मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

धुलिखेल खावा सडक स्थानीयले गरे अवरुद्ध, तिव्र गतिमा काम सम्पन्न गर्ने सहमतीपछि खुले

Thearaniko Times 1394+ समाचार ( )
९ अशोज २०८०, मङ्गलबार

धुलिखेल/सडक निर्माणमा ठेक्केदारले चरम लापरबाहीका कारण यात्रुले भोग्नु परेको सास्ती र धुलोले आक्रान्त बनेका धुलिखेल नगरपालिका वडा नम्बर ८ अन्तर्गतप कुचामा स्थानीयले सडक अवरुद्ध गरेकाेमा भर्खरै खुलेका छन् ।

पकुचामा स्थानीयले स्थानीयले ह्युम पाईप सडकमा तेर्साएर विरोध जनाएका थिए। काम तिव्र गरेर छिट्टै सडक निर्माण संपन्न गर्ने सहमतिपछि अवरुद्ध सडक खुलेको हो । करिब एक घण्टा अवरुद्ध भएको सडक स्थानीयको अवरोध हटेसँगै रोकिएका सवारी साधन दुबै तर्फ सञ्चालनमा आएको वडा नम्बर ८ का वडा अध्यक्ष विनोद गौतमले जानकारी दिनुभयो । स्थानीयको अवरोधमा बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिँचाई मन्त्री तीर्थ बहादुर लामाको गाडी समेत रोकिएको थियो । 

सडक अवरुद्ध भएपछि धुलिखेल तर्फ आउने र धुलिखेल हुँदै जाने सबै सवारी साधन बीचैमा रोकिएका थिए । सडकको दुरावस्थाका कारण धुलिखेल–खावा सडकको ४ किलो मिटर सडकमा सबैभन्दा बढी एम्बुलेन्स र दुई पांग्रे सवारी साधनले सास्ती खेप्नुपरेको बताउँछन् । 

भ्याट र पीएस सहित ३० करोड १९ लाख ७२ हजार ३८० कुल लगात अनुमान गरिएको यो खण्ड बिस्तारका लागि निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रा.लिले २० करोड १९ लाख, ४६ हजार ५०१.२१ रुपैयाँमा ठेक्का पारेको थियो । 

२२ महिनाको समयसिमा पाएको निर्माण कम्पनीले अनेक बहाना बनाएर सडक विस्तारको काममा ढिलाई गर्दै आइरहेको छ । केहीदिन अघि जिल्लामा बसेको सर्वपक्षीय बैठकले सातदिनभित्र पहिरो पन्छ्याएर सडक व्यवस्थित गर्न निर्देशन दिइएको समय पनि भोलि सकिँदैछ । 

यो सडक बिस्तारको काम सम्पन्न गर्ने मिति २०८० साल चैत १९ गतेभित्र रहेको छ । तर कामको गति हेर्दा तोकिएको मितिभित्र काम सकिने अवस्था छैन् ।  यो सडक निर्माण सम्पन्न गर्ने समय नजिकिँदै गर्दा मुस्किलले १० प्रतिशत मात्रै काम संपन्न भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार