मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुले गरे शपथग्रहण

Thearaniko Times 1401+ समाचार ( )
१२ चैत्र २०८०, सोमबार

बनेपा/नेकपा (एकीकृत समाजवादी) काभ्रेको १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको पदाधिकारी र सदस्यहरूलाई केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले सपथग्रहण गराउनु भएको छ ।  

आज बनेपास्थित जिल्ला पार्टी कार्यालयमा आयोजित शपथग्रहण कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालले अधिवेशनबाट निर्वाचित पदाधिकारीहरु र सदस्यहरुलाई विधान अनुसार शपथ खुवाउनुभएको हो । शपथग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी संगठनलाई बलियो बनाउन जनताको मुद्दामा केन्द्रीत हुन नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्देशन दिनुभयो ।

अध्यक्ष नेपालले तत्काल पार्टी एकता कोहीसँग नहुने भन्दै मजबुद संगठन निर्माणमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।‘ उहाँले पार्टी उपनिर्वाचन भाग लिने बताउँदै अरु दलसँग सहकार्य गरेर वा एक्लै चुनाव लड्ने तयारी रहेको जानकारी दिनुभयो।

अरुसँग पार्टी एकता हुँदैछ भनेर गलत हल्ला फिंजाइएको छ । हामी तत्काल कुनै पनि दलसँग एकता गर्ने पक्षमा छैनौँ । जनताको मुद्दामा पार्टीलाई जोड्नुहोस् । सशक्त ढंगले लाग्नुहोस् ।’ माधव नेपालले भन्नुभयो । 

बागमती प्रदेश कमिटीका इन्चार्ज तथा पार्टी उपमहासचिव गंगालाल तुलाधरको अध्यक्षता र बागमती प्रदेश कमिटीका अध्यक्ष सावित्रा भुषालले सञ्चालन गर्नु भएको कार्यक्रममा निर्वाचित पदाधिकारी र सदस्यहरूको सपथग्रहणसँगै पहिलो बैठक बसि विभिन्न निर्णय गरेको बताइयो।

यही चैत ३ र ४ गते बनेपामा सम्पन्न १० औँ अधिवेशनबाट ५७ सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित भएका थिए । यसअघि २८४ सदस्यीय जिल्ला कमिटी थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार