मुख्य समाचार
लिन इन्टरनेशनल बोर्डिङ स्कुलको रजत जयन्ती तथा अभिभावक दिवस सम्पन्न | सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या पुष्टि, चार जना पक्राउ, दोषीलाई कडा कारबाहीको माग | नेकपा एमाले अध्यक्ष केपी ओलीलाई पितृ शोक | समानुपातिकमा रास्वपाको करिब ५७ सिट निश्चित, ३३ प्रतिशत महिला पुर्‍याउन ४७ महिला सांसद छनोट गर्नुपर्ने, संभावित नामहरु | समानुपातिक मतगणना सकियो: रास्वपाको १८२ सिट, दुई तिहाइका लागि अझै २ सिट अपुग | नेपालको विकास यात्रामा निजी र सार्वजनिक शिक्षा सहकार्यको आवश्यकता | अभाव, आँसु र संघर्षले लेखिएको मेरो जीवनको कथा | सहकारी प्रकरण: रवि लामिछाने तत्काल संसद प्रवेश गर्न नपाउने | ‘रेखा–पवन स्रष्टा सम्मान’बाट शर्मा र घिमिरे सम्मानित | निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ? |
मुख्य समाचार
लिन इन्टरनेशनल बोर्डिङ स्कुलको रजत जयन्ती तथा अभिभावक दिवस सम्पन्न | सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या पुष्टि, चार जना पक्राउ, दोषीलाई कडा कारबाहीको माग | नेकपा एमाले अध्यक्ष केपी ओलीलाई पितृ शोक | समानुपातिकमा रास्वपाको करिब ५७ सिट निश्चित, ३३ प्रतिशत महिला पुर्‍याउन ४७ महिला सांसद छनोट गर्नुपर्ने, संभावित नामहरु | समानुपातिक मतगणना सकियो: रास्वपाको १८२ सिट, दुई तिहाइका लागि अझै २ सिट अपुग | नेपालको विकास यात्रामा निजी र सार्वजनिक शिक्षा सहकार्यको आवश्यकता | अभाव, आँसु र संघर्षले लेखिएको मेरो जीवनको कथा | सहकारी प्रकरण: रवि लामिछाने तत्काल संसद प्रवेश गर्न नपाउने | ‘रेखा–पवन स्रष्टा सम्मान’बाट शर्मा र घिमिरे सम्मानित | निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ? |


भ्रष्ट्राचारी जोगाउन खोज्ने एमाले र काँग्रेसबाट जनताले सुख पाउदैनन्

Thearaniko Times 1357+ समाचार ( )
२२ असार २०८१, शनिबार

दीपक जंगम

 नेपालको राजनीतिमा देखा परेको कालो बादल सत्ता समिकरण सत्ता परिवर्तन, अपवित्र गठबन्धनको पुरानो चलन हो । नेपाली जनताका लागि अभिभावकीय भूमिकामा बस्नुपर्ने राजनीतिक दल, नेता र तिनबाट बनेका सरकारका नायकहरु आज सत्ताको लागि लुछाचुँडी गर्न आतुर छन् । सत्तामा पुगेका तर जनताबाट विश्वास गुमाउँदै गएका राजनीतिक दलहरु नेपाली काँग्रेस, एमाले र माओवादीबाट जनताहरु दिक्क भएका छन् । नेपालमा विजयी पार्टी र तीनबाट बनेका सरकार अनि कहिले गठबन्धन त कहिले बहुमत, कहिले अल्पमतको सरकार बनेर देश र जनताको लागि अभिशाप बनेको धेरै वर्ष भैसक्यो । जनताको मतबाट निर्वाचित जनताका प्रतिनिध भनाउँदाहरु जनताप्रति किन उत्तरदायी नबनेका होलान् ? सत्तामा पुगेपछि जनताको काम गर्नुपर्ने स्थानीय देखि संघिय सरकार आज किन बेचैन छ, देशमा स्थायी सरकारको परिकलपना गरेर बनेको संविधानको धारा अनुसार चलायमान बन्न नसक्दा सरकार छ छैन सरकार को बाट सञ्चालित छ ? सत्तामा बसेको सरकारलाई कसले रिमोर्ट कन्ट्रोलले घुमाइरहेको छ ? यो सरकार जनताको हो कि विदेशी दलालबाट सञ्चालित सरकार हो ? नेपाली जनताको सरकार हो भने नेपाली जनताको लागि के के काम गरेका छन् ? स्थानीय तह, प्रदेश, संघिय सरकार आज कति जनताको सरकार बनेर देखाउन सकेको छ ?

आफ्नो स्वार्थको लागि सत्ता परिवर्तन गर्ने, अपवित्र गठबन्धन गर्ने, कर्मचारीतन्त्रलाई नियमन गर्न नसक्के, भष्ट्राचारी बनाउने, देशको सम्पत्तिमा ब्रम्हलुट गर्ने जनतामैत्री प्रहरी प्रशासन नबनाउने, साँसद जनता र सँसद प्रति बफादार नबन्ने सरकारका विभिन्न निकाय तथा अंगहरु अपाङ्ग बनाउँदै चरम आर्थिक अभावको सृर्जना गरी देश र नागरिकलाई पाखा लगाउन खोज्ने प्रवृत्ति धेरै ठुलो घातक प्रवृत्ति हो । भर्खरै सत्ता परिवर्तनको लागि माओवादी केन्द्रको नेतृत्वमा बनेको सरकारलाई दिएको समर्थन फिर्ता लिएर कम्युनिष्टको पगरी गुथेको एमालेले नाटक मञ्चन गरेको छ । सत्ताको लागि पद प्रतिष्ठा, पैसा नै सर्वथोक ठान्ने घातक प्रवृत्तिको कारण पटक–पटक जनता र देशलाई धोका भएको छ । हिजो भष्ट्राचारको नालीमा चुर्लुम डुबेको काँग्रेस आफ्ना आसेपासे भष्ट्राचारी दलाललाई जोगाउन एमालेको नेतृत्वमा सरकारमा जान किन हतार गर्दैछ भन्ने कुरा जनतालाई राम्रोसँग थाहा छ । आज नाम चलेका भुटानी शरणार्थी गिरी बन्धु टि जग्गा प्रकरणमा जोडिएका कारण वर्तमान सरकारको साथ छोडेर नेपाली काँग्रेस र एमालेबीच सहकार्य हुनु नौलो विषय होइन । जनतालाई राम्ररी थाहा नै छ देश कसले, को को मिलेर बिगारेका छन् भन्ने कुरा आज काँग्रेस र एमालेको पदचाप पछ्याएर त्यसको सिको गरेका कारण आज माओवादी केन्द्रका नेता र तिनका छोराछोरी कार्यकर्ता, कर्मचारी समेतको मिलेमतोमा सुन काण्ड, जग्गा प्रकरण जस्ता कुरामा लाग्नु किमार्थ राम्रो होइन ।

देश बनाउन निर्वाचित भएर आउने नेता, पाटी सरकारमा गएर अकुत सम्पत्ति कुम्ल्याउन भष्ट्राचार गर्न जनताले मतदान गरेका होइनन् । वर्तमान समयमा किन सत्ता परिवर्तनको गन्ध आएको होला भन्ने सम्बन्धमा यो देशमा सामन्त गोयलले एमाले र काँग्रेस मिलाएर सरकार बनाउन खोज्नु कुनै भष्ट्राचारीलाई कार्वाही बाट जेल जानबाट रोक्ने षडयन्त्र त होइन ? सरकार जतिसुकै परिवर्तन होस् जति सुकै मन्त्री बनुन् जुनसुकै पाटीको सरकार बनोस् त्यो सरकारले जनताको लागि कति प्रतिशत काम ग¥यो भन्ने नै हो । के आज यो देशमा सरकार भएको महशुस जनताले गर्न पाएका छन् त ? प्रजातन्त्रको रामनाम जप्ने नेपाली काँग्रेसले इमान्दार भएर जनताको काम भन्दा आफै विभिन्न काण्डमा मुछिएर देशमा उद्योग कलकारखानालाई विदेशीको हातमा सुम्पुवा गरेको नेपालीलाई थाहा नभएको होइन र २०१५ सालदेखि निरन्तर प्राय सरकारको नेतृत्व गर्ने काँग्रेस धेरै प्रधानमन्त्री र मन्त्री हुने पहिलो पाटी हो भने एमाले पनि सरकारको स्वादबाट अछुतो छैन भने माओवादी केन्द्रले जनयुद्धका नाममा सहिद परिवारको विचल्ली पारेर आज तमासे भएको छ । आज सरकारको नेतृत्व गरेका क. प्रचण्डले जनताले पत्याउन लायक कति काम गरे त ? सरकार रहँदा पारिवारिक, नातावाद, कृपावाद र अन्य पार्टीको लहै लहैमा लागेर सत्ता भन्दा बाहिर बस्न मन लागेन प्रचण्डलाई र माओवादी केन्द्र पनि जनताको अगाडि हारेको छ । हिजो जनयुद्धका नाममा गरेका वाचा जनताको पक्षमा कति पुरा भयो ? जवाफ छ, प्रचण्ड कमरेड ?

नेपाली काँग्रेस त जनतासँग भोट लिएर सत्तामा जाने तिनै जनतालाई नक्कली भुटानी शरणार्थी बनाएर कर्मचारी संयन्त्रलाई हातमा लिएर कर्मचारी क्षेत्रलाई बदनाम बनाउने पार्टी हो । देउवा पनी आरजु पक्राउ पर्ने डरले रातारात मिडिया कम्पनीका मालिकको योजना मुताविक सामन्त गोयल सम्मको साथ लिएर नयाँ सरकार बनाउन चाहनु भनेको संविधान संसोधन होइन नेताका छोरा, श्रीमती लगायत नेताहरु आम कार्वाहीबाट उम्कन चालेको षडयन्त्र हो, जुक्ति हो तर नेपालमा नेपालीको लागि काम गर्नुपनि विदेशीलाई गुर्हानु पर्ने यो कस्तो सरकार हो ? पाटीका नेताले देशमा भन्दा विदेशमा पुग्नुलाई कुल देवता मानेका होलान् ? देशको र जनताको माया नगर्ने धुन्धकारी प्रवृत्ति नेताबाट अब यो देशले प्रगति गर्न सक्दैन यो धुव्र सत्य हो । सरकार बन्नु, गठबन्धन हुुनु, भत्कनु कुनै नौलो भएन नेपालीका लागि । आज देशमा महँगी चरम बढेको छ कुनै न्याय छैन । सरकार जनता प्रति मुकदर्शक छ तर जनताले कुनै पनि न्यायको अनुभुति गर्न पाएका छैनन् । देशको अर्थतन्त्र ज्यादै बिग्रीसकेको छ तर सरकार त्यसलाई कसरी बलियो बनाउने भन्नेमा सरकार चुप छ ।

प्रचण्ड पटक पटक प्रधानमन्त्री बनेका व्यक्ति हुन् । जनताको लागि आजसम्म मैले कति गरे भनेर छातिमा हात राख्ने हो भने जवाफ छैन । सरकारमा जाने आउने क्रममा जुनसुकै पाटीसँग मिलेर कुर्सी नै प्यारो बनाइरहँदा आज जनताको हालत कस्तो छ ? प्रचण्डले आँट नगर्दा भष्ट्राचारी उम्कने छन् र त्यो उम्काउने, चोर ल्याउने षडयन्त्रको कारण सरकार परिवर्तन हुँदैन । तरपनि आज भोली नेपाली जनताको लागि स्थायी सरकार नहुँदा आज देश नराम्रोसँग भासिन पुगेको छ । प्रचण्डले आँट गर्ने हो भने अहिले पनि अपराधीलाई तुरुन्त पक्राउ गरेर कानूनको दायरामा ल्याउन सकियो भने एमाले र काँग्रेसको सहमतीले बनेको सरकार छायाँमा पर्ने निश्चित नै छ । हिजोदेखि आजसम्म अपराध गर्न पनि नछोड्ने सच्चिन पनि नखोज्ने अपराधीहरु यो देशमा भएसम्म नेपाली जनताको भलो हुने होइन र गर्न पनि दिदैनन् । 

लेखक : कानून व्यवसायी हुनुहुन्छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार