मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

काभ्रेको रेयूकाई आँखा अस्पतालमा नेत्र राेग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने

Thearaniko Times 1369+ समाचार ( )
१५ मंगशिर २०८०, शुक्रबार

बनेपा/काभ्रेको बनेपास्थित रेयूकाई एईकाे मासुनागा आँखा अस्पतालमा नेत्र राेग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएकाे छ ।

रेयूकाई एईकाे मासुनागा आँखा अस्पतालले मसिंर २२ र २३ गते नेत्र राेग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागिएको एक पत्रकार सम्मेलन गरी जानकारी दिएको हाे । सम्मेलनमा अमेरिका लगायत विभिन्न देशका र नेपालका गरि करिव १ सय ५० जना नेत्र विशेषज्ञहरु सहभागि हुनेछन् ।

सन् २००७ मा स्थापना भएको उक्त अस्पतालले २०२३ सम्ममा १० लाख सेवाग्राहीलाई ओपिडि सेवा उपलब्ध गराएको र ५ जना विशेषज्ञ डाक्टरहरुद्वारा नियमित सेवा प्रदान गर्दै आएको जनाईएकाे छ । अस्पतालले काभ्रेको भकुण्डेबेसीसहित सिन्धुपाल्चोकको खाँडीचौर र जनकपुरकाे ढल्केबारमा समेत सेवा उपलब्ध गराउँदै आएको छ भने ३ वटा उपचार केन्द्र र ३ वटा आँखा अस्पताल संचालन गरेको छ ।

अस्पतालकी मेडिकल डाईरेक्टर डा. रुची श्रेष्ठले अस्पतालले पहिलो पटक बनेपा नगरपालिकाका विद्यालय स्तरका २४ हजार बालबालिकाहरुको आँखा नि:शुल्क परिक्षण गरेकाे बताउँदै बनेपास्थित अस्पतालमा मात्रै एकैदिन ४ सय जनालाई ओपिडी सेवा उपलब्ध गराएको बताईकी छिन् ।

साथै अस्पतालले अन्तराष्ट्रिय नेत्र राेग विशेषज्ञ सम्मेलन कै अवसरमा अस्पतालको नव निर्मित ब्लकको समेत उद्घाटन गर्ने भएकाे छ । स्वास्थ्य मन्त्री मोहन बस्नेतले नयाँ ब्लकको उद्घाटन गर्ने तयारी रहेको अस्पतालका महासचिव हिरामणि शर्माले जानकारी दिनुभयो। कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष मधु आचार्यले अस्पतालको शुरुवातदेखि हालसम्मका समस्या र चुनौतीका बारे जानकारी दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार