मुख्य समाचार
कृषि, शिक्षा, स्वास्थ्य र डिजिटल सुशासनमा जोड : बनेपाको महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक | कृषि, पर्यटन र व्यापारमार्फत समृद्ध नमोबुद्ध बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक | पूर्वमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको निधन | पनौतीले प्रविधिमैत्री र समृद्ध नगर निर्माणलाई प्राथमिकता दिँदै नयाँ नीति तथा कार्यक्रम स्वीकृत | बनेपा–६ मा योजना तर्जुमा गोष्ठी सम्पन्न, जनआवश्यकतामा आधारित योजना छनोट | 'जाँगरको कल्पवृक्ष’ कवितासङ्ग्रह सार्वजनिक | नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई |

राजनीति/युवा
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध जेन जेड युवाको आक्रोश, माइतीघरमा प्रदर्शन

Thearaniko Times 1381+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेन जी)हरुले प्रदर्शन थालेका छन् । माइतीघर मण्डलामा भेला भएका युवाहरुले सरकारको कदमलाई “अलोकतान्त्रिक” भन्दै प्रतिवाद गरेका हुन् ।

युवाहरुले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’, ‘हाम्रो सञ्जाल हाम्रो आवाज’, ‘भ्रष्टाचार बन्द गर, स्वतन्त्रता बन्द नगर’ जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए । कतिपय विद्यार्थीहरू कलेज र स्कुलको पोशाकमै प्रदर्शनमा देखिए, जसले आन्दोलनको स्वतःस्फूर्तता झल्काएको छ ।

गत केही हप्तादेखि सामाजिक सञ्जालमा युवाहरुले सरकारविरुद्ध असन्तुष्टि पोखिरहेका थिए । सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय सार्वजनिक भएपछि फेसबुक, इन्स्टाग्राम, टिकटक र एक्स (ट्विटर) जस्ता प्लेटफर्ममार्फत स्वतन्त्र अभियान सुरु भयो ।

“सञ्जाल हाम्रो स्वर हो, हाम्रो अधिकार हो” भन्ने हैशट्याग ट्रेन्ड हुन थालेपछि राजधानीका युवाहरुले भर्चुअल विरोधलाई सडकसम्म ल्याउने निर्णय गरेका थिए । कुनै संगठन वा दलको आधिकारिक आह्वान नभए पनि, विभिन्न कलेज, विद्यालय र पेशागत क्षेत्रका युवाहरु आफैं संगठित भएर माइतीघरमा भेला भएका हुन् ।

युवाहरुको यो आन्दोलनलाई कलाकार, पत्रकार, स्वतन्त्र अभियन्ता, वकिल, आईटी क्षेत्रमा संलग्न युवा तथा केही जनप्रतिनिधिहरूले खुलेर समर्थन गरेका छन् । उनीहरुले यो आन्दोलनलाई “सकारात्मक सुरुवात” भन्दै दीर्घकालीन परिवर्तनतर्फको संकेतका रूपमा लिएका छन् ।

नेपालमा युवापुस्ताले विगतमा पनि पटक–पटक स्वतन्त्रता र पारदर्शिताको पक्षमा आवाज उठाएको पाइन्छ । तर जेन जी पुस्ताले डिजिटल स्वतन्त्रता र भ्रष्टाचारविरोधलाई एउटै मुद्दा बनाएर सडकमा आउनु नयाँ अभ्यास हो ।

यसले दुईवटा कुरा स्पष्ट गर्छ – पहिलो, नयाँ पुस्ता अब केवल भर्चुअल जगतमा सीमित छैन, उनीहरु प्रत्यक्ष सडकमा पनि सशक्त रूपमा आउन सक्छन् । दोस्रो, सरकारले युवाको आवाजलाई अवहेलना गर्न खोजे आन्दोलन अझ व्यापक हुन सक्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार