मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

स्वागत, सम्मान, उद्घाटन, सभा, समारोहमा नडाक्न मेयर आचार्यको आग्रह

Thearaniko Times 1394+ समाचार ( )
१८ जेठ २०७९, बुधवार

पोखरा /नेकपा(एकिकृत समाजवादी)का नेता तथा वामलाेकतान्त्रिक गठबन्धनकाे तर्फबाट पोखराका नवनिर्वाचित मेयर धनराज आचार्यले स्वागत, सम्मान, उद्घाटन, सभा, समारोहमा नअल्झाइदिन आग्रह गरेका छन् । उनले आफू अब नीति तथा कार्यक्रम बनाउन र महानगरको सेवा कसरी सहज रुपमा महानगरवासीलाई दिने भनेर योजना र कार्यक्रम तय गर्न लाग्दै गरेको जानकारी गराएका छन् । मेयर आचार्यको आग्रह निम्नानुसार छः

सम्पूर्ण महानगरवासी बुवा–आमा, दाजुभाइ, दिदी–बहिनीहरू प्रति हार्दिक नमस्कार एवम् अनुरोध ! !

हामी स्थानीय तहको निर्वाचन सम्पन्न गरी पदभार ग्रहण गरिसकेको अवस्थामा यहाँहरूले हामी प्रति देखाउनु भएको सदभावप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

यहाँहरुको अमूल्य मतबाट पोखराको अभिभावकत्व ग्रहण गरी सकेपछि अब मैले निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा गर्न मेरो सम्पूर्ण समय अबदेखि लगाउने भएको हुँदा हामी नीति तथा कार्यक्रम बनाउन र महानगरको सेवा कसरी सहज रुपमा महानगरवासीलाई दिन सकिन्छ भन्ने योजना तथा कार्यक्रम तयार गर्दै छौं ।

कृपया सम्पूर्ण आम पोखरावासीर यहाँका संघसंस्थाहरुलाई अतिआवश्यक काम बाहेक उद्घाटन, सभा सेमिनार, स्वागत, सम्मान कार्यक्रम आदिमा नअल्झाई मलाई जनताको काम गर्ने वातावरण बनाई सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछु । यहाँहरूको अमूल्य सुझावको अपेक्षा राखेको छु ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार