला बोल्यो त्यसमा भरपर्ने कुरा रह्यो । त्यसैले लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रको अर्थ फरक छैन ।

ंलोकतन्त्र भने हामीलाई एकदलिय व्यवस्था भन्छन भनेर पुच्छरमा लोकतन्त्र थप्नुपर्ने नेकपा(माओवादी)को बाध्यता छ । भन्न खोजिएको गणतन्त्र हो । गणतन्त्र भनौ भने नेकपा (माओवादी)ले चीनमा जस्तो एक दलिय गणतन्त्र पो कायम गर्न खोज्या रैछ भनेर आरोप लाग्छ भनेर हतपत लोकतन्त्र जोडे । लोकतन्त्र जोडिसकेपछि कांग्रेसलाई के पीर प¥यो भने हामीले लोकतन्त्र मात्रै भन्यौ भने राजा मान्छ भन्छ यसले । यिनीहरुले गणतन्त्र थपे । गणतन्त्र भनेको राजा रहनु हुँदैन भनेको । लोकतन्त्र थपेको लेख्ने बोल्ने आजादी, ५ वर्षमा चुनाव हुनुपर्ने, प्रेस स्वतन्त्रता रहनुपर्ने, अदालत  स्वतन्त्रता रहनुपनर्,े राजनीतिक दल खोल्न पाउनुपर्ने मान्यता हो । 

संसद घोषणालाई यहाँले कसरी लिनुभएको छ ?

संसदले सबै राम्रा–राम्रा काम गरेको छ । संसदले माओवादीले चाहेको कुरा जम्मै पुरा गरिदिएको छ । संसदको अहिलेको काम जसले जे माग्यो त्यो दिने हो । महिलालाई अधिकार चाहियो, ३३ प्रतिशत दिने, दलितलाई सामाजिक न्याय चाहियो त्यो पास । सेनालाई प्रधानमन्त्रीको अन्तर्गतमा ल्याउनुप¥यो पास । त्यो कुन हिसाबले पास भएको छ भने तपाईको नाउँमा रहेको जग्गाको लालपूर्जा तपाईसँगै कायमै छ । मैले परशुरामजीलाई दिएँ । जसले भोग गरिराखेको छ, त्यो त्यहीं छ । जुन अवस्था हो त्यस्तै छ । नेकपा (माओवादी) लाई सम्पति फर्काइ देऊ भन्यो । पार्टीको महाधिवेनमा पनि पास भयो । जग्गा फकाई देउ भनेर । तर खैत फर्काएको ? कसैको फर्काएको छैन । जहाँको तहीं छ । संसदले पनि राजाको सबै अधिकार खोसेर लियौ भनेको छ । तर कही पनि लिएको छैन । 

अमेरिकी सांसदहरु नेपालमा आएर फर्किएको र संयुक्त राष्ट्र संघले पनि हतियार व्यवस्थापनको लागि प्रतिनिधि पठाएको अवस्था छ । उनीहरुको भूमिका के हुन सक्छ ?

अमेरिकी सांसद र भारतीय नेताहरुप्रति थुपै्र भ्रम सिर्जना भएको छ । अमेरिकाको आफ्नै समस्या छ जसको आफ्नै तकलीफ छ । यहाँ देउता आएजस्तो ग¥यो । गानासाना गाईदियो नाचगान ग¥यो गयो । नेपालका लािग अमेरिका विश्व राजनीतिमा अत्यन्त ठूलो समस्या उस्को लागि अत्यन्त सानो समस्या हो । 

अहिले अमेरिकालाई पनि  विनलादेनले आच्छु आच्छु पा¥या अवस्था छ भने काश्मिरको  समस्याले भारत पनि ग्रस्त छ । नेपालमा भारत र अमेरिका जस्ता देशलाई कस्तो रुची छ भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो । 

यहाँ नेपालका मामिला नेपाल हल गर्नुपर्छ । नेपालीले नै समाधान गर्नुपर्छ विदेशीलाई समस्याको जानकारी पनि छैन । उनीहरुलाई धेरै थाहा पनि छैन । 

यो अहिले हामी अत्यधिक ज्यादा विदेशीतिर हेरिरहेका छौं । यो विदेशीले गर्छन भन्ने सोचाई खराब हो । विदेशीले मात्रै गर्छ्न हामीले यो केही पनि गर्न सक्दैनौ भन्ने मानसिकता झन् खराब हो । अमेरीकन आउँछन् जान्छन् अमेरिकाले गर्न सक्ने भए इराकमा गरेर देखाईदिन्थ्यो, अफगानिस्थानमा गरेर देखाई दिन्थ्यो । भारतले कस्मिरमा गरेर देखाईदिन्थ्यो । हाम्रो घरको समस्या हामीले आफै हल गर्नुपर्छ तपाईको घरमा लागेको आगो निभाउन अरुको घरबाट आउँदैन । 

अन्त्यमा यो जनप्रतिरोध साप्ताहिक मार्फत के भन्न चाहानु हुन्छ ?

तपाईले भरखरै पत्रिका प्रकाशन थाल्नु भएको रहेछ । यसको नामले नै यो पत्रिका राजनीतिक विचार प्रवाह गर्ने खालको जस्तो देखिन्छ । तपाईले प्रकाशन गर्दै आउनु भएको जन प्रतिरोध साप्ताहिकले जनतालाई सही सूचा प्रदान गर्न सकोस् । भरखरै प्रकाशन हुन थालेको यस पत्रिकाले सात दलको कुरा माओवादीलाई सुनाउनुसस् माओवादीको कुरा सातदललाई सुनाउनुस् । सातदल वर माओवादी दुवैका कुरा जनतालाई यही शुभकामना ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार