मुख्य समाचार
नेवार समुदायको संस्कृतिमा समाजवादको भ्रुण देखेको छु -प्रचण्ड | ‎सुनकोसी वाङ्मयले ठमेलमा काव्योत्सव गर्यो | पारिजात संघर्षशील महिला-२०८१ ‎एमाले नेतृ विन्दा पाण्डेलाई प्रदान | शिक्षक आन्दोलनमार्फत राज्य समक्ष शिक्षकका केही प्रश्न | शिक्षकहरुको आन्दोलनमा लाचार सरकार तमासे बनेको छ | विष्णुकुमारी वाइवा कसरी पारिजात बनिन् ? | सामाजिक सञ्जाल फेसबुक बन्द गर्ने सञ्चारमन्त्री गुरुङको चेतावनी | काठमाडौँ विश्वविद्यालयमा वैज्ञानिक समाजवादी विद्यार्थी संगठन | वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध हुँदा पत्रकार सहित हजारौं यात्रुहरु दुम्किबासमा अलपत्र | प्रदेश राजधानी ‎हेटौंडा जोड्ने ‘जनमुक्ति मार्ग’को घर्तिछाप खण्डमा कालोपत्रे हुँदै |

नेपाली सेनाले भन्यो- संविधानले निर्दिष्ट गरेको जिम्मेवारी पूरा गर्न कटिबद्ध छौं
नेपाली सेनाले भन्यो- संविधानले निर्दिष्ट गरेको जिम्मेवारी पूरा गर्न कटिबद्ध छौं

Thearaniko Times 1073+ समाचार ( )
५ चैत्र २०८१, बुधवार

काठमाडौं । नेपाली सेनाले संविधानले निर्देश गरेका जिम्मेवारीहरू पूरा गर्न कटिबद्ध रहेको स्पष्ट पारेको छ 

केही दिनदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली सेनालाई जोडेर विभिन्न खाले टीकाटिप्पणी हुन थालेपछि बुधबार जंग्गीअड्डाले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको हो ।

नेपाली सेना संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध नभएको आशय आउने गरी विभिन्न टिकाटिप्पणी भइरहेका थिए । त्यसतर्फ लक्षित गर्दै सेनाले भनेको छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधानप्रदत्त जिम्मेवारीहरू पूरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको छ ।’

‘विगत केही दिनयता विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल मार्फत नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरू मार्फत सार्वजनिक गर्दै आएको छ,’ सेनाले विज्ञिप्तिमा भनेको छ ।

नेपाली सेना सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न पनि सेनाद्वारा आग्रह गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार