मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

निर्माण व्यवसायी संघको नेतृत्वमा विजय लामा

Thearaniko Times 1394+ समाचार ( )
१७ चैत्र २०७८, बिहीबार

धुलिखेल–निर्माण व्यवसायी संघ, काभ्रेको अध्यक्षमा विजय लामा निर्वाचित भएका छन् । बुधबार धुलिखेलमा सम्पन्न १२ औं साधारणसभा तथा ७ औ अधिबेशनबाट लामा निर्वाचित भएका हुन् ।निर्वाचनको क्रममा नवनिर्वाचित अध्यक्ष लामाले ३३२ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वी चेतप्रसाद गौतम (रामचन्द्र)ले १०० मत प्राप्त गरेको छ ।

त्यसैगरी बरिष्ठ उपाध्यक्षमा अनिश बलले २७८ मत प्राप्त गरि विजयी भएका छन् भने उनको प्रतिस्पर्धी बिरबल लामाले १४२ मत प्राप्त गरेका छन् ।

प्रथम उपाध्यक्षमा लनाम दोङ र द्वितिय उपाध्यक्षमा अकुर गौतम निर्विरोध निर्वाचित भएका थिए । महासचिवमा अमित लामाले ३१३ मत प्राप्त गरी विजयी भएका छन् भने उनको प्रतिस्पर्धी र रामेश्वर थापाले १०९ मत प्राप्त गरेका छन् ।

सचिवमा प्रद्रीप गौतम निर्विरोध भएका छन् । यसैबीच कोषाध्यक्षमा विष्णुहरि जोशीले २४१ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी सानु तामाङले १६३ मत प्राप्त गरेको छ ।

सदस्यहरुमा राजेन्द्र भुर्तेल, रवित गौतम, अमृत गौतम, कान्छी गुरुङ, रोशन तिमल्सिना, सन्तोष दोङ, प्रेमबहादुर वाइबा, पाल्देन लामा, झलक लामा, सुवास लामा, सञ्जय लामा, दमैसिं लामा (डि.एस.), हिराकुमार बल, कृष्ण लामा र देवराज लामा विजयी भएका छन् ।

निर्माण ब्यवसायी संघ काभ्रेको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रका ब्यवसायीले एमालेसंग मिलेर निर्वाचन लडेका थिए ।

नेकपा एकिृत समाजवादी)संग निर्माण ब्यवसायी नै नभएको भन्दै कांग्रेस र माओवादी केन्द्रका ब्यवसायी एमालेसँग गठबन्धन गर्न पुगेका हुन् । निर्वाचन हुने सबै जसो ठाउँमा हाल संघ सरकारमा रहेको गठबन्धन कायम राख्ने दलहरुको सहमती विपरित कांग्रेस र माओवादी केन्द्रका ब्यवसायी हार्ने मानसिकता सहित एमालेको सरणमा पुगेका हुन् । यसको असर स्थानीय निकायको निर्वाचनमा समेत पर्न सक्ने बताइएको छ ।

ठुला दलहरु एमाले, कांग्रेस र माओवादी मिल्दा पनि नेकपा एकीकृत समाजवादी निकट उम्मेदवारहरुले पाएको मत उल्लेखनीय रह्यो । निर्माणब्यवसायी संघ काभ्रेमा ५४१ मतदाता रहेका छन् । जसमा ४५३ मत खसेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार