मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

साहित्य र कला
गायनसँगै अभिनयमा रमाउँदै गीता देवी

Thearaniko Times 1401+ समाचार ( )
१८ माघ २०८२, शनिबार

 गणेश आचार्य

काभ्रे /निरन्तर दुई दशकदेखि नेपाली लोकसंगीतमा सक्रिय रहँदै आएकी लोकप्रिय गायिका गीता देवीको नयाँ एकल लोकगीत ‘आएन काल’ शुक्रबार सार्वजनिक भएको छ। गीत रोशन केसीको युट्युब च्यानलमार्फत दर्शक–श्रोतामाझ ल्याइएको हो।

गीतमा गायनसँगै गीता देवीको भावपूर्ण र स्वाभाविक अभिनय पनि देख्न सकिन्छ।

‘लेकको बाटो न्याउली रुन्छ,

बेशी आफ्नै मन रुन्छ,

रात कोल्टे फेर्दा तारा मण्डलमा जुन छ,

मलाई मात्र के हुन्छ, मरौँ भने आएन काल…’

जस्ता मार्मिक शब्दहरूले गीतलाई अझ सशक्त बनाएका छन्।

नेपाली परिवेशलाई केन्द्रमा राख्दै घर–परिवारभित्र शंका र उपशंकाका कारण सम्बन्ध बिग्रँदै जाने सामाजिक यथार्थलाई गीतमार्फत प्रस्तुत गरिएको गीतकार रोशन केसीले बताएका छन्। नेपाली समाजको एउटा जीवन्त बिम्बका रूपमा गीत निर्माण गरिएको उनको भनाइ छ।

गीत शंकरा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने यसको संगीत संयोजन विष्णु तामाङले गरेका छन्। लोकगीत विधामा आधारित ‘आएन काल’मा गायिका गीता देवीले गायन र अभिनय दुवै माध्यमबाट मुख्य पात्रको भावना प्रभावकारी रूपमा प्रस्तुत गरेकी छन्।

गीतको म्युजिक भिडियो काभ्रे जिल्लाको पनौती नगरपालिका–२, बोल्खे गाउँमा छायांकन गरिएको हो। यसअघि सार्वजनिक भएको अर्को गीत भने आदित्यमोक्ष धाम क्षेत्रमा छायांकन गरिएको जानकारी पनि दिइएको छ।

म्युजिक भिडियोमा रोशन केसी, गीता देवी, प्रमिला उप्रेती, मनोज पाख्रिन, मदन आचार्य र सुजन सेन्चुरीको मार्मिक अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन, छायांकन तथा सम्पादन आर.बी. सेन्चुरीले गरेका हुन्।

सामाजिक यथार्थलाई चित्रण गरिएको यस एकल गीत केवल मनोरञ्जनका लागि मात्र नभई नेपाली संगीतप्रति ‘आम कलाकार’को भूमिकामा अभिनयमा पनि आफूले प्रयास गरेको गीता देवी बताउँछिन्। उनले सबै दर्शक–श्रोतासँग गीत हेरेर प्रतिक्रिया दिन आग्रह समेत गरेकी छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार