मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

साहित्य र कला
बुद्ध जयन्तीको अवसरमा 'समकालीन नेपाली कविताका स्वरहरू'

Thearaniko Times 1394+ समाचार ( )
३० वैशाख २०८२, मङ्गलबार

‎काठमाडौं।बुद्ध जयन्तीको पावन अवसरमा वर्तमान कविता समूह र शब्दाङ्कुर मासिकको संयुक्त आयोजनामा 'समकालीन नेपाली कविताका स्वरहरू' नामक नेपाली कविता वाचन कार्यक्रम सम्पन्न भएको छ।
‎कोटेश्वर बहुमुखी क्याम्पस, जडिबुटीमा सम्पन्न यस कार्यक्रममा २३ जना स्रष्टाहरूले आफ्ना सशक्त कविता वाचन गरेका थिए।
‎कवि रमी प्रियाले कार्यक्रमको सञ्चालन गरेको उक्त कार्यक्रममा वाचित कविताहरू शान्ति, अहिंसा, समकालीन राजनीति र सामाजिक आचार व्यवहारमाथि व्यङ्ग्य, वातावरणीय चेतना र मानवीय मूल्यका विषयमा केन्द्रित रहेको थियो।
‎प्रमुख कवितात्मक प्रस्तुतिहरूमा रजनी मिलाको 'प्रेमबीच' सोझो गाउँलेको 'मान्छेलाई मर्ने सुविधा पनि छैन' र कृष्ण बाउसेको 'हित बुद्ध जायते' (अहिंसाका विषयमा आधारित कविता) रहेका थिए। विश्व सिग्देलको 'जोकर जब तानाशाह बन्छ' शीर्षकको राजनीतिक व्यङ्ग्य कविताले दर्शकहरूबाट विशेष प्रशंसा प्राप्त गरेको थियो।
‎चन्द्रबहादुर लामाले युद्ध र शान्तिका विषयमा लेखिएको 'युद्ध र शान्तिको बीच' कविता वाचन गरे भने राजेन्द्रप्रसाद अधिकारीको 'मृत्यु एक भ्रम, एक कथा' ले अस्तित्वको गहन प्रश्नहरू उठायो। दिपक सापकोटाको 'मान्छे हुनुको दोष' र धन्वन्तरी मिश्र'कात्यायन' को 'ककारोको फूल'ले मानव अस्तित्व र प्रकृतिसँगको सम्बन्धलाई उजागर गरे।
‎लीलाराज दाहालको'घाउ' र अमर आकाशको 'रुखको हाँगा पनि नकाट्नुहोस्' जस्ता कविताहरूले तीव्र सामाजिक व्यङ्ग्य प्रस्तुत गरे। दीपक लोहनीको 'दुःखकोआँसु' र केशव ज्ञवाली 'आगतको मौन वृक्ष'मा दुःख,मौनता र मानवीय ढोंगको गहिरो चित्रण गरिएको पाइयो।
‎कार्यक्रममा तीर्थराज भट्टको 'बुद्धको छायाँसँग', सुनिल पुरीको' अपील' र सेडुनाथ ढकालको 'कहाँ हरायो बुद्ध' जस्ता कविताहरूले शान्तिको खोजीमा लेखिएका भावनात्मक स्वर प्रस्तुत गरे। हिसिलिना शाक्यको 'चेतावनी' र रहेना नकर्मी मानन्धरको 'शान्तिको आशु' ले सामाजिक जागरण र समर्पणको सन्देश दिँदै दर्शकलाई झकझक्याए।
‎सुबाससिंह पराजुलीको अङ्ग्रेजीमा'ओम् मणि पद्मे हुँ' र रमी प्रियाको नेपालीमा वाचन गरिएको 'ओम् मणि पद्मे हुँ' शीर्षकको कविताले बुद्धको शान्तिलाई आव्हान् गरेका थिए। एन्जल नीलुले मैथिली भाषामा कविता प्रस्तुत गरेर भाषिक विविधतालाई समावेश गरिन्।। केशव भट्टाराईले आफ्नो मधुर स्वरमा ग़ज़ल वाचन गर्दा श्रोता मन्त्रमुग्ध भए। धीर कुमार श्रेष्ठको 'पवित्र क्रान्ति' कविता वातावरणीय चेतनाले भरिएको सचेत बनाउने कविता थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार