मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

शिक्षा
‘प्रभाका चम्किला ताराहरू’ लोकार्पण, विद्यावारिधी प्राप्त नौजना पूर्वविद्यार्थी सम्मानित

Thearaniko Times 1394+ समाचार ( )
२३ असार २०८२, सोमबार

काठमाडौं । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–६ स्थित प्रभा माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीहरूका जीवनी संकलित पुस्तक ‘प्रभाका चम्किला ताराहरू’ सार्वजनिक गरिएको छ। प्रभा एलुम्नाई एसोसिएसनको आयोजनामा आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक विमोचन गर्नुका साथै विद्यावारिधी उपाधि हासिल गरेका नौजना पूर्वविद्यार्थीलाई अभिनन्दन गरिएको हो।

कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. प्रेम नारायण अर्यालको प्रमुख आतिथ्य रहेको थियो भने प्रभा एलुम्नाईका अध्यक्ष गोकुल प्रसाद गौतम सभापतिमा रहनुभएको थियो। समारोहमा पूर्वराज्यमन्त्री एवं प्रतिनिधिसभा सांसद सुर्यमान दोङ, पूर्व सांसद जीतबीर लामा, काभ्रे जिल्ला समन्वय समिति अध्यक्ष दीपक कुमार गौतम, चौरीदेउराली गाउँपालिकाकी अध्यक्ष रेणुका चौलागाईं, प्रभा बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष सन्तबीर लामा, क्याम्पस प्रमुख जीतराम लामा, प्रभा नमुना माविका प्रअ गोकर्ण जिसी, पूर्व क्याम्पस प्रमुख बलराम कोइराला, चुडाप्रसाद चौलागाईंलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

पुस्तक विमोचनसँगै विद्यावारिधी हासिल गर्ने डा. टंक प्रसाद गौतम, डा. दिलिपकुमार गौतम, डा. रवीन्द्र राज गिरी, डा. नारायण प्रसाद चौलागाईं, डा. संग्रामसिंह लामा, डा. खड्गमान श्रेष्ठ, डा. नवराज गौतम, डा. ङेमादोर्जे लामा र डा. इन्दुल के.सी. लाई दोसल्ला ओढाएर र अभिनन्दनपत्र प्रदान गरी सम्मान गरिएको थियो। ‘प्रभाका चम्किला ताराहरू’ पुस्तकमा उनीहरूले प्रभा माविमा अध्ययन गरेको समयदेखि विद्यावारिधी हासिल गर्दासम्मको शैक्षिक यात्रा, संघर्ष र प्रेरणादायी जीवनकथाहरू समेटिएका छन्।

उक्त कार्यक्रममा साहित्यकार डा. सीता सुवेदी पन्थीले पुस्तकको समालोचना गर्नुभएको थियो भने पुस्तक प्रकाशनका सन्दर्भमा पूर्व क्याम्पस प्रमुख चुडाप्रसाद चौलागाईंले प्रकाश पार्नुभएको थियो। समारोहमा संस्थापक क्याम्पस प्रमुख बलराम कोइराला, एसएलसीको पहिलो ब्याचका विद्यार्थी लोकनाथ गौतम र विजयराज गिरीलाई पनि कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राज्ञ धनप्रसाद सुवेदी, शब्दयात्रा प्रकाशनका अध्यक्ष डा. हरि मञ्जुश्री, पूर्वराजदूत डा. गणेश योन्जन, नेपाल सरकारका सहसचिव डा. रुद्रसिंह तामाङ, डा. ताराबहादुर कुँवर, डा. महेन्द्र सापकोटा, पूर्वसचिव डा. श्याम भट्टराईलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। चौरीदेउराली गाउँपालिकाका नौवटै वडाका वडाध्यक्षहरू, पालिकाभरिका विद्यालयका प्रधानाध्यापकहरू, पूर्व शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा एसोसिएसनका महासचिव निर्मल प्रसाद हुमागाईंले स्वागत मन्तव्य दिनुभएको थियो। कार्यक्रमको सहजीकरण चुडा कोइराला र टीका पौडेलले गर्नुभएको थियो।

प्रज्ञा भवन, कमलादीमा सम्पन्न उक्त समारोहले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरूले पनि उत्कृष्ट प्रतिभा उत्पादन गर्न सक्छन् भन्ने सन्देश दिएको आयोजकले जनाएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार