मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

पत्रकार महासंघ काभ्रेकाे नवनिर्वाचित कार्यसमितिको पदस्थापन
पत्रकार महासंघ काभ्रेकाे नवनिर्वाचित कार्यसमितिको पदस्थापन

Thearaniko Times 1401+ समाचार ( )
२ पौष २०८१, मङ्गलबार

धुलिखेल/नेपाल पत्रकार महासंघ काभ्रे शाखाको नव निर्वाचित कार्यसमितिको मंगलबार पदस्थापन गरिएको छ ।

गत मंशिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनबाट निर्वाचित बिनोद न्यौपाने नेतृत्वको कार्यसमिति, केन्द्रीय परिषद सदस्य र प्रदेश परिषद सदस्यको पदस्थापन गरिएको हो ।

कार्यक्रममा निर्वाचन समितिले निर्वाचित कार्य समितिका पदाधिकारी, सदस्य, प्रदेश परिषद र केन्द्रीय परिषद सदस्यलाई प्रमाण पत्र बितरण गरेको थियो । त्यस लगत्तै निर्वतमान अध्यक्ष बद्रीराज तिमल्सिनाले नव निर्वाचित अध्यक्ष बिनोद न्यौपानेलाई पदभार हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा निर्वतमान सचिव कपिल कोइरालाले निर्णय पुस्तिका नवनिर्वाचित सचिव नगेन्द्र अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो । निवर्तमान कोषाध्यक्ष केदार तिमल्सिनाले नवनिर्वाचित कोषाध्यक्ष केशवराज पौडेललाई कोष तथा खातापाता हस्तान्तरण गर्नुभएको थियो।

पद्स्थापन समारोहमा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ काभ्रेका संस्थापक सदस्य तथा संघीय सांसद गोकुल बाँस्कोटाले स्वतन्त्रताको नाममा विकृति बढेको भन्दै जवाफदेही पत्रकारिता गर्न आग्रहसमेत गर्नुभयो। पत्रकारिता स्वतन्त्र हुन नसक्ने भन्दै पक्षधरताको नाममा पुर्वाग्रही हुन नहुने बिचार सांसद बाँस्कोटाले राख्नुभयो।

महासंघका कार्यबाहक अध्यक्ष बाला अधिकारीले भिषण चुनौतीका बीच केन्द्रीय निर्वाचन संपन्न भएको बताउनुभयो। राष्ट्रिय भेलाको म्यान्डेट अनुसार नै सबैको पहलमा महासङ्घमा देखिएका समस्या समाधान गर्दै बिघटनको संघारमा पुगेको महासंघलाई बचाउन सफल भएको अध्यक्ष अधिकारीले बताउनुभयो।

कार्यवाहक अध्यक्ष अधिकारीले निर्वाचन निर्धारित समयमा सम्पन्न गर्न आफुले पटकपटक अनुरोध गरेको भएपनि गोरखा जिल्ला अध्यक्ष नरहरी सापकोटाले अटेरी गरेको बताउनुभयो ।

उहाँले जिल्ला अध्यक्षको गैह्रजिम्मेवारीपनका कारण शाखा निलम्बन गर्न आफु बाध्य भएको समेत बताउनुभयो । शाखालाई निलम्बन नगर्दा देशभरका अन्य शाखाहरुमा सम्पन्न भएको मतगणनाको नजिता घोषणा गर्न नसक्ने कानुनी वाध्यता रहेकाले पनि निलम्बन गर्नैै पर्ने अवस्था आएको कार्यावाहक अध्यक्ष अधिकारीको भनाई छ । ‘‘कसैलाई मन लाग्दैमा निर्वाचन गर्दिन भन्न पाइदैन, उहाँले भन्नुभयो, ‘‘महासंघको आफ्नै विधान हुन्छ, त्यही विधान अनुसार चल्छ चलाउनुपर्छ ।’’

कार्यक्रममा प्रदेशसभा सदस्य तिर्थ लामा र रत्न गौतम, प्रजिअ उमेशकुमार ढकाल, बद्रीराज तिमल्सिना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । पदस्थापन कार्यक्रम पत्रकार महासंघका अध्यक्ष बिनोद न्यौपानेको अध्यक्षता र निवर्तमान सचिव कपिल कोइरालाको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार