मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

विपद् व्यवस्थापनमा सरकारले समयमा ध्यान नदिँदा ठुलो जनधनको क्षति हुनपुग्यो : प्रचण्ड
विपद् व्यवस्थापनमा सरकारले समयमा ध्यान नदिँदा ठुलो जनधनको क्षति हुनपुग्यो : प्रचण्ड

Thearaniko Times 1401+ समाचार ( )
१६ अशोज २०८१, बुधवार

पनौती। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिरो जान सक्ने पूर्वसूचना पाउँदासमेत सरकारले प्रभाकारी काम नगरेको बताएका छन् । बुधवार काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका -१२, भुमिडाँडा रोशीमा बाढी पहिरोबाट क्षति पुगेको क्षेत्रको स्थलगत अनुगमन गर्नुहुँदै उक्त कुरा बताउनुभएको हो।

अत्यधिक वर्षापछि बाढी पहिरोले क्षति पुर्‍याउने क्षेत्रको पूर्वसूचना पहिले नै आएको थियो । मैले पनि पूर्वतयारीका विषयमा सरकारको ध्यानाकर्षण गराएको थिएँ । तर सरकारले  ध्यान नदिँदा धेरै जनधनको क्षति भएको छ । अब राष्ट्रिय सङ्कटको यस घडीमा सत्तापक्ष र प्रतिपक्ष मिलेर सामना गर्नुपर्छ, उनले भने ।

अत्यधिक वर्षा र बाढीका कारण सबैभन्दा बढी क्षति काभ्रेमा भएको भन्दै उनले पीडितहरूको उद्धार र राहतका लागि तत्काल पहल थाल्न उनले सरकारसँग आग्रह गरे । उहाँले क्षतिग्रस्त क्षेत्रमा विशेषगरी बत्तीको समस्यामा छिटो समाधान गर्न पहलकदमी लिने बताउनुभयो।

पनौती -१२ का वडाध्यक्ष जयराम केसीले बाढी पहिरोबाट पुगेको क्षति, समस्या र जनअपेक्षाको साथै राहत र पुनर्निर्माणको बारेमा पुर्व प्रधानमन्त्री तथा प्रतिपक्षी नेता पुष्पकमल दाहालसँग कुरा राखेका थिए।

साथै यस अघि जिल्ला प्रशासन कार्यालय काभ्रेको तर्फबाट जिल्लामा भएको उद्दारको गतिविधि र राहतको बारे जानकारी लिएका थिए। पीडितहरूको उद्धार र राहतका लागि सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय र जनप्रतिनिधिले खेलेको भूमिकाको पुर्व प्रधानमन्त्री दाहालले खुलेर प्रशंसा गरे ।  

०७२ सालको महाभूकम्पमा सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेर राष्ट्रिय विपत्तिको सामना गरेको स्मरण गर्दै अहिले पनि सबै मिलेर राष्ट्रिय सङ्कटको सामना गरेर जानुपर्नेमा उहाँले जोड दिए । बेपत्ता खोजी कार्य पनि अझै बाँकी रहेको र खोज उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तत्कालीन र दीर्घकालीन योजना बनाउनुपर्ने प्रचण्डले बताए ।

दसैँ तिहार आएकाले सबैभन्दा पहिला सडक सञ्चालन गर्न सरकारसँग माग गरे । कार्यक्रममा सहभागीहरूले काभ्रेमा मुख्य समस्या बाटो, बिजुली, खानेपानी र खाद्यान्न आपूर्ति रहेको प्रचण्डलाई जानकारी गराएका थिए । 

कार्यक्रममा संघीय सांसद सुर्यमान दोङ र मिना तामाङ, प्रदेश सांसदद्वय रत्न ढकाल र रुकु चौलागाईं लगायत जिल्लाका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो। पुर्व प्रधानमन्त्री दाहालले धुलिखेल अस्पतालमा रहेका बिरामीहरुको स्वास्थ्यको बारेमा जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार