मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काउने अभियानमा छौं -प्रचण्ड
पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काउने अभियानमा छौं -प्रचण्ड

Thearaniko Times 1369+ समाचार ( )
माओवादी अध्यक्ष प्रचण्ड धुलिखेलमा ?
२४ माघ २०८१, बिहीबार

काठमाडौं/नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरू गरिएको बताएका छन् ।

माओवादी केन्द्र म्याग्दीको बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पछिल्लो समय पार्टीले केही त्रुटि गरेको स्वीकार गर्दै अब गम्भीर आत्ममीक्षासहित पार्टी आफ्नै वर्ग र समुदायमा फर्केको बताए। 

‘हामीले पार्टी एकता कायम राख्न सकेनौं, हामी आफ्नो वर्ग र समुदायबाट केही टाढा हुन पुग्यौं, अध्यक्ष प्रचण्डले भने, ‘म अन्तरआत्माका साथ भन्न चाहन्छु, गल्ती भएकै हो। अब फेरि हामी आफ्नै वर्ग र समुदायमा फर्कने सङ्कल्पका साथ अघि बढेका छौं।’

पार्टीले के के राम्रा काम ग¥यो, कहाँ चुकियो र अब के गर्छ भनेर खुलस्तरूपमा जनताको बीचमा जाने अभियान सुरु गरिएको बताए। उनले अब फेरि पनि जनताको तागतका साथ अघि बढ्ने उल्लेख गरे। 

‘हिजो क्रान्तिको बेलामा जंगलमा होइन जनताको काखमा थियौं बरु पछि गएर हामी दलाल र विचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयो। फेरि अब हामीले त्यो घेरा तोडेका छौं, अध्यक्ष प्रचण्डले भने, ‘अब हामी जनतासँगै रहेर सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डाका साथ अघि बढ्ने छौं। हामीमा अहिले प्राप्त भएको चेतना र जिम्मेवारीबोध अनि २०६४ को जनमतबीच तालमेल हुने हो भने देशलाई नयाँ ठाउँमा उठाइने छ। ०८४ मा ०६४ भन्दा राम्रो जनमत प्राप्त गर्ने हो भने देशबाट भ्रष्टाचारको जरोकिलो उखेलेर फालिने छ। म अहिले यही अपिलका साथ देशव्यापी अभियानमा हिँडेको छु र अब चाँडै सिंगो पार्टी पंक्ति देशव्यापी अभियानमा जुट्ने छ।

आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा ऐतिहासिक अभियानको सुरुवात गरेको उनले बताए। अध्यक्ष प्रचण्डले सेटिङमा देश चलाउनेहरुका विरुद्ध धावा बोलिएको पनि बताए। आफूले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा थालेको अभियानका कारण जनतामा आशा र भरोसा बढेको पनि उनको भनाइ छ।

माओवादी अध्यक्ष प्रचण्ड धुलिखेलमा ....

धुलिखेल/नेकपा माओवादी केन्द्रका अध्यक्ष एव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड ) शुक्रबार धुलिखेल आउने भएको छ । नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला समन्वय समितिको आयोजनामा राजनीतिक वैचारिक प्रशिक्षण तथा बधाइ कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड धुलिखेल आउनुहुने माओवादी केन्द्र काभ्रे जिल्ला सम्योजक भोला प्रसाद अर्यालले जानकारी दिए । जिल्ला पार्टीको आयोजनामा पार्टीको अधिवेशनबाट नगर र गाउँ पालिका कमिटीमा निर्वाचित भएकाहरुलाई बधाई तथा शुभकामना कार्यक्रम र प्रशिक्षण समेत रहेको बताइएको छ । अध्यक्ष प्रचण्ड आउनुहुने कार्यक्रमको सबै तयारी पूरा भएको माओवादी केन्द्र काभ्रे जिल्ला सचिब दैबलाल घिसिङ (अनुशिल) ले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार