मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

पारिजात संघर्षशील महिला-२०८१ ‎एमाले नेतृ विन्दा पाण्डेलाई प्रदान
पारिजात संघर्षशील महिला-२०८१ ‎एमाले नेतृ विन्दा पाण्डेलाई प्रदान

Thearaniko Times 1394+ समाचार ( )
५ वैशाख २०८२, शुक्रबार

काठमाडौं/नेपाली साहित्य र कला क्षेत्रकी चर्चित पात्र पारिजातको स्मृतिमा स्थापित ‘पारिजात स्मृति सम्मान’बाट यस वर्ष चार जना स्रष्टा सम्मानित हुनुभएको छ ।
‎पारिजात स्मृति केन्द्रले आज  आयोजना गरेको ३२ औं स्मृति सभामा नेकपा (एमाले) की नेतृ विन्दा पाण्डेलाई पारिजात संघर्षशील महिला सम्मान २०८१ प्रदान गरिएको छ।
‎पारिजात संघर्षशील महिला सम्मान छनोट समितिले संघर्षशील महिलाहरूमध्ये सांगठनिक रूपले भूमिगत कम्युनिस्ट भएर गरेको अथक राजनीतिक संघर्षको मूल्यांकनस्वरूप उक्त सम्मान पाण्डेलाई दिने निर्णय गरेको थियो।
‎एमाले स्थायी कमिटी सदस्य रहेकी पाण्डे पार्टीको आन्तरिक लोकतन्त्रको पक्षमा उभिँदै आएकाले त्यसको कदर स्वरूप पनि सम्मानित गरेको बताएको छ।

‎व्यवसायी मीनबहादुर गुरूङसँग दातव्यस्वरूप १० रोपनी १४ आना जग्गा लिने पार्टी सचिवालयको निर्णयविरूद्ध बोल्दै हिँडेको भन्दै उनलाई पुस १० गतेको बैठकले निलम्बन गरेको थियो।
‎पार्टीभित्र बोल्न पाउने हकको पैरवी गरेको भन्दै पारिजात संघर्षशील महिला सम्मान छनोट समितिले पाण्डेलाई पुरस्कारका लागि योग्य ठहर्‍याएको हो।
‎पारिजात स्मृति केन्द्रले पारिजात सृजन सम्मान - २०८१ बिना थिङलाई प्रदान गरेको छ। पारिजात बालसाहित्य सम्मान - २०८१ बाल साहित्यकार तेजप्रकाश श्रेष्ठ र पारिजात कला सम्मान - २०८१ चित्र तथा मूर्तिकार उत्तम डंगोललाई प्रदान गरिएको छ।
‎नेपाली साहित्यका कविता र कथा विधामा वर्गीय, लैङ्गिक र पहिचान पक्षधर लेखनमा गरेको योगदानको कदर गर्दै विना थिङलाई पारिजात सृजन सम्मान -२०८१,
‎बाल साहित्यका क्षेत्रमा गरेको बहुआयामिक योगदानको कदर गर्दै पारिजात बालसाहित्य सम्मान २०८१ बाट तेजप्रकाश श्रेष्ठलाई र उत्तम डंगोलले पनि चित्र तथा मूर्तिकलाका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएवापत सम्मान गरिएको केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले बताउनुभयो ।
‎नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले सम्मानित श्रष्टाहरुलाई एक समारोहका बीच नगद राशिसहित सम्मानपत्र प्रदान गर्नुभएको थियो । गत फागुन ३० गते पारिजातको जन्मजयन्तीको अवसरमा सम्मानित हुनुहुने स्रष्टाहरूको नाम घोषणा गरिएको थियो ।
‎सम्मानित स्रष्टाहरूले पारिजातको नाममा सम्मान प्राप्त गर्न पाउँदा गौरवान्वित महसुस भएको र यस सम्मानले आफूहरूलाई थप जिम्मेवारी बोध गराएको बताउनुभएको छ । पारिजात स्मृति केन्द्रले यस सम्मानले नेपाली साहित्य र कला क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

पारिजात स्मृति केन्द्रका अध्यक्ष इन्दिरा दलीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री हिसिला यमीले साहित्यकार पारिजातको व्यक्तित्वका बारेमा विस्तृत चर्चा गर्नुभएको थियो । पारिजात स्मृति केन्द्रका पूर्व अध्यक्ष मातृका पोखरेलले सम्मानित स्रष्टाहरूको बारेमा परिचयात्मक मन्तव्य राख्नु भएपछि कार्यक्रमका प्रमुख अतिथि विमल निभा, स्मृति केन्द्रकी संस्थापक अध्यक्ष सुकन्या वाइबा र पूर्व अध्यक्ष डा. महेश मास्केले सम्मानित स्रष्टाहरुलाई खादा, प्रमाणपत्र एवम् नगद सहित् सम्मान गर्नु भएको थियो । सम्मानित चारै जना स्रष्टाहरुले आ-आफ्नो मन्तव्य राख्नु भएको उक्त कार्यक्रमको संचालन पारिजात स्मृति केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार