मुख्य समाचार
कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु |

अव्यवहारिक कानुन, अदुरदर्शी राजनीतिक नेतृत्व र असहयोगी कर्मचारीतन्त्रका कारण निर्माण क्षेत्र प्रभावित - अध्यक्ष सिंह
अव्यवहारिक कानुन, अदुरदर्शी राजनीतिक नेतृत्व र असहयोगी कर्मचारीतन्त्रका कारण निर्माण क्षेत्र प्रभावित - अध्यक्ष सिंह

Thearaniko Times 1371+ समाचार ( )
४ अशोज २०८१, शुक्रबार

बनेपा/ निर्माण व्यवसायी संघ काभ्रेको १४ औं साधारण सभा महासङ्घका केन्द्रीय अध्यक्ष रवि सिंहको प्रमुख आतिथ्यतामा शुक्रबार बनेपामा संपन्न भयो । साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष सिंहले समयमा भुक्तानी गरेर काम गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गर्नुभयो । निर्माण व्यवसायीसंग विभिन्न सम्झौता गरेको सरकारले आफ्नो दायित्व पूरा नगरेको गुनासो गर्दै उनले समस्या समाधान गर्न प्रतिवद्धता जनाएको २ महिनासम्म पनि काम नभएको जिकिर गरे ।

अव्यवहारिक कानुन, अदुरदर्शी राजनीतिक नेतृत्व र असहयोगी कर्मचारीतन्त्रका कारण समयमा नै निर्माणका काम गर्न नसकिएको तर्क गर्दै अध्यक्ष सिंहले कार्यतालिका सहित म्याद थपको लागि अनुरोध गरे । उनले समयमा सम्पन्न हुन नसकेका रुग्ण योजना अध्ययनको लागि कार्यदल गठन गर्न सरकारलाई अनुरोध गरे ।

बाग्मती प्रदेशका पुर्वमन्त्री चन्द्र लामाले व्यवसायिक हकहित संगै आफ्ना कर्तव्य पनि पूरा गर्नुपर्ने बताए । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले निर्माण व्यवसायीलाई भुक्तानी दिन भएको समस्या समाधान गर्दै समयमा नै काम सप्पन्न हुने वातावरण बनाउनुपर्ने बताए । उपभोक्ता समितिमार्फत आफ्ना मान्छेलाई काम दिने कार्यले स्थानीय तहमा भ्रष्टीकरण मौलाएको भन्दै त्यसलाई खारेज गर्नुपर्ने बताए । निर्माण व्यवसायी र गलत डिजाइनका कारण धुलिखेल(खावा सडक बन्न नसकेको भन्दै उनले काम गर्ने वातावरण बन्नुपर्ने तर्क गरे ।

नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, नमोबुद्ध नगरपालिकाका उपप्रमुख रत्नबहादुर लामा, तेमाल गाउँपालिका उपाध्यक्ष दलमान (डिएम) थोकर, राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेका गुणनिधि सापकोटा, नेपाल निर्माण व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष ए. डि लामा, उपाध्यक्ष रामजि पन्त, बालकृष्ण थापा, महासचिव रोशनकुमार दाहाल, उपमहासचिव शिवहरि घिमिरे, कोषाध्यक्ष हिरण कुमार श्रेष्ठ, केन्द्रीय सदस्य होम शर्मा आचार्य, विष्णु लामिछाने, उपेन्द्रकुमार घिसिङ, पुर्व केन्द्रीय सदस्य मंगलबहादुर शाही, बाग्मती प्रदेश अध्यक्ष छत्रबहादुर लामा, निर्माण व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष बालगोपाल कडेल, काभ्रे उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष रविन्द्र वैदार, काभ्रे हेभी इक्विप्मेन्ट व्यवसायी सङ्घका अध्यक्ष प्रभुराम श्रेष्ठ, निर्माण व्यवसायी सङ्घ काभ्रेका प्रथम उपाध्यक्ष दमन दोङ लगायतले निर्माण व्यवसायीका चुनौतीबारे चर्चा गरे ।

निर्माण व्यवसायी सङ्घ काभ्रेका अध्यक्ष विजय लामाले स्थानीय तहले निर्माण व्यवसायलाई बढी कर लिएको भन्दै उपभोक्ता समितिमार्फत निर्माण कार्य गर्दा व्यवसायी मर्कामा परेको बताए । आर्थिक मन्दी लगायतका कारणले निर्माण व्यवसायीले काम सम्पन्न गर्न नसकेको भन्दै व्यवसायीका समस्याबारे कसैले नबोल्दिएको गुनासो गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार