मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

साहित्य र कला
लोकदोहोरी गीत ‘चमेली–२’ सार्वजनिक

Thearaniko Times 1401+ समाचार ( )
५ पौष २०८२, शनिबार

गणेश आचार्य

बेथान्चोक/ काभ्रेपलान्चोक जिल्लाको बेथान्चोक गाउँपालिका–१, अल्कापुरिका गोविन्द तिमल्सिना (चमेली बा)को दोस्रो रेकर्डेड मौलिक लोकदोहोरी गीत ‘चमेली–२’ शुक्रबार सार्वजनिक गरिएको छ।

राजेन्द्र भण्डारीको शब्द सिर्जना, गोविन्द तिमल्सिनाको मौलिक लय तथा नारायण दङ्गालको संगीत संयोजनमा तयार गरिएको यस गीतमा गोविन्द तिमल्सिना (चमेली बा), प्रतिमा अर्याल र राजेन्द्र भण्डारीको सुमधुर स्वर रहेको छ।

गीतको म्युजिक भिडियो ओमप्रकाश अवस्थीले छायांकन तथा सम्पादन गरेका हुन्। भिडियो काभ्रेको बेथान्चोक गाउँपालिका–१ झिँगेडाँडा र अल्कापुरि आसपासका क्षेत्रमा छायांकन गरिएको हो। भिडियोमा स्थानीय बासिन्दा, जनप्रतिनिधि, ग्रामीण जनजीवन, कृषि र पर्यटनका विविध पक्षलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ।

ग्रामीण भेगमा रहेका वृद्ध अवस्थाका लुकेका प्रतिभा गोविन्द तिमल्सिना (चमेली बा)को दैनिकी र जीवनशैलीलाई दृश्यमा उतार्ने प्रयास गरिएको सर्जक राजेन्द्र भण्डारीले अरनिको टाइम्सलाई जानकारी दिए।

‘चमेली–२’ को म्युजिक भिडियो राजेन्द्र भण्डारीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार