मुख्य समाचार
‘रोदन’को नियात्राकृति ‘विदेशमा देश’ लोकार्पित | एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र |

राजनीति
विशेष महाधिवेशन वैध ठहर, गगन थापा नेतृत्वलाई निर्वाचन आयोगको मान्यता

Thearaniko Times 1403+ समाचार ( )
३ माघ २०८२, शुक्रबार

काठमाडौँ — निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई वैध ठहर गर्दै उक्त महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पार्टीको आधिकारिक नेतृत्वका रूपमा मान्यता दिएको छ।

आयोगका एक सदस्यले असहमति जनाए पनि बहुमत आयुक्तहरूले विशेष महाधिवेशन विधानअनुसार र प्रक्रियासम्मत रूपमा सम्पन्न भएको निष्कर्ष निकालेका हुन्।

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सगुन शम्शेर जबराले विशेष महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले त्यसबाट आएको निर्णयलाई मान्यता दिनुपर्ने धारणा राखेका थिए। अर्का आयुक्त जानकीकुमारी तुलाधरले भने निर्णयप्रति असहमति जनाइन्, तर विस्तृत कारण प्रस्तुत नगरेको आयोग स्रोतले जनाएको छ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार दलका पदाधिकारीमा परिवर्तन भए त्यसलाई दर्ता अभिलेखमा अद्यावधिक गर्नुपर्ने व्यवस्था छ। यही कानुनी आधारमा आयोगले विशेष महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो।

आयोगले निर्णयमा नेपाली कांग्रेसको विधानलाई मुख्य आधार बनाउँदै विशेष महाधिवेशनलाई वैध ठहर गर्न तीन प्रमुख कारण उल्लेख गरेको छ। आयोगका अनुसार पार्टी विधानले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ, र सोही व्यवस्था अनुसार महाधिवेशन आयोजना भएको देखिएको छ।

त्यसैगरी, विधानतः महाधिवेशन प्रतिनिधि नै पार्टीका सर्वोच्च प्रतिनिधि हुने स्पष्ट व्यवस्था रहेकाले उनीहरूले गरेका निर्णय नै दलको आधिकारिक निर्णय मानिने आयोगको निष्कर्ष छ। विशेष महाधिवेशनको मागका विषयमा पार्टीभित्र औपचारिक रूपमा कसैबाट पनि विमति नदेखिएकाले उक्त महाधिवेशन पूर्ण रूपमा विधानसम्मत भएको आयोगले स्पष्ट पारेको छ।

कांग्रेसको विधानको प्रस्तावनामै लोकतन्त्रलाई मूल आदर्शका रूपमा स्वीकार गरिएको स्मरण गराउँदै आयोगले लोकतान्त्रिक मूल्य र अभ्यासलाई व्यवहारमै लागू गर्नुपर्ने उल्लेख गरेको छ। विधानमा रहेको महाधिवेशन माग गर्ने अधिकारलाई केन्द्रीय समितिले बेवास्ता गर्नु लोकतान्त्रिक अभ्यासमाथिको अवरोध हुने आयोगको व्याख्या छ।

निर्णय सार्वजनिक गर्दै कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आयोगको निष्कर्षप्रति चित्त नबुझे कानुनी उपचारका लागि सम्बन्धित पक्ष अदालत जान सक्ने बताएका छन्।

निर्णयसँगै आयोगमा रहेको अभिलेखबाट साबिकको शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइ गगनकुमार थापा सभापति रहेको नयाँ केन्द्रीय कार्यसमितिको विवरण समावेश गर्न सचिवालयलाई निर्देशन दिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार