मुख्य समाचार
जनयुद्ध दिवसको अवसरमा नेकपाको शुभकामना आदान प्रदान तथा धुर्विकरण कार्यक्रम | आजसम्म भएका संघर्ष, विद्रोह र बलिदानको समग्रता १० बर्षे जनयुद्धमा प्रकट भएकाले सुरुवातको दिनलाई संकल्प पर्वको रुपमा मनाऔं | बनेपा–६ बुडोल डाँडागाउँमा ३ लाख लिटर क्षमताको खानेपानी ट्याङ्की नगरप्रमुख शाक्यले गरे सिलान्यास | डिभोर्सपछि एलिनाले लेखिन् भावुक स्टाटस, रचना र समिक्षाले दिइन् सान्त्वना | प्रदेश सांसद श्रेष्ठले मागे आफ्नो क्षेत्रमा विकास, प्रदेश सरकारसँग माग नै माग | भुम्लुमा नेकपाको वडा भेला सम्पन्न, पुर्ण सीको नेतृत्वमा १३ सदस्यीय कमिटी गठन | काभ्रेमा जिल्लाव्यापी राष्ट्रपति रनिङ शिल्ड महोत्सव हुँदै | माओवादी ०८४ सम्म सरकारमा जाँदैन, ८४ मा बहुमतसहितको सरकार निर्माण गर्छ– प्रचण्ड | हामी अब सत्ताको खेलमा छैनौँ, हामी त जनतातिर फर्किसक्यौँ- प्रचण्ड (सम्बोधनको पूर्णपाठ) | पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काउने अभियानमा छौं -प्रचण्ड |

बनेपामा बृहत् कन्या पुजा संपन्न, बनेपाका नवनायक विवेक कर्माचार्य, नायिका आँचल शर्मा, किरण के.सी. लगायतका कलाकार पुजामा सरिक
बनेपामा बृहत् कन्या पुजा संपन्न, बनेपाका नवनायक विवेक कर्माचार्य, नायिका आँचल शर्मा, किरण के.सी. लगायतका कलाकार पुजामा सरिक

Thearaniko Times 1034+ समाचार ( )
१० भाद्र २०८१, सोमबार

बनेपा /हरेक वर्ष कृष्णाष्टमीको दिन बनेपामा गरिने कन्या पुजा सोमबार संपन्न भएको छ। सनातन कन्या पूजा प्रवन्ध समिति बनेपा १ सय २२ वर्षदेखि निरन्तर कन्या पुजा सञ्चालन गर्दै आएको छ ।
यसपटकको कन्या पुजामा वरवधु’का नायिका आँचल शर्मा, बनेपाका नवनायक विवेक कर्माचार्य, किरण केसी. रविन्द्र खड्का लगायतका चर्चित कलाकारहरु पनि सहभागि भएका छन् । कन्यापूजामा नेपाली चलचित्र बर एण्ड बधुको कलाकारहरु आँचल शर्मा, किरण केसी, विजय लामा, बिवेक कर्माचार्य, रबीन्द्र खड़का, कुसुम शर्मालगायतको टोलीले कापी, बिस्कुटलगायत सामग्री वितरण गरेका थिए  । समितिका तर्फबाट सहयोगीहरु सबैलाई सम्मान गरिएको थियो ।
सनातन कन्या पूजा प्रवन्ध समितिका उपाध्यक्ष सुरकृष्ण बैद्यले बनेपामा मात्रै ७ हजार भन्दा धेरै कन्या पुजिएकाे जानकारी दिनुभयो। कन्या पूजा प्रबन्ध समितिका उपाध्यक्ष सुरकृष्ण वैद्यले भने–‘बाजे बराजुले शुरु गरेको संस्कृतिलाई जतिसुकै खर्चिलो भए पनि पूरा गर्ने अभियान चलाएका छौँ ।’ बनेपा आसपास ७ गाउँका कन्याहरूलाई बनेपामा पूजा गरिँदै आएको परम्परालाई व्यवस्थित गर्न समिति नै गठन गरिएको थियो ।

नेवारी समुदायमा बेल विवाह नगरेका तथा अन्य समुदायमा रजस्वला नभएका बालबालिकाहरूलाई कन्याको रूपमा पूजा गर्ने गरिन्छ । कन्याहरूलाई पूजा गर्दा कन्याहरू निरोगी हुने, सुख सम्पत्ति पाई खुसी हुने र कन्याहरूलाई दान दक्षिणा दिनेको पनि मनुष्य जीवन सफल हुने धार्मिक आस्था रहिआएको छ ।
वि.सं.१९५९ साल भाद्र कृष्ण सप्तमीको दिनदेखि सुरु भएको कन्या पूजा नेपालकै एक मात्र कन्याहरू पुज्ने पर्व हो । कन्याहरूको लाममा देव कन्या, नाग कन्या, गन्धर्व कन्या, किन्नर कन्या र किच कन्या समेत मानव कन्याका भेषमा आउने भएकोले उनीहरूलाई आराध्य देवी चण्डेश्वरी माईकी कुमारी मानी पूजा गरेमा सार्थक कर्म हुने जनविश्वास रहिआएको छ ।
समितिका उपाध्यक्ष वैद्यको घरबाट निस्किएको पूजा सामाग्रीलाई भोलाखाटोलमा रहेको गणेश मन्दिरमा पुजा सकेपछि कन्याहरुलाई पुज्ने गरिन्छ ।  कन्यालाई पूजा, टीका र जंजका (काँचो धागो) लगाइ तेल लगाइ चोख्याएपछि  स्वारी, मालपुवा, चकलेट, छोकडा, बिस्कुटसहित पूजा गरिन्छ । सिजन अनुसारका खानेकुराहरु, फ्रुटी, चाउचाउ, दक्षिणा सहित एउटी कन्यालाई करिव ५ सय रुपैयाँ बराबरको सामाग्री उपलब्ध गराईन्छ ।