मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

साहित्य र कला
कवि दीपक चौलागाईंको कवितासङ्ग्रह ‘हतारमा छन् यात्रीहरू’ लोकार्पित

Thearaniko Times 1394+ समाचार ( )
२८ माघ २०८२, मङ्गलबार

काठमाडौं । कवि दीपक चौलागाईंको कवितासङ्ग्रह ‘हतारमा छन् यात्रीहरू’ राजधानीमा एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ।

सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा मंगलबार आयोजित कार्यक्रममा प्राज्ञ तथा कवि श्रवण मुकारुङ, निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’, कवि छविरमण सिलवाल, कवि मणि लोहनी, कवि शकुन्तला जोशी, प्रदीप सापकोटा र स्वयं लेखक दीपक चौलागाईंले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ श्रवण मुकारुङले मन्तव्य राख्दै सिर्जनालाई निरन्तर यात्राको रूपमा व्याख्या गरे। उनले भने, “सिर्जना कहिल्यै पूर्ण हुँदैन। यो एउटा गन्तव्यमा पुगेर समाप्त हुने यात्रा होइन, जीवनभर स्रष्टाले आफैंलाई नाघ्दै जाने क्रम हो।”

उनले कवितालाई अध्यात्म र भौतिक विज्ञानसँग जोड्दै चौलागाईंका कवितामा यी दुवै दर्शनको अन्तरघुलित प्रयोग देखिने उल्लेख गरे। उनका अनुसार भौतिक विज्ञानका अवधारणालाई कविताका तत्त्वका रूपमा प्रयोग गर्नु कृतिको विशिष्ट पक्ष हो।

कृतिमाथि समिक्षात्मक धारणा राख्दै कवि मणि लोहनीले यस सङ्ग्रहलाई अनुभूति र समयबोधले खारिएको शक्तिशाली काव्यकृति बताए। उनले विज्ञान र जीवनलाई जोडेर लेखिएका कविताले आम पाठकको संवेदनालाई प्रभावकारी रूपमा अभिव्यक्त गरेको बताए।

कवि शकुन्तला जोशीले कवितामा पूर्वीय वैदिक दर्शन, द्वन्द्वात्मक भौतिकवाद र आधुनिक भौतिक विज्ञान, विशेषगरी क्वान्टम सिद्धान्तको सरल तर गहिरो प्रयोग भएको उल्लेख गरिन्। उनका अनुसार जीवन र ब्रह्माण्डलाई हेर्ने फरक तर समन्वित दार्शनिक दृष्टिकोण कृतिको प्रमुख सौन्दर्य हो।

कार्यक्रममा निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ले जीवनका विविध आयाम र विज्ञानलाई सहज शैलीमा कवितामा उतार्नु कविको सशक्त काव्यशैली भएको बताए। प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले कविताप्रतिको प्रेमका कारण स्थापनाको छोटो अवधिमै चारवटा काव्यकृति प्रकाशन गर्न सफल भएको जानकारी दिए। निबन्धकार प्रदीप सापकोटाले चौलागाईंका कवितामा सुनकोशी र रोशी क्षेत्रका सांस्कृतिक बिम्बहरू प्रभावकारी रूपमा प्रयोग भएको बताए।

कार्यक्रममा कवि डा. अनन्त अधिकारी र रुपा रिसालले कृतिभित्रका कविता वाचन गरेका थिए। कविका गुरु तथा पूर्व क्याम्पस प्रमुख चूडाप्रसाद चौलागाईं, राधेश्याम लेकाली, प्रमोद प्रधान, शंकर भारती, पवन आलोक, वसन्तराज अज्ञात, लक्ष्मी रुम्बा, तुलसीहरि कोइराला लगायत साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण प्रदीप सापकोटाले गरेका थिए भने स्वागत मन्तव्य पूर्णबहादुर श्रेष्ठले दिएका थिए।

छ खण्डमा विभक्त यस कवितासङ्ग्रहमा ३८ वटा कविता समेटिएका छन्। कृति सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित गरिएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार