मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

विवाहकाे उमेर घटाउनुपर्ने पक्षमा अत्यधिक मत

Thearaniko Times 1394+ समाचार ( )
१९ असार २०७९, आइतबार

दिनेशराज खरेल

बनेपा/नेपाल प्रेस इन्स्टिच्यूट (एनपिआई) ले पुरुष र महिलाको विवाह गर्ने उपयुक्त उमेर कति बर्ष मान्न सकिन्छ भन्ने विषयमा मत सर्वेक्षण गरेको छ।एनपिआईमा तालिम लिइरहेका सहभागी प्रशिक्षार्थी  बीच सर्वेक्षण गरिएको हो।

विवाह गर्ने उमेर पुरुषको २० र महिलाको १८ बर्ष कायम गरियो भने समताको बिषय मान्न सकिन्छ?, सकिदैन? वा भन्न सक्तिन भनि तिनवटा प्रश्नको उत्तरलाई सर्वेक्षणको मुख्य बिषय बनाइएको थियो।

देशका  बिभिन्न ठाउँबाट ४४ जनाको सहभागिता रहेको थियो। 

पुरुषको उमेर २० र महिलाको १८ बर्षलाई समता मान्न सकिन्छ भन्ने पक्षमा २७ जनाले मत जाहेर गरेका थिए भने  १५ जनाले सकिदैन भन्ने उत्तर दिएका थिए । जसमा दुई जना माैन रहे ।

पछिल्लो समय तराईमा अविवाहित छाेरीहरु असुरक्षित देखिएपछि  सरकारले पुरुष, महिला दुवैको विवाहको उमेर घटाउने तयारी थालेको बुझिएको छ। २० बर्ष नपुगि विवाह गर्न नपाउने कानुनी व्यवस्था भएपछि तराईमा छाेरीहरुकाे ढिलाे बिहे हुन थालेका कारण  सुरक्षामा समस्या देखिएकाे  बताइएकाे छ।

अठार र बीस वर्षलाई समता मान्न सकिने बताउदै बरिष्ठ पत्रकार कपिल काफ्लेले महिला १८ बर्षमा शारीरिक रुपमा परिपक्व भइसक्ने धारणा व्यक्त गर्नुभयो। नेपाली समाज अनुसार १८/२० बर्ष उचित हुने अर्की बरिष्ठ पत्रकार बविता बस्नेतको भनाइ रहेको छ।

‌समताको बिषय मान्न सकिए पनि गर्भधारण र बच्चा जन्माउन महिला पूर्ण नहुने आशय कर्णाली प्रदेशकी निष्ठा कार्कीले राख्नु भएको छ। गण्डकी प्रदेशबाट आयुषा अधिकारी भन्नुहुन्छ,"पुरुष, महिला दुवैको बीचमा शारिरीक, मानसिक,यौनिक रआर्थिक रुपमा परिपक्व नहुने भएकाले समता हुन सक्दैन । "

‌बाग्मती प्रदेशका आशिष उप्रेतीका अनुसार "खानपान , भूगोल र आधुनिकताले महिलाको रजस्वला छिटो हुने गरेको छ, त्यसकारण यौन चाहाना तिब्र हुन्छ।१८/२० वर्ष समता मानिए पनि सन्तान उत्पादनलाई बन्देज गर्नुपर्ने उहाँको भनाइ रहेको छ।

‌ याे उमेरमा महिला मानसिक, सामाजिक रुपले अपरिपक्व हुने कारणले विवाह याेग्य हुन सक्दैन भन्न धारणा  मधेस प्रदेश देबेन्द्र प्रसाद यादवको छ। चिसो हावापानी भएको स्थानमा रजस्वला ढिलो हुने र तराईमा छिटो हुने भएकाले समता हुन सक्दैन भनि १ नम्बर प्रदेशबाट धमला भट्टराईको मत रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार