मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

दलित संगठनको प्रशिक्षण भेला संपन्न

Thearaniko Times 1394+ समाचार ( )
३ अशोज २०७९, सोमबार

धुलिखेल/नेकपा(एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति संगठन काभ्रेले आठौं संविधान दिवसको अवसरमा शुभकामना आदान प्रदान गर्नुका साथै विस्तारित बैठक तथा प्रशिक्षण भेला संपन्न गरेको छ । 

कार्यक्रमका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज टोकबहादुर वाइवाले आठौं संविधान दिवसका अवसरमा शुभकामना दिनुहुँदै संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज तथा समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताउनुभयो  । ‘जनताको व्यापक सहभागितामा संविधान सभाले बनाएको संविधान कार्यान्वयन मार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न र संविधानद्वारा प्रत्याभूत गरिएका नागरिक आकांक्षा पुरा गर्न हाम्रो पार्टी प्रतिवद्ध छ,– उहाँले भन्नुभयो ।

यसैगरी बागमति प्रदेश कमिटि सचिव तथा सांसद लक्ष्मण लम्सालले ‘दुई दुई पटक असंबैधानिक रूपमा गरिएको संसद विघटन, स्वेच्छाचारिता, अहंकार, दम्भ एवम् अनेक खाले विकृतिविरूद्ध अघिल्लो वर्ष पाँच दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गर्न सफलता प्राप्त गरेको बताउनुभयो ।

नेपाल दलित संगठन काभ्रेका अध्यक्ष मनिष बर्देवाको सभापतित्वमा भएको कार्यक्रममा नेपालमा सास्कृतिक आन्दोलनको आवश्यकता र कम्युनिष्ट पार्टीको भुमिकाबारे काभ्रे जिल्ला कमिटीका सचिव गोकुल गौतम, वर्तमान राजनीति, हाम्रो विद्रोह र औचित्य, दलित मुक्तिको बाटोको विषयमा जिल्ला कमिटी उपाध्यक्ष तथा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, मानव अधिकार र दलित समुदायको विषयमा जिल्ला कमिटी सचिवालय सदस्य दया सागर श्रेष्ठ र नेपाली समाज विकास र अबको दलित आन्दोलनबारे नेपाल दलित मुक्ति संगठनका केन्द्रीय सचिव नन्दराज घतानीले प्रशिक्षण दिनुभएको थियो ।

चन्द्र घतानीको अध्यक्षतामा एघार सदस्यीय दलित मुक्ति संगठन  धुलिखेल नगर कमिटी गठन गरिएको छ, साथै अन्य पालिकाहरुमा  कमिटी गठन गर्ने निर्णय पनि गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार