मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

पनौतीमा नेवाः राष्ट्रिय एकता दिवस मनाउने तयारी पुरा

Thearaniko Times 1401+ समाचार ( )
४ माघ २०८०, बिहीबार

पनौती/१४ औं नेवाः राष्ट्रिय एकता दिवस ऐतिहासिक एवम् सांस्कृतिक रुपले महत्व बोकेको नगर पनौतीमा मनाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

हरेक वर्ष मनाउँदै आएको नेवाः राष्ट्रिय एकता दिवस यसपटक पोहेलाथ्व नवःमि अर्थात् माघ ५ गते शुक्रवार परेको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा यसपटक नेवाः राष्ट्रिय एकता दिवस मनाउनको लागि सरोकारवालाहरुको भेला गरी आवश्यक तयारी गरिरहेको आयोजक सुरेश सैजुले जानकारी दिनुभयो।

नेवाः देय् दबूको संयोजनमा विभिन्न राजनीतिक दल निकट नेवारहरूको जातिय संगठनहरुलाई समेत सहभागी गराइ संयुक्त रुपमा एकता दिवस भव्यताका साथ मनाउन लागिएको बताइयो। यो दिवसलाई नेवारहरुले साह्रै महत्व दिदै आएको छ ।

यस अघि स्थानीय तहमा सानोतिनो कार्यक्रम गरी मनाउँदै आएको भएपनि केन्द्रीय कार्यक्रमको रुपमा उपत्यका बाहिर नेवाः राष्ट्रिय एकता दिवस पहिलो पटक पनौतीमा मनाउन लागिएको हो।  नेवाः देय् दबू काभ्रे जिल्ला समिति, नेवाः देय् दबू पनौति नगर समिति, हलिं नेवाः गुथि काभ्रे जिल्ला समिति, हलिं नेवाः गुथि पनौति नगर समिति, नवलकचा नवाल समाज, भिन्तुना ग्रुप पनौति लगायत विभिन्न संघसंस्थाहरुको आयोजनामा हुन लागेकाे नेवाः राष्ट्रिय एकता दिवसमा पनौती, बनेपा र धुलिखेल नगरका प्रमुखहरु, बागमती प्रदेशका सभासद् कन्चन चन्द्र बादे लगायत नेवारसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहने जानकारी सैजुले दिनुभयो।

शुक्रबार माघ ५ गते शुक्रवार हुने राष्ट्रिय नेवाः एकता दिवसको पदयात्रा ११.३० बजे शुरु भइ १ बजे लायकु डबलीमा औपचारिक कार्यक्रम शुरू हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार