मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

एमालेका जनप्रतिनिधिबाट सपथ बहिष्कार

Thearaniko Times 1394+ समाचार ( )
८ जेठ २०७९, आइतबार

बनेपा/नेकपा एमालेबाट निर्वाचित उपप्रमुख लगायत सबै जनप्रतिनिधिले बनेपा नगरपालिकाले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरूको सपथ ग्रहण बहिष्कार गरेको छ ।

नगरपालिकाले आयोजना गरेको सपथ ग्रहण कार्यक्रम एमालेबाट निर्वाचित एकजना पनि जनप्रतिनिधि सहभागी भएनन् । नगरपालिकामा ‘ठूलो दल’को रुपमा निर्वाचित भएको नेकपा एमालेसँग कुनै सल्लाह नै नगरी शपथ ग्रहण कार्यक्रम राखिएको भन्दै उनीहरूले शपथग्रहण कार्यक्रम नै बहिष्कार गरेको बताए पनि नेकपा एमाले  स्रोतका अनुसार पुर्व नगरप्रमुख लक्ष्मीनरसिंह बादेको उपस्थिति रहेको कारण बहिष्कार गरेको बताएको छ । 

बनेपा नगरमा एमालेले उपप्रमुख, ७ वडाध्यक्षसहित ३८ जनप्रतिनिधि निर्वाचित भएका छन् । काँग्रेसका प्रमुखसहित २९ र एकीकृत समाजवादीका १ वडा अध्यक्षसहित ५ जनप्रतिनिधि निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस र नेकपा ९एकीकृत समाजवादी० बटा निर्वाचित जनप्रतिनिधिले मात्रै सपथ खाएका छन । नेपाली कांग्रेस र नेकपा  ९एकीकृत समाजवादी०बाट निर्वाचित भएका सबै जनप्रतिनिधिले सपथ लिएका छन । बनेपामा उपमेयर सहित बहुमत सदस्य एमालेले जितेको थियो ।

नवनिर्वाचित नगरप्रमुख शान्तिरत्न शाक्यको सभापतित्वमा भएको सपथ ग्रहण कार्यक्रममा पुर्व राज्यमन्त्री कन्चनचन्द्र बादे, पुर्व नगरप्रमुख डा.सुरेन्द्रबादे श्रेष्ठ, लक्ष्मीनरसिंह बादे, नेपाली कांग्रेसका नगर सभापति महेश कर्माचार्य, एकीकृत समाजवादीका नगर अध्यक्ष रघुवर चौप्रधानले मनतव्य राखेका थिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार