मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

फोनिजको सामाजिक कार्य
फोनिज काभ्रेद्वारा दृष्टिविहीन अभिभावकका बालबालिकालाई शैक्षिक सामग्री वितरण

Thearaniko Times 1394+ समाचार ( )
२७ श्रावण २०८२, सोमबार

बनेपा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २६औं स्थापना दिवसको अवसरमा फोनिज काभ्रेद्वारा दृष्टिविहीन अभिभावकका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ। फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा मगरको नेतृत्वमा सोमबार बनेपामा आयोजित कार्यक्रममा सामग्री हस्तान्तरण गरिएको हो।

`समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार´ भन्ने नारासहित आयोजित उक्त कार्यक्रममा तीन दृष्टिविहीन परिवारका पाँच बालबालिकालाई प्रतिव्यक्ति दुई दर्जन कापी, एक थान स्कुल झोला, एक थान इङ्क पेन, एक/एक प्याकेट सिसाकलम, इरेजर र कटर प्रदान गरिएको थियो।

सामग्री प्राप्त गर्नेमा बनेपा–९ का दृष्टिविहीन विवेक शाक्यका छोरा आग्नेय शाक्य, राजिव तामाङ र स्वस्तिका थापाका छोरा आयुष र छोरी उषा तामाङ, धुलिखेल–३ का नारायण सिग्देलका छोरा इमान र छोरी स्मृति सिग्देल रहेका छन्।

कार्यक्रममा बोल्दै अध्यक्ष थापा मगरले दृष्टिविहीन अभिभावकका बालबालिकाको शिक्षामा राज्यसँगै सम्पूर्ण समाजको दायित्व रहेको उल्लेख गर्दै, थोरै भए पनि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे। उनले गत वर्ष अनाथ बालबालिकाका लागि शैक्षिक सामग्री वितरण गरेको स्मरण गर्दै, आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

सामग्री प्राप्त गरेपछि दृष्टिविहीन अभिभावक स्वस्तिका थापाले खुशी व्यक्त गर्दै धन्यवाद दिइन्। बालबालिका पढाउन कहिलेकाहीँ कठिनाइ हुने गरे पनि यसपटकको सहयोगले ठूलो राहत पुगेको बताइन्।

सो अवसरमा फोनिज बागमती प्रदेशका विभागीय प्रमुख जगत तामाङ, पूर्व इञ्चार्ज पेमा लामा, प्रेस सेन्टर बागमती प्रदेशका सचिव रोजन तामाङ, फोनिज काभ्रेका सल्लाहकार उजाड रक्तिम, फोनिज बागमती प्रदेशका पूर्व सचिव शिशिर लामा, तामाङ पत्रकार संघका सचिव अशोकबुद्ध लामा, फोनिज काभ्रेका संस्थापक सदस्य मानकाजी सुवाल, तामाङ पत्रकार संघ काभ्रेका पूर्व अध्यक्ष अञ्जली तामाङ लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा फोनिज काभ्रेका उपाध्यक्ष भेषराज दनुवारले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन सचिव सनम सुवालले गरेकी थिइन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार