मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

पुण्यमति नारी चेतना सीपमुलक सहकारीको २२ औं साधारणसभा
पुण्यमति नारी चेतना सीपमुलक सहकारीको २२ औं साधारणसभा

Thearaniko Times 1401+ समाचार ( )
१२ कार्तिक २०८१, सोमबार

बनेपा/ बनेपा नगरपालिका -२ टुकुचामा रहेको पुण्यमति नारी चेतना शिपमुलक सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभा आईतबार नालामा सम्पन्न भएको छ ।

बागमती प्रदेश सभाका सांसद कन्चनचन्द्र वादेले उद्घाटन गरेको सो कार्यक्रममा संस्थाकी अध्यक्ष मञ्जु आचार्य घिमिरेले भावी कार्ययोजना, नीति तथा कार्यक्रम, सचिव सपना घिमिरेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष सावित्री घिमिरेले आर्थिक प्रतिवेदन तथा अनु पाण्डेले आन्तरिक लेखापरीक्षण प्रतिवेदनसहित संस्थाको वित्तीय प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट कारोबार गर्नेहरु शेयर सदस्य साबित्री घिमिरे, नियमित बचतकर्ता गीता श्रेष्ठ, ऐच्छिक बचतकर्ता साबित्री श्रेष्ठ, आवधिक बचतकर्ता सुमती पाण्डे, ऋणी सदस्य इश्वरी घिमिरे, उत्कृष्ट कर्मचारी बसन्ती जिसि, सञ्चालक नानीमाया श्रेष्ठलाई पुरस्कृत गरिएको छ । 

संस्थाकी अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख कन्चनचन्द्र बादे, वुमन एक्टका अध्यक्ष सिर्जना अधिकारी, प्रदेश संघ संचालक कृष्ण तिमल्सिना, जिल्ला संघ काेषाध्यक्ष अर्जुन सापकाेटा, बनेपा नपा-३ का वडाध्यक्ष रमेश दाहाल, राष्ट्रिय सहकारी ब‌ैक शाखा प्रमुख  उपेन्द्र दाहाल, हाम्रो सराेकारबाट सम्झना खतिवडा लगायतले मन्तव्य राखेका थिए । बिमला श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तब्य शान्ता लामिछाने र धन्यवाद ज्ञापन बबिता थापाले गरेकी थिइन् ।

बचत ऋण कराेबारसंगै महिलाहरुकाे आर्थिक सामाजिक बिकासका लागि महिला सशक्तिकरण, कार्यक्रम सीप तथा क्षमता अभिवृद्धि तालिम संचालन गर्दै आइरहेकाे र संस्थाकाे कुल पुँजी दस कराेडमाथि परिचालन भइरहेकाे संस्थाका अध्यक्ष मञ्जु आचार्य घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार