मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

बाढी पहिरो पीडितलाई राहत
युवा व्यवसायीहरुले बाढीपहिरो पीडितहरुलाई राहत वितरण

Thearaniko Times 1401+ समाचार ( )
२० अशोज २०८१, आइतबार

काभ्रे/नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गणेश लामा र युवा संघ नेपालको उपाध्यक्ष आमित लामाको उपस्थितिमा काभ्रे युवा-व्यवसायी व्यक्तित्वहरुको पहलमा बेथानचोक गाउँपालिका वडा नम्बर ४ का ३६ घरधुरी र नमोबुद्ध नगरपालिका वडा नम्बर ११ बिमेरे गाउँ (नाम्सापुराण)का २० घरधुरी बाढीपहिरो पीडितहरुलाई आज राहत वितरण गरेको छ।

विपद्ले क्षति पु-याएको क्षेत्रका स्थानीयको पीडामा मल्हम लगाउने उद्देश्यले काभ्रेको युवा व्यावसायीहरु र देश विदेशबाट आर्थिक संकलन गरेको समाजसेवी गुन्जमान लामाले जानकारी दिनुभयो।  सम्पुर्ण सहयोगी मनहरुलाई धन्यवाद दिदैँ समाजसेवी लामा भने, -युवा समाजसेवी अशोक लामा, अनुबा प्रधान, प्रिया वाइबाले कसैको दु:खमा हाम्रो मन त्यसरी नै दुख्नुपर्छ जसरी जो पीडित छन् । 

हामी सबैको सानो सहयोग कसैको लागि ठुलो वरदान साबित हुनसक्छ" भन्दै अशोक लामा, प्रिया वाइबा, अनुबा प्रधानले सामाजिक सञ्जाल फेसबूकमार्फत यस पुण्य कामको लागि सबैमा आर्थिक सहयोग आह्वान गरेका थिए । काभ्रेको युवा-व्यावसायहरुले यसअघि पनि काभ्रेको विभिन्न ठाँउहरुमा राहत वितरण गरिसकेका छन् । पनौती नगरपालिकामा पानी, विभिन्न राहत वितरण गरेको थियो भने धुलिखेल नगरपालिका वडा नम्बर १२ सङ्खु एक्लेखेतलाई २०० लिटर तेल र रोशीको केही वडालाई राहत वितरण गरेको थियो ! 

यातायातको सुबिधा हुनासाथ नमोबुद्धको विभिन्न ठाँउ र रोशी गाउँपालिकाको सबै वडा, बेथानचोक गाउँपालिकाको सबै वडा, पनौती नगरपालिकाको विभिन्न वडामा निरन्तर राहत वितरण गरिने कार्यक्रम रहेको समाजसेवी लामाले जानकारी दिनुभयो। यो अभियानको क्रममा समाजसेवी प्रिया वाइबा, अनुबा प्रधान, GM लामा लोप्चन, अशोक लामाले अन्य संघ संस्थाहरुसँग पनि साहकार्य गर्दै आएको छ !!!

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार