मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

बनेपामा बृहत् कन्या पुजा संपन्न, बनेपाका नवनायक विवेक कर्माचार्य, नायिका आँचल शर्मा, किरण के.सी. लगायतका कलाकार पुजामा सरिक
बनेपामा बृहत् कन्या पुजा संपन्न, बनेपाका नवनायक विवेक कर्माचार्य, नायिका आँचल शर्मा, किरण के.सी. लगायतका कलाकार पुजामा सरिक

Thearaniko Times 1375+ समाचार ( )
१० भाद्र २०८१, सोमबार

बनेपा /हरेक वर्ष कृष्णाष्टमीको दिन बनेपामा गरिने कन्या पुजा सोमबार संपन्न भएको छ। सनातन कन्या पूजा प्रवन्ध समिति बनेपा १ सय २२ वर्षदेखि निरन्तर कन्या पुजा सञ्चालन गर्दै आएको छ ।
यसपटकको कन्या पुजामा वरवधु’का नायिका आँचल शर्मा, बनेपाका नवनायक विवेक कर्माचार्य, किरण केसी. रविन्द्र खड्का लगायतका चर्चित कलाकारहरु पनि सहभागि भएका छन् । कन्यापूजामा नेपाली चलचित्र बर एण्ड बधुको कलाकारहरु आँचल शर्मा, किरण केसी, विजय लामा, बिवेक कर्माचार्य, रबीन्द्र खड़का, कुसुम शर्मालगायतको टोलीले कापी, बिस्कुटलगायत सामग्री वितरण गरेका थिए  । समितिका तर्फबाट सहयोगीहरु सबैलाई सम्मान गरिएको थियो ।
सनातन कन्या पूजा प्रवन्ध समितिका उपाध्यक्ष सुरकृष्ण बैद्यले बनेपामा मात्रै ७ हजार भन्दा धेरै कन्या पुजिएकाे जानकारी दिनुभयो। कन्या पूजा प्रबन्ध समितिका उपाध्यक्ष सुरकृष्ण वैद्यले भने–‘बाजे बराजुले शुरु गरेको संस्कृतिलाई जतिसुकै खर्चिलो भए पनि पूरा गर्ने अभियान चलाएका छौँ ।’ बनेपा आसपास ७ गाउँका कन्याहरूलाई बनेपामा पूजा गरिँदै आएको परम्परालाई व्यवस्थित गर्न समिति नै गठन गरिएको थियो ।

नेवारी समुदायमा बेल विवाह नगरेका तथा अन्य समुदायमा रजस्वला नभएका बालबालिकाहरूलाई कन्याको रूपमा पूजा गर्ने गरिन्छ । कन्याहरूलाई पूजा गर्दा कन्याहरू निरोगी हुने, सुख सम्पत्ति पाई खुसी हुने र कन्याहरूलाई दान दक्षिणा दिनेको पनि मनुष्य जीवन सफल हुने धार्मिक आस्था रहिआएको छ ।
वि.सं.१९५९ साल भाद्र कृष्ण सप्तमीको दिनदेखि सुरु भएको कन्या पूजा नेपालकै एक मात्र कन्याहरू पुज्ने पर्व हो । कन्याहरूको लाममा देव कन्या, नाग कन्या, गन्धर्व कन्या, किन्नर कन्या र किच कन्या समेत मानव कन्याका भेषमा आउने भएकोले उनीहरूलाई आराध्य देवी चण्डेश्वरी माईकी कुमारी मानी पूजा गरेमा सार्थक कर्म हुने जनविश्वास रहिआएको छ ।
समितिका उपाध्यक्ष वैद्यको घरबाट निस्किएको पूजा सामाग्रीलाई भोलाखाटोलमा रहेको गणेश मन्दिरमा पुजा सकेपछि कन्याहरुलाई पुज्ने गरिन्छ ।  कन्यालाई पूजा, टीका र जंजका (काँचो धागो) लगाइ तेल लगाइ चोख्याएपछि  स्वारी, मालपुवा, चकलेट, छोकडा, बिस्कुटसहित पूजा गरिन्छ । सिजन अनुसारका खानेकुराहरु, फ्रुटी, चाउचाउ, दक्षिणा सहित एउटी कन्यालाई करिव ५ सय रुपैयाँ बराबरको सामाग्री उपलब्ध गराईन्छ ।

भोलाखाटोलबाट पूर्वतिर भोलाखाटोल, स्वधाटोल र वकुटोलसम्म बसिरहेका कन्याहरूलाई पूजा गर्दै घुमेर, पश्चिमतिर फर्की वकुटोल, स्वधाटोल, भोलाखाटोल हुँदै दक्षुटोलसम्म दायाँतर्फका सडकको पेटीमा आसनमा बसिरहेका कन्याहरूलाई पूजा गर्दै लायकु ध्वाखासम्म आई, पूर्वतिर फर्केर दायाँतिरका पेटीमा बसिरहेका कन्याहरूले पूजा गर्दै भोलाखाटोल पुगेपछि विसर्जन हुने गरेको छ ।
बनेपाका साथै आसपासका क्षेत्रहरू धुलिखेल, पनौती, पाँचखाल लगायतका स्थानमा कन्या पूजा गरिएको थियो । बनेपा ११ सिनागाल, बनेपा - बुडोल, बनेपा १० जनागाल, २८ किलो बुद्धपार्क, चौकोट, पनौती बाँसघारी, धुलिखेल -४ बखुण्डोल, १० शारदा बतासे लगायतका दर्जनौ स्थानमा करीब १२ हजार कन्याहरु पुजिएका छ।
https://youtu.be/VKeZ3hGKJAE?si=B6l9t18fQBdg5vR4

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार