मुख्य समाचार
कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु |
मुख्य समाचार
कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु |

बनेपा–६ बुडोल डाँडागाउँमा ३ लाख लिटर क्षमताको खानेपानी ट्याङ्की नगरप्रमुख शाक्यले गरे सिलान्यास
बनेपा–६ बुडोल डाँडागाउँमा ३ लाख लिटर क्षमताको खानेपानी ट्याङ्की नगरप्रमुख शाक्यले गरे सिलान्यास

Thearaniko Times 1371+ समाचार ( )
३० माघ २०८१, बुधवार

बनेपा/बनेपा नगरपालिका वडा नम्बर ६- स्थित् बुडोलमा एकिकृत खानेपानी एक घर एक धारा समानुपातिक वितरणका लागि डाँडागाउँ खानेपानी ट्याङ्की निर्माण तथा पाइपलाइन बिस्तार निर्माण योजनाको आज एक कार्यक्रमका बिच शिलान्यास भएको छ।

बनेपा नगरपालिका नगर प्रमुख शान्तिरत्न शाक्यले ३ लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माणको शिलान्यास  गर्नुहुँदै नगरको योजना नै सबै नागरीकहरुको घरमा खानेपानी पुर्याउनु रहेको बताउनुभयो । गत असोज १२ गते अघि एकीकृत खानेपानी आएपछि केहि राहत भएपनि पुनःबाढीले क्षती पुगेपछि नगरपालिकामा खानेपानीको समस्या भएको शाक्यले जानकारी दिनुभयो। उहाँले बनेपा नगरपालिकाले सबै वडाका नागरिकहरुलाई एक घर एक धारा जडानको उद्देश्य अनुरुप खानेपानीलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताउनुभयो । नगरपालिकाले आवश्यक वडामा डिपबोरिङ्ग र भएका मुहानहरुको संरक्षण गरी नगरबासीहरुलाई खानेपानी खुवाउन लागी रहेको नगर प्रमुख शान्तिरत्न शाक्यले बताउनुभयो । खानेपानीमा राजनीति नगरी सबै नगरबासी एक भएर समस्याको समाधान गर्नुपर्ने शाक्यको भनाई रहेको थियो । 


उपप्रमुख बिमला सापकोटा दाहालले बनेपा नगरपालिका वडा नम्वर ६ ले शुरु गरेको अभियानमा नगरपालिकाको पुर्ण समर्थन रहेको र यसको लागि आवश्यक बजेट तथा समन्वयको लागि आफु तयार रहेको बताउनुहुँदै यो वडाबाट अरु बडाले सिक्नु पर्ने उल्लेख गर्नुभयो। उप–प्रमुख सापकोटाले खानेपानी, सडक, स्वास्थ्य जस्ता विकासमा सबै नगरबासीहरुको साथ रहेको बताउनुहुँदै शिक्षा, स्वास्थ्य, खानेपानी र सडक नियमित प्रक्रियामा पर्ने भएको हुँदा सबैले तेरो र मेरो नभनी काम गर्नुपर्ने उल्लेख गर्नुभयो। 

पानी हाम्रो जिन्दगानी भन्ने मुल नाराका साथ एक घर, एक धारा एकीकृत खानेपानी दोस्रो चरणको योजना अन्तर्गत उक्त आयोजना शुरु गरिएको वडाध्यक्ष सचितानन्द केसीले बताउनुभयो। कार्यक्रमका सभापति तथा वडा अध्यक्ष केसीले पहिलो चरणको खत्रीगाउँ डिपबोरिङ्गको काम ९९ प्रतिशत सम्पन्न गरी धारा वितरण गरिसकेको बताउनुभयो । दोस्रो चरणको योजना डाँडागाउँ भेगमा करिब १ हजार जना लाभान्वित हुने उनले जानकारी दिनुभयो । ३ लाख लिटर क्षमताको ट्याङ्की निर्माण सम्पन्न पश्चात तेस्रो चरणको लागी ७० लाख छुट्टिएको र तल्लोटोल रातमाटे, न्यौपाने टोल, राममन्दिर, भक्तेश्वर क्षेत्रको लागि पनि ७० लाख बजेट छुट्याएको र पुर्व वडाध्यक्ष भैरव केसीको नेतृत्वमा समिति निर्माण गरी कार्य अगाडि बढिसकेको पनि वडा अध्यक्ष केसीले बताउनुभयो । ६ नम्बर वडामा सबैको घरमा एक घर एक धारा पुग्ने  बताउनुहुँदै वडामा विकासको गति तिब्र पारिएकाले सबै वडाबासीहरु, सबै राजनीतिक दलहरुको साथ र सहयोगले विकास सम्भव भएको वडाध्यक्ष केसीले दाबी गर्नुभयो।  केही ठाउँमा बाहेक सडक र ढलको कार्य सबै टोलमा सम्पन्न भएको र सडकलाई पक्कि गर्ने कार्य पनि अब धेरै नरहेकोले अबको प्राथमिकता सबै वडाबासीहरुको घर घरमा खानेपानी पुर्याउने लक्ष्य रहेको अध्यक्ष केसीको भनाइ थियो । 


सबै मुहान एकिकृत गर्न गठित समितिका संयोजक कृष्णबुद्ध बजगाईले वडाबासीहरुको समग्र हितका लागि छरिएका मुहानहरुलाई एकिकृत गर्न सहमति गरिएको बताए । ‘हामी सबै राजनीतिक दल, स्थानीय उपभोक्ता र जनप्रतिनिधिहरुको संयुक्त भेलाबाट छरिएका मुहानहरु एकिकृत गरेर संयुक्त रुपमा पानी ट्याङ्की मार्फत खानेपानी वितरण गर्न सहमत भएका हौं’–संयोजक बजगाईले भने–‘डिप बोरिङ्ग गरेर अर्थात मुहानहरु एकिकृत गरेर अन्य क्षेत्रमा लगिएको पानीको श्रोतमा कमि आउँदैन ।’ 

पुर्व वडाध्यक्ष भैरव केसीले पनि विकासप्रेमी वडाध्यक्ष भएकोले खानेपानी योजना संभव भएकोले दलभन्दा माथि उठेर सबैले सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो।

वडा सदस्य लालकृष्ण तिमल्सिनाको सञ्चालन डाँडागाउँ खानेपानी ट्याङ्की निर्माण तथा पाइपलाइन बिस्तार निर्माण योजनाका संयोजक सुनिल घर्ती मगरले स्वागत मन्तव्य राख्नुहुँदै ३५ लाख ३० हजार मा लाईन बिस्तार र खानेपानी ट्याङ्गी निर्माण सम्पन्न हुने जानकारी दिनुभयो। नगरस्तरीय योजनाअन्तर्गत ५ लाख ३० हजार उपभोक्ताबाट र बाँकी ३० लाख नगरपालिकाबाट ब्यहोर्ने उहाँले जानकारी दिनुभयो। उक्त योजनाबाट डाँडागाउँ लगायत आसपास क्षेत्रमा गरी १ हजार जनाले उपयोग गर्ने बताएको छ ।

कार्यक्रममा एमाले बनेपा-६ का वडा कमिटी अध्यक्ष राजेन्द्र थापाले समयमै निर्माण कार्य सम्पन्न गरी उपभोक्ताहरुलाई गुणस्तरीय खानेपानी वितरण गर्नुपर्ने बताए । थापाले निर्माण कार्यमा सहजिकरण तथा समन्वयका लागि सरोकारवाला निकायहरुसँग आग्रह गरे ।


खत्री गाँउ खानेपानी उपभोक्ता समितिका संयोजक अनन्त दाहाल(सिताराम)ले समयमै निर्माण कार्य सम्पन्न गरी उपभोक्ताहरुलाई गुणस्तरीय खानेपानी खुवाउन सबैको समन्वय आवश्यक रहेको बताएका थिए। उहाँले हाल ८७ घरधुरीलाई खानेपानी वितरण गरिसकिएको र बाँकीलाई युद्धस्तरमा काम भइरहेको जानकारी दिनुभयो।

खत्रीगाउँमा रहेकाे ७ वटा मुललाई एकिकृत गर्ने र थप पानीको श्रोतका लागि डिप बोरिङ्ग गरिएको  छ । करीब ३५ लाख लागतमा ३ लाख लिटर क्षमताको ट्यांकी निर्माण गरी डिप बोरिङ्ग सहित ८ वटा श्रोतको पानी उक्त ट्याङ्कीमा जम्मा गरिने बताइएको छ ।

पानी हाम्रो जिन्दगानी

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार