मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

साहित्य र कला
उमेर जति अघि बढ्छ

Thearaniko Times 1401+ समाचार ( )
५ श्रावण २०८२, आइतबार

                                                 -अस्मिता थापा 

धुसिनीको माटो टेक्दै

वर्षौंपछि घोराखोरी बजार उक्लँदा

एउटा अजस्र स्मृतिको खोलो बग्यो —

जहाँ

किलकिलाउँदो हाँसो, चप्पलको खच्खच

र रहरले टल्किएका नजरहरू

बजारको हावामा मिसिएर

कानमा गुञ्जिरहेजस्तै लाग्यो।

तर अनुभूति फेरिएको रहेछ

उमेरको एउटा मोडमा आइपुग्दा—

एउटा भाइले आफ्नी सानी बहिनीलाई

साउने चुरा किनिदिँदा

मन एक्कासी झसङ्ग भयो,

फर्किएँ —

त्यही रहरको उमेरमा,

जहाँ

मेहेन्दी सुक्न नपाउँदै

अर्को हात सजाउन हतार हुन्थ्यो,

मेहेन्दीको गाढो रङमा रहरको गहिराइ नापिन्थ्यो,

र चुराको झनकारमा उत्सवहरू झन्झनाउँथे।

अब न त्यो चटारो बाँकी छ

न त्यो साउने शीतलता,

उत्सवहरू त मञ्चमा छन्,

तर मनभित्र...

एक किसिमको ओझेल परेको छाया जस्तै।

उमेर जति अघि बढ्छ,

रहरहरू त्यति नै भित्र कतै

मौन भएर

दैनिकताका भारीले दबिएर जान्छन्।

श्रावण अब

केवल मौसम बनेर आइरहन्छ,

भित्रको हरियाली —

धेरै वर्ष अघि नै

कुनै व्यस्त दिउँसोले मिचेर लगिसकेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार