मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

समाज/राजनीति
नेपाली कांग्रेसको आधिकारिकता विवाद चुलियो, निर्वाचन आयोगअगाडि दुई पक्ष आमनेसामने

Thearaniko Times 1401+ समाचार ( )
३ माघ २०८२, शुक्रबार

काठमाडौं — नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद चुलिँदै जाँदा शेरबहादुर देउवा पक्ष र गगन थापा पक्षका नेता–कार्यकर्ता निर्वाचन आयोगको कार्यालय अगाडि आमनेसामने भएका छन्। जमलस्थित कान्तिपथमा रहेको आयोग परिसर वरपर दुवै पक्षले नाराबाजी र धर्ना दिएका हुन्।

गगन थापा नेतृत्वको कांग्रेसका कार्यकर्ता दिउँसोदेखि नै आयोग परिसरमा उपस्थित भई धर्नामा बसेका थिए। उनीहरूले हालै सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिन माग गरेका छन्।

त्यसको केही समयपछि शेरबहादुर देउवा पक्षका नेता तथा कार्यकर्ता पनि आयोग परिसर पुगेका छन्। देउवा पक्षले कुनै विशेष महाधिवेशन नभएको दाबी गर्दै आफूहरू नै वैधानिक नेपाली कांग्रेस भएको दाबीका साथ नाराबाजी गरेका छन्। उक्त समूहको नेतृत्व तरुण दल अध्यक्ष विद्वान गुरुङले गरेका थिए।

दुवै पक्षका कार्यकर्ताले निर्वाचन आयोगसमक्ष आ–आफ्नो विवरण अध्यावधिक गर्न निवेदनसमेत दिएका छन्। यसैक्रममा दुवै समूहले आज आयोगका पदाधिकारीसँग छलफल पनि गरेका छन्।

दुवै पक्षका समर्थकको उपस्थिति बढ्दै गएपछि आयोग परिसर र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्भावित तनावलाई मध्यनजर गर्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार