मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

समाज/राजनीति
नयाँ रास्वपालाई शुभकामना, प्रश्न दबाउने प्रवृत्तिले दलभित्र लोकतन्त्र रहँदैन : सुमना श्रेष्ठ

Thearaniko Times 1401+ समाचार ( )
१६ पौष २०८२, बुधवार

काठमाडौँ । पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई शुभकामना दिँदै जनताको चाहनाअनुसार बलियो नयाँ राजनीतिक शक्तिको आवश्यकता अझै कायम रहेको बताएकी छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले आफू व्यक्तिगत अवसर खोज्दै रास्वपामा संलग्न नभएको र अवसर नपाएर पार्टी छोडेको आरोप सत्य नभएको स्पष्ट पारेकी छन्। उनका अनुसार देशका युवाहरूका लागि देशमै समान अवसर सिर्जना गर्ने र नेपालीलाई नेपाली भएर बाँच्न सक्ने वातावरण बनाउने एजेण्डाबाहेक आफूले कुनै व्यक्तिगत स्वार्थ नबोकेको उल्लेख गरेकी छन्।

श्रेष्ठले राजनीतिक दलभित्र प्रश्न उठाउने संस्कार कमजोर हुँदै गए लोकतन्त्र नै संकटमा पर्ने चेतावनी दिएकी छन्। “प्रश्नलाई पाखा लगाउन मिडिया ट्रायल र साइबर बुलिङमार्फत चरित्र हत्या गर्ने प्रवृत्ति मौलायो भने दलभित्र लोकतन्त्र बाँकी रहँदैन,” उनको भनाइ छ।

नयाँ रास्वपामा उठिरहेका प्रश्नहरूप्रति नेतृत्वले सुधार गर्ने विश्वास व्यक्त गर्दै उनले सदस्यहरूले नेतृत्वलाई प्रश्नभन्दा माथि नराख्ने संस्कार विकास हुनुपर्नेमा जोड दिएकी छन्। “सही प्रश्नले मात्रै दललाई सही दिशातर्फ लैजान सक्छ,” उनले भनेकी छन्।

आफ्नो राजनीतिक यात्राबारे अनुमानका भरमा समाचार र धारणा नबनाउन आग्रह गर्दै श्रेष्ठले आफू नयाँ राजनीतिमार्फत नयाँ सम्भावनाको खोजीमा जनता माझ निरन्तर रहेको बताएकी छन्। दल, चिन्ह, पद र भूमिका अस्थायी भए पनि जनताको आवाजको प्रतिनिधित्व नै राजनीतिको स्थायी कर्म भएको उनको धारणा छ।

आफूप्रति देखाइएको चासो, चिन्ता र आलोचनालाई माया ठानेको उल्लेख गर्दै उनले केही नियोजित गालीबाहेक सबै प्रतिक्रियालाई सकारात्मक रूपमा लिएको बताएकी छन्।

अन्त्यमा उनले आफ्नो राजनीतिक भविष्यको चिन्ताभन्दा देश र जनताले भरोसा गर्न सक्ने दलभित्रको लोकतान्त्रिक मूल्य–मान्यता जोगाउन ध्यान दिन आग्रह गर्दै नयाँ रास्वपामा नयाँ सम्भावनाहरू फस्टाउने वातावरण बनोस् भन्ने कामना गरेकी छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार