मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

खेलकुदमा लैंगिक हिंसा विरुद्धको अन्तरक्रिया कार्यक्रम
खेलकुदमा लैंगिक हिंसा विरुद्धको अन्तरक्रिया कार्यक्रम

Thearaniko Times 1394+ समाचार ( )
४ अशोज २०८१, शुक्रबार

धुलिखेल/युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा खेलकुदमा लैङ्गिक हिंसा विरुद्धको अन्तरक्रिया  शुक्रबार धुलिखेलमा संपन्न भयो ।

युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रुद्रप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्नुहुँदै काभ्रे जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर लामाले खेल जीवनमा अनुशासन नै प्रमुख हुने भएकोले सबैले अनुशासन पालना गरेमा लैंगिक हिंसा कम हुने बताउनुभयो । उहाँले लैगिक हिंसा अन्तको लागि यस्ता सचेतनामुलक कार्यक्रमहरु खेलाडीहरुको बीचमा गर्न जरुरी रहेको बताउनुभयो ।

यस्तै गरी जिल्ला शिक्षा समन्वय इकाई प्रमुख देवका ढकालले सामान्यमा अर्थमा लिंगका आधारमा अरुप्रति गरिने सबै किसिमका विभेद, हिंसा एवं दुव्र्यवहारलाई लैंगिक हिंसा भन्ने गरेको जानकारी दिनुहुँदै ंिसा शारीरिक, मानसिक, यौनिक उवम् अन्य जुनसुकै किसिमबाट अभिव्यक्ति हुन सक्छ भन्नुभयो । शिक्षा तालिम केन्द्रका रुद्रहरि भण्डारीले महिला र पुरुषबीच परम्परादेखि स्थापित असमान शक्ति सम्बन्धका कारण महिला भएकै कारण लिंगमा आधारित भइ गरिने विभिन्न खाले हिंसा, हिंसाजन्य व्यवहार जस्ता कार्यहरु लैंगिक हिंसा अन्र्तगत पर्दछन् भन्नुभयो ।

उक्त अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का खेलकुद विज्ञ सुलोचना सिजख्वाले सहजिकरण गर्नु भएको थियो । उहाँले लंैगिक हिंसाका स्वरुपहरुका बारे चर्चा गर्नुहुँदै सामाजिक परिवेशमा सुक्ष्म रुपले नियाल्ने हो भने हिंसा विभिन्न स्वरुपमा व्यक्त हुने गरेको जानकारी दिनुभयो । उहाँले विभिन्न क्षेत्रमा अनेकौं बहानामा शारीरिक एवम् मानसिक यातना दिने, अपमान गर्ने भावनामा चोट पु¥याउने जस्ता कार्य भइरहेको भेटिन्छन् भन्नुहुँदै खेल प्रवेशमा लैगिक हिंसा, खेल स्थानमा पहुँचको विभेद, ड्रेसकोडका आधारमा हुने प्रतिकुलता एवम् हिंसा, प्रशिक्षणका क्रममा हुने हिंसा, पूर्वाधारका कारणले हुने हिंसा, यौन हिंसा, खेलाडीप्रति मानसिक हिंसा जस्ता खेल जगतमा हुने हिंसाका बारे जानकारी दिनुभयो । उहाँले लैंगिक हिंसा रोक्न जनचेतना अभिवृद्धि गर्ने, लैंगिक मैत्री खेल पुर्वाधारको विकास, आचार संहिताको विकास र कार्यान्वयन, दन्ड जरिवानाको व्यवस्था,लैंगिक मैत्री योजना विकास, जेन्डर फोकल पर्सनको व्यवस्था, गुनासो सुनवाइको व्यवस्था, खेलकुद क्षेत्रका व्यवस्थापक, प्रशिक्षक, खेलाडी, सहजकर्ता, पदाधिकारीका आचारसंहिताको व्यवस्था गर्न सके लैंगिक हिंसा कम हुने कुरामा जोड दिनुभयो ।

जिल्ला क्रियाशिल राष्ट्रिय प्रशिक्षकहरु, जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरु, जिल्लास्थित विभिन्न खेलकुद संस्थाका प्रतिनिधिहरु र खेलाडीहरुको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका उपसचिव शान्तिबहादुर बस्नेतले स्वागत र शाखा अधिकृत प्रमिला खरेल कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार