मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

स्थानीय निकाय/कृषि
कफीले फेरिँदै महाभारत: १,९२० कृषक उत्पादनमा संलग्न, वार्षिक उत्पादन २१९ टन

Thearaniko Times 1394+ समाचार ( )
२२ पौष २०८२, मङ्गलबार

काभ्रे । महाभारत गाउँपालिकामा कफी खेती तीव्र रूपमा विस्तार हुँदै स्थानीय अर्थतन्त्रको बलियो आधार बन्दै गएको छ। गाउँपालिकामा हालसम्म १५७.५३ हेक्टर क्षेत्रफलमा कफी खेती विस्तार भइसकेको छ भने १ हजार ९२० जना कृषक प्रत्यक्ष रूपमा कफी उत्पादनमा संलग्न छन्। आर्थिक वर्ष २०८१/०८२ मा गाउँपालिकाको कुल कफी उत्पादन २१९.८३ मेट्रिक टन पुगेको छ। प्रति हेक्टर उत्पादकत्व १.३९ मेट्रिक टन रहेको गाउँपालिकाले जनाएको छ।
प्रदेश सरकार र महाभारत गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको समुदायमा आधारित ‘एक वडा–एक कृषि कफी उत्पादन’ कार्यक्रमले कफी खेतीलाई संस्थागत रूपमा अघि बढाएको छ। यस कार्यक्रममार्फत ३८ हजार कफीका बिरुवा, ५ हजार छहारीका बिरुवा, १२ थान मिनि टिलर, ४ थान कफी पल्पर मेसिन, ५० थान ड्रम, थोपा सिँचाइ र प्लास्टिक मल्चिङसहित ४ रोपनी क्षेत्रफलमा कफी बगैंचा, १ वटा कफी नर्सरी र ३ वटा सिँचाइ पोखरी स्थापना गरिएको गाउँपालिका कृषि शाखा प्रमुख खिमबहादुर डाँगीले जानकारी दिनुभयो।

कृषकलाई प्रत्यक्ष प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु. २० को नोट’ अभियान सञ्चालन गरेको छ। यस अभियान अन्तर्गत वडा नम्बर ५ बाहेकका ४४३ घरधुरीलाई ३९ हजार ९ सय कफीका बिरुवा वितरण गरिएको छ। प्रति बिरुवा रु. २० का दरले कुल रु. ७ लाख ९८ हजार नगद अनुदान प्रदान गरिएको कृषि शाखाले जनाएको छ। यसअघि पनि पालिकाले  २ लाख २४ हजार कफीका बिरुवा वितरण गरिएको थियो।
महाभारत गाउँपालिकाले हाल ५ वटा वडालाई कफी पकेट क्षेत्र घोषणा गरिसकेको छ भने आगामी दिनमा सबै वडालाई कफी जोन बनाउने लक्ष्य लिएको छ। गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार किसानलाई सिधै आम्दानीसँग जोड्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो। “किसानले रोपेको कफीको बोटअनुसार अनुदान दिँदा प्रत्यक्ष लाभ किसानलाई नै पुग्छ, बिचौलियाले अनुदान खाने अवस्था हुँदैन,” अध्यक्ष जिम्बाले भन्नुभयो, “कृषि प्राविधिकले किसानको घरमै पुगेर खाल्डो खनेको प्रमाणित गरेपछि मात्रै बिरुवा र अनुदानको प्रक्रिया अघि बढाइन्छ।

कफी प्रवर्द्धन कार्यक्रम अन्तर्गत थप १९ हजार ८ सय कफीका बिरुवा, ६ हजार छहारीका बिरुवा, १० वटा मिनि टिलर, ४ वटा कफी पल्पर मेसिन, प्लास्टिक पोखरी र प्लास्टिक टनेल वितरण गरिएको छ। यस्तै यान्त्रिकरण कार्यक्रममार्फत १२ थान मिनि टिलर, ३५ थान प्लास्टिक पोखरी र ४० थान प्लास्टिक टनेल कृषकलाई उपलब्ध गराइएको छ। गाउँपालिकाको आर्थिक सहयोगमा हालसम्म ३ लाख ३१ हजार कफीका बिरुवा वितरण भइसकेका छन्।
आर्थिक वर्ष २०८१/०८२ मा धेरै कफी उत्पादन गर्ने कृषकका रूपमा शंखलाल थोकर, रत्न योन्जन, भक्ती माया योन्जन र मेखबहादुर थिङ उत्कृष्ट कृषक घोषित भएका छन्। गाउँपालिकाले आगामी दिनमा यस्ता कृषकलाई थप प्रोत्साहन गर्ने जनाएको छ।

महाभारत गाउँपालिकामा हाल ६ वटा कफी नर्सरी सञ्चालनमा छन्। सहकारी तथा कृषक समूहमार्फत सञ्चालित यी नर्सरीमा १ लाख ४६ हजार कफीका बिरुवा उत्पादन भइरहेको छ, जसले बाहिरबाट बिरुवा ल्याउने निर्भरता घटाएको छ। चालु आर्थिक वर्षमा कफी खेती प्रवर्द्धनका लागि प्रदेश सरकार र गाउँपालिकाबाट जम्मा रु. १ करोड २७ लाख २५ हजार बजेट विनियोजन गरिएको छ। बजेट कफी उत्पादन निरन्तरता, पुराना बगैंचा सुधार, तालिम तथा ब्लक विकास कार्यक्रमका लागि खर्च भइरहेको छ।
महाभारत गाउँपालिका–४ कोलटार लामागाउँका कृषक शंखलाल थोकरले कफी खेतीबाट मात्रै वार्षिक रु. १६ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्। मकै खेतीभन्दा कफीबाट आम्दानी धेरै भएपछि उनले मकै खेती छाडेर कफीमा ध्यान केन्द्रित गरेका हुन्। “६ वर्षअघि कफी रोप्न सुरु गरेको हुँ, अहिले नर्सरी पनि सञ्चालन गरिरहेको छु,” उनले भने, “यस वर्ष मात्रै करिब २ टन उत्पादन भयो।” उनका अनुसार काँचो कफी प्रतिकिलो रु. १३० र प्रशोधनपछि सुकाएर प्रतिकिलो रु. ८३० सम्ममा बिक्री हुन्छ।
कृषि शाखा प्रमुख डाँगीका अनुसार कफी खेतीले गाउँपालिकामा रोजगारी सिर्जना, युवालाई कृषितर्फ आकर्षण र किसानको आय वृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको छ। “कफी अब नगदे बाली मात्रै होइन, महाभारत गाउँपालिकाको पहिचान बन्दै गएको छ,” उहाँले बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार