१) आधुनिकिकरण, व्यवसायीकरण, औद्योगीकरण, यान्त्रीकीकरण मार्फत प्रदेशको कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन सार्वजनिक निजि र सहकारी क्षेत्रको सहकार्यलाई आत्मसाथ गर्दै आत्मनिर्भर कृषि समृद्ध प्रदेशको अवधारणासहित कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रको रुपान्तरणको लागि मन्त्रालयले २०७८ साल पौष १४ गतेका दिन ५५ बुँदे मार्गचित्र सार्वजनिकरण गरी सोही वमोजिम कार्यक्रम सञ्चालन गरिएको ।
२) कृषि क्षेत्रमा प्रवाह भइरहेको अनुदान कार्यलाई व्यवस्थित बनाउन बीउ पूँजी कोष कार्यक्रमको शुरुवात गरिएको, उक्त कार्यक्रमको कृषि विकास निर्देशनालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुबाट आवेदन संकलन तथा मुल्याङ्कन कार्य भैरहेको ।
३) दूध उत्पादन गर्ने कृषकहरूलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित प्रोत्साहन प्रणालीलाई निरन्तरता दिदै प्रति लिटर रु. १.६३८ का दरले २६० सहकारी संस्थाका कृषकहरुलाई १५ करोड ९९ लाख ५२ हजार ७ सय १४ रुपैयाँ रकम उपलब्ध गराइएको । चालु आ.व. २०७९र८० को नीति तथा कार्यक्रममा भएको व्यवस्था वमोजिम प्रति लिटर बढीमा रु. ५ का दरले कृषकहरुलाई बैंक खाता मार्फत सोझै भुक्तानि गर्ने गरी रु. ३० करोड विनियोजन गरिएको । साथै उत्पादनमा आधारित अनुदानको दायरा विस्तार गरी प्याज र लसुनको प्रवर्द्धनका लागि दश क्विन्टल भन्दा बढी उत्पादन गर्ने किसानलाई प्रति किलो एक रुपैयाँका दरले प्रोत्साहन दिने व्यवस्था ।
४) नाफामूलक कृषिः कृषकको समृद्धि का लागि कृषि वाली वस्तुको न्यूनतम समर्थन मूल्य तोक्न हाल पाइलटको रुपमा चितवन, धादिङ्ग र काभ्रे जिल्लामा शुरु गरिएको न्यूनतम समर्थन मूल्य कार्यक्रम कार्यान्वयनको लागि सूचना प्रकाशन गरी आवेदन संकलन कार्य भैरहेको ।
५) मन्त्रालयको आफ्नै कार्यक्षेत्र भन्दा बाहिरका क्रियाकलापहरु जस्तै सडक, सिंचाइ जस्ता कार्यक्रम र स्थान विशेष क्रियाकलापहरु हटाइएको ।
६) कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रको व्यवसायीकरण, विकास र रोजगारी सृजना गरी समग्र अर्थतन्त्रलाई गतिशिल र सुदृढ गर्न ूप्रदेश कृषि विकास अध्यादेशू २०७९ जारी भएको । अध्यादेशमा भएको व्यवस्था वमोजिम किसान परिचय पत्र वितरण कार्यविधि, २०७९ स्विकृत भई राजपत्रमा प्रकाशन भएको ।
७) कृषि क्षेत्रमा विपदबाट क्षति पुगेका कृषकलाई राहत वितरण कार्य शुरुवात गरिएको तथा सोका लागि मिति २०७९/०८/२३ मा सूचना प्रकाशन भएको ।
८) प्राविधिक जनशक्ति पूरा गरी कृषि तथा पशुपंक्षी सेवालाई विस्तार गर्न कृषि विकास अधिकृत १०, पशु सेवा अधिकृत २० तथा पशु स्वास्थ्य प्राविधिक ३३ जना गरी जम्मा ६३ जना प्राविधिक करारमा नियुक्त गरी विभिन्न जिल्लामा खटाइएको । साथै कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नभएका जिल्लाहरुमा सम्पर्क कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको ।
९) पशुपंक्षीको रोग अन्वेषण तथा अनुसन्धान गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनमा बायो सेफ्टी लेभल टु प्लस प्रयोगशाला स्थापनाका लागि २०७९ भदौ १ गते माननीय मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेज्यूबाट शिलान्यास भई निर्माण कार्य भैरहेको, हाल पहिलो तला ढलान कार्य सम्पन्न भएको । यस आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिईएको ।
१०) पशु स्वास्थ्य तथा क्लिनिकल सेवालाई विस्तार गर्न स्थानीय तहसँगको समन्वयमा प्रदेशका ३० स्थानमा “एक वडा एक पशु स्वास्थ्य क्लिनिक” स्थापनाका लागि बोलपत्र आह्वान भएको ।
११) प्रदेशलाई बीउमा आत्मनिर्भर बनाउन परियोजनाको रुपमा बीउ बिजन आत्मनिर्भर कार्यक्रम शुरुवात गरिएको, सो कार्यक्रमको चितवन, मकवानपुर, धादिङ्ग र काभ्रे जिल्लामा क्षेत्र निर्धारण कार्य सम्पन्न भई प्रस्ताव आह्वान भएको ।
१२) “स्वस्थ माटो, दिगो उत्पादनको मूल बाटो” भन्ने अवधारणाका साथ माटो परीक्षण गर्ने कार्यलाई तिव्रता दिई माटो स्वच्छता कायम गर्न माटो गुणस्तर सुधार कार्यक्रम परियोजनाको रुपमा कार्यान्वयन भैरहेको । साथै माटोमा ह्रास हुदै गएको प्राङ्गारिक पर्दाथको मात्रालाई वृद्धि गर्न प्राङ्गारिक मलमा प्रोत्साहन कार्यक्रमको सूचना प्रकाशन भई आवेदन संकलन कार्य भैरहेको ।
१३) चितवनको खैरहनी नपा, धादिङ्गको बेनीघाट रोराङ्ग गापा, सिन्धुलीको सुनकोशी गापा, रामेछापको मन्थली नपा, दोलखाको जिरी नपा, सिन्धुपाल्चोकको इन्द्रावती गापा र लिशंखुपाखर गापा, रसुवाको कालिका गापा, नुवाकोटको बिदुर नपा र बेलकोटगढी नपा गरी ८ जिल्लाका १० स्थानमा शीत भण्डार निर्माण कार्य ८० प्रतिशत सम्पन्न, रसुवाको सम्पन्न भई सञ्चालनमा आएको तथा बाँकी चालु आ.व. मा सम्पन्न भई सञ्चालनमा आउने, उक्त कार्यबाट १५८०० मे।ट। फलफुल तथा तरकारी भण्डारणमा सहजता ।
१४) मकवानपुर जिल्लाको हेटौँडामा दुध पाउडर प्लान्ट निर्माण कार्य ९५ प्रतिशत सम्पन्न भएको, प्रशासनिक भवन, मुख्य कारखाना भवन, वोइलर भवन र कोल्ड स्टोर भवन निर्माणको अन्तिम चरणमा रहेको। ९० प्रतिशत मेशिनरी औजार जडान भइसकेको र बाँकी अन्तिम चरणमा रहेको, चालु आ.व. मा नै सञ्चालनमा आउने ।
१५) हेटौँडा उपमहानगरपालिकासँगको सहकार्यमा हेटौँडा(११ मा निर्माणाधिन प्रादेशिक कृषि थोक बजारको निर्माण कार्य ६० प्रतिशत सम्पन्न भएको, wholesale तथा retail
shop, प्रशासनिक तथा क्यान्टिन भवन निर्माण कार्य सम्पन्न्न भएको, हाल सटर बनाउने कार्य भैरहेको ।
१६) गुणस्तरीय भेटेरिनरी सेवालाई थप विस्तारका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, चितवनको परिसरमा आधुनिक भेटेरिनरी अस्पताल निर्माणका लागि डि।पि।आर। तयार गरी बोलपत्र आह्वानको चरणमा रहेको । साथै भेटेरिनरी एम्बुलेन्स सेवा प्रवाहका लागि भेटेरिनरी एम्बुलेन्स खरिदको क्रममा रहेको ।
१७) प्रदेशभित्र कृषकहरुको माग वमोजिमका कृषि यन्त्र उपकरणहरुको उत्पादन गर्नका लागि कृषि औजार कारखाना स्थापना कार्यको आवेदन संकलन कार्य सम्पन्न भई मुल्याङ्कनको चरणमा रहेको ।
१८) दुग्धजन्य पदार्थको प्रशोधन तथा बजारीकरणका लागि काभ्रेपलाञ्चोक जिल्लामा मिनी पाउडर प्लान्ट स्थापना तथा कृषि उपजको बजारीकरणको लागि धादिङ जिल्लाको धार्के र काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुरमा शीत भण्डार सहितको कृषि बजार स्थापनाका लागि डि.पि.आर्. निर्माण कार्य सम्पन्न भई निर्माणको प्रक्रियामा रहेको ।
१९। पाँच विगाहा वा पचास रोपनी भन्दा बढी जमिनमा तरकारी खेती गर्ने किसानको कृषि उपज भण्डारको लागि कोल्ड च्याम्बर निर्माण गर्न सूचना प्रकाशन भई आवेदन सङ्कलन भैरहेको ।
२०) प्रदेश बीउ विजन गुणस्तर नियन्त्रण केन्द्र स्थापनास् मिति २०७८।७।१० को प्रदेश मन्त्रिपरिषदले कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको बीउ बिजन प्रयोगशाला, हेटौंडालाई प्रदेश बीउ बीजन व्यवस्थापन समितिको सचिवालयको रुपमा कार्य गर्ने गरी प्रदेश बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र तोक्ने निर्णय र २०७८ कात्तिक २९ गते प्रदेश राजपत्रमा सूचना प्रकाशन भएपश्चत कृषि तथा पशुपन्छी विकास मन्त्री मा। वसुन्धरा हुमागाईबाट मिति २०७८।९।१४ गतेका दिन प्रदेश बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रको उद्घाटन गरी केन्द्र सञ्चालन भइरहेको ।
२१) भेडा बाख्रामा लाग्ने पिपिआर (Peste Des Petits Ruminants) रोग नियन्त्रण तथा रोकथामको लागि सप्ताह व्यापी खोप अभियान सञ्चालन कार्ययोजना, २०७८ स्वीकृत भई सो बमोजिम २०७८ माघ २५ देखि फागुन २ गतेसम्म बागमती प्रदेशको १३ वटै जिल्लाहरुमा खोप अभियान सञ्चालन गरी ८३०१८७ भेडा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाईएको, उक्त खोप कार्यक्रम पश्चात बागमती प्रदेशमा हालसम्म पिपिआर रोगको समस्या नदेखिएको । यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइने ।
२२) मानव र वन्यजन्तुविच द्वन्द्व न्यूनीकरण तथा कृषि बालीको सुरक्षाको लागि चितवन राष्टिय निकुञ्ज तथा मध्यवर्ति क्षेत्रका उपभोक्ता र स्थानीय तहको समन्वयमा हालसम्म १०.४६ कि.मि. पर्खाल निर्माण सम्पन्न भएको तथा निर्माण कार्य जारी रहेको ।
२३) प्रदेशका कृषकहरुलाई बीउ उत्पादनमा प्रोत्साहन गर्न उत्पादनका आधारमा ४४६. ८५ मे.टन बीउको लागि प्रति के.जी. रु. २० का दरले जम्मा ८९ लाख ३७ हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराइएको तथा चालु आ.व. मा पनि निरन्तरता दिइएको।
२४) प्रदेशलाई खाद्यान्न, आलु, तरकारी, प्याज, लसुन लगायतका बालीहरुमा आत्मनिर्भर बनाउन शुरुवात गरिएको उत्पादन प्रवर्द्धन कार्यक्रमहरुको सूचना प्रकाशन भइ आवेदन सङ्कलन भैरहेको ।
२५) प्रदेशमा रहेको खेतीयोग्य बाँझो जग्गामा उत्पादनका लागि प्रोत्साहन गर्न कृषकहरुलाई ३०९१.५ रोपनी बाँझो जग्गामा खेती गरेबापत् प्रति रोपनी २ हजारका दरले ६१ लाख ८३ हजार प्रोत्साहन रकम उपलब्ध गराइएको । साथै बाँझो जमिनको सदुपयोग गरी कृषि तथा पशुजन्य उत्पादनमा वृद्धि गर्न चालु आ।व। मा स्थानीय तहसँगको सहकार्यमा बाँझो जमिन बैंक स्थापना गर्ने कार्यक्रम कार्यान्वयन प्रक्रियामा रहेको ।
२६) यस अवधीमा २५ नयाँ कार्यविधि निर्माण गरिएको तथा ७ पुराना कार्यविधिहरुमा संशोधन गरिएको ।
२७) पोल्ट्री व्यावसायवाट मासु तथा अण्डाको उत्पादन, प्रशोधन, बजारीकरण एवम रोजगारीका अवसर सृजना गरी आर्थिक समृद्धि हासिल गर्न सार्वजनिक, निजी, सहकारी क्षेत्रका बीच समन्वय र सहजिकरणको लागि प्रदेश पोल्ट्री विकास अध्यादेश २०७९ जारी हुने क्रममा रहेको तथा सो अध्यादेश वमोजिम प्रदेश पोल्ट्री विकास बोर्ड स्थापना गरिने ।
२८) एकल महिलाद्वारा उत्पादित कृषि उत्पादनमा प्रोत्साहन कार्यक्रम तथा बनकरिया, सुरेल, हायु, लगायतका अल्पसंख्यक तथा सिमान्तकृत जाती र दलित एवम् पिछडिएका जातीहरुका लागि कृषिमा आधारित आयआर्जन कार्यक्रम सञ्चालनको लागि प्रस्ताव आह्वान भएको ।
२९) बागमती प्रदेशमा रासायनिक मल कारखाना स्थापना गर्ने सम्वन्धमा काठमाण्डौ विश्वविद्यालय, धुलीखेलसँग २०७८ फागुन १९ गतेका दिन प्राविधिक परामर्श तथा छलफल कार्यक्रम आयोजना गरिएको थियो जसमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री, राज्यमन्त्री, सचिव, अन्य मन्त्रालयका सचिव, काठमाण्डौ विश्वविद्यालयका उपकुलपति लगायत अन्य प्राध्यापकहरुको सहभागिता रहेको थियो । चालु आ.व.मा उक्त विश्वविद्यालयसँगको सहकार्यमा रसायनिक मल उत्पादन र कारखाना स्थापना गर्न विस्तृत परियोजना प्रतिवेदन DPR तयारी कार्य भैरहेको ।
३०) उन्नत गाइपालन मार्फत दूध उत्पादनमा वृद्धिका लागि प्रदेश दुग्ध विकास बोर्डबाट शुरु गरिएको उन्नत गाई ढुवानीमा अनुदान कार्यक्रमको मिति २०७९/०८ / १९ मा सूचना प्रकाशन भई प्रस्ताव आह्वान भएको । त्यसैगरी बीउ पूँजी परिचालन कार्यक्रम अन्तर्गत आधुनिक तथा पूर्ण स्वचालित गाईपालन कार्यक्रम९ प्रति प्रस्ताव ३० लाखका दरले जम्मा परिमाण १०० को लागि मिति २०७९/०८/२१ मा सूचना प्रकाशन गरी प्रस्ताव आह्वान भएको ।
३१) कृषि सम्वन्धी अध्ययन अनुसन्धान, प्रविधि विकास र प्रसारका सन्दर्भमा कृषिसँग सम्वन्धित विश्वविद्यालय र कृषि अनुसन्धान परिषदसगँ सहकार्यका लागि अनुसन्धान, प्रसार र शिक्षा (REE Forum) को नीतिगत व्यवस्था भए वमोजिम REE Forum गठन भएको ।
३२) रुवीभ्याली सहित मानव विकास सूचाङ्कमा पछि परेका १० वटा गाउँपालिकामा आयआर्जनका लागि कृषि कार्यक्रम सञ्चालनका लागि रु. १ करोड विनियोजन गरी सम्वन्धित स्थानीय तहमा बजेट पठाउन आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाईएको ।
३३) सिन्धुपाल्चोक जिल्लाका बाढीपिडित किसानहरुलाई कृषि पुनर्उत्थान कार्यक्रमका लागि रु. १ करोड विनियोजन गरी सम्वन्धित स्थानीय तहमा बजेट पठाउन आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाईएको ।
३४) “पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षिय सहभागिता, खाद्य र पोषण सुरक्षाः हाम्रो प्रतिवद्धता” भन्ने मुल नाराका साथ दशौँ राष्ट्रिय पोल्ट्री दिवस २०७९ पुस ११ देखि १७ गतेसम्म सप्ताहव्यापी रुपमा मन्त्रालय मातहतका कार्यालय, सम्बन्धित संघसस्था र स्थानिय तहको सहकार्यमा पत्रपत्रिका लगायत विभिन्न सञ्चार माध्यमबाट प्रचार प्रसार, विद्यार्थी, गर्भवती महिला, कुपोषित बालबालिका र श्रमिक वर्गमा जनचेतनामुलक कार्यक्रमका साथै कुल ३५०४१ गोटा अण्डा वितरण, विषयगत सान्दर्भिक लेख रचना राष्ट्रिय दैनिकमा प्रकाशन र पोल्ट्री कृषकलाई व्यवसाय सम्बन्धी सचेतना कार्यक्रम गरी सफलतापुर्वक सम्पन्न गरिएको।