मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ आयोजना हुने

Thearaniko Times 1394+ समाचार ( )
२१ चैत्र २०८०, बुधवार

श्रीखण्डपुर/विन्ध्यबासिनी आध्यात्मिक प्रतिष्ठान, श्रीमद् भागवत नवाह ज्ञान महायज्ञ मूल आयोजक समितिले विन्ध्यबासिनी मन्दिर श्रीखण्डपुरमा चैत्र २७ देखि २०८१ बैशाख ५ गतेसम्म श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ ।

हरेक वर्ष प्रतिष्ठानले श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ आयोजना गर्ने स्वामी निशेषानन्द महाराजजीले बताए । श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञमा शास्त्री दामोदर उपाध्यायले बाचन गर्नेछन भने पण्डित दीपक शर्मा दाहालले उपबाचकका रुपमा सहयोग गर्ने कार्यक्रम रहेको आयोजक बताएका छन् ।

संस्थाको माध्यमबाट बैदिक सनातन धर्म संस्कृतिको रक्षा, आध्यात्मिक जागरण एवं संस्कृत शिक्षाको प्रचारका साथै विश्वशान्ति, मानव कल्याण एवं धार्मिक, आध्यात्मिक चेतनाको विकास गरी समाजलाई नैतिक एवं अनुशासित बनाउनु ज्ञानमहायज्ञको उद्देश्य रहेको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ मुल आयोजक समितिका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले महायज्ञ सम्पन्न गरेर बचेको यज्ञशेषबाट विन्ध्यबासिनी मन्दिर पूजा आरती तथा श्री महर्षि मुद्गल सान्दिपनी गूरुकुलम संचालन गर्दा भएको खर्च मिलान गर्ने र विन्ध्यबासिनी गुरुकुल संचालनसँगै जेष्ठ नागरिक पार्क, महाकाली तथा छलेश्वर सिँढीमार्ग निर्माण गरिने जानकारी दिनुभयो ।

उक्त कार्यक्रमका बारेमा जानकारी दिन आयोजित सम्मेलनमा संचालक समितिका पदाधिकारीहरुको, आजिवन सदस्यहरु, विभिन्न उप समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार