मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

राजनीति
विशेष महाधिवेशन वैध ठहर, गगन थापा नेतृत्वलाई निर्वाचन आयोगको मान्यता

Thearaniko Times 1375+ समाचार ( )
३ माघ २०८२, शुक्रबार

काठमाडौँ — निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई वैध ठहर गर्दै उक्त महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पार्टीको आधिकारिक नेतृत्वका रूपमा मान्यता दिएको छ।

आयोगका एक सदस्यले असहमति जनाए पनि बहुमत आयुक्तहरूले विशेष महाधिवेशन विधानअनुसार र प्रक्रियासम्मत रूपमा सम्पन्न भएको निष्कर्ष निकालेका हुन्।

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सगुन शम्शेर जबराले विशेष महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले त्यसबाट आएको निर्णयलाई मान्यता दिनुपर्ने धारणा राखेका थिए। अर्का आयुक्त जानकीकुमारी तुलाधरले भने निर्णयप्रति असहमति जनाइन्, तर विस्तृत कारण प्रस्तुत नगरेको आयोग स्रोतले जनाएको छ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार दलका पदाधिकारीमा परिवर्तन भए त्यसलाई दर्ता अभिलेखमा अद्यावधिक गर्नुपर्ने व्यवस्था छ। यही कानुनी आधारमा आयोगले विशेष महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो।

आयोगले निर्णयमा नेपाली कांग्रेसको विधानलाई मुख्य आधार बनाउँदै विशेष महाधिवेशनलाई वैध ठहर गर्न तीन प्रमुख कारण उल्लेख गरेको छ। आयोगका अनुसार पार्टी विधानले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ, र सोही व्यवस्था अनुसार महाधिवेशन आयोजना भएको देखिएको छ।

त्यसैगरी, विधानतः महाधिवेशन प्रतिनिधि नै पार्टीका सर्वोच्च प्रतिनिधि हुने स्पष्ट व्यवस्था रहेकाले उनीहरूले गरेका निर्णय नै दलको आधिकारिक निर्णय मानिने आयोगको निष्कर्ष छ। विशेष महाधिवेशनको मागका विषयमा पार्टीभित्र औपचारिक रूपमा कसैबाट पनि विमति नदेखिएकाले उक्त महाधिवेशन पूर्ण रूपमा विधानसम्मत भएको आयोगले स्पष्ट पारेको छ।

कांग्रेसको विधानको प्रस्तावनामै लोकतन्त्रलाई मूल आदर्शका रूपमा स्वीकार गरिएको स्मरण गराउँदै आयोगले लोकतान्त्रिक मूल्य र अभ्यासलाई व्यवहारमै लागू गर्नुपर्ने उल्लेख गरेको छ। विधानमा रहेको महाधिवेशन माग गर्ने अधिकारलाई केन्द्रीय समितिले बेवास्ता गर्नु लोकतान्त्रिक अभ्यासमाथिको अवरोध हुने आयोगको व्याख्या छ।

निर्णय सार्वजनिक गर्दै कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आयोगको निष्कर्षप्रति चित्त नबुझे कानुनी उपचारका लागि सम्बन्धित पक्ष अदालत जान सक्ने बताएका छन्।

निर्णयसँगै आयोगमा रहेको अभिलेखबाट साबिकको शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइ गगनकुमार थापा सभापति रहेको नयाँ केन्द्रीय कार्यसमितिको विवरण समावेश गर्न सचिवालयलाई निर्देशन दिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार