मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

बहिरा र अपाङ्ग महिला संघको तीज कार्यक्रम

Thearaniko Times 1394+ समाचार ( )
१२ भाद्र २०७९, आइतबार

टाइम्स संवाददाता, बनेपा। नेपाल अपाङ्ग महिला संघ काभ्रे र काभ्रे बहिरा विकास संघ महिला समितिको आयोजनामा आइतवार बनेपामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । अन्य साङ्ग व्याक्तिहरुले मात्र तिज विशेष कार्यक्रम मनाईरहेको बेला बनेपामा अपाङ्गता भएका महिलाहरु संगठीत भएर बनेको ‘नेपाल महिला अपाङ्ग संघ काभ्रे तथा काभ्रे बहिरा विकास संघको संयुक्त आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको हो ।

‘नेपाल महिला अपाङ्ग संघ काभ्रेका अध्यक्ष रामप्यारी पोटेको अध्यक्षतामा भएको कार्यक्रममा काभ्रे बहिरा संघका अध्यक्ष वीरबहादुर बोगटीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अतिथिहरु काभ्रे बहिरा संघका कृष्णप्यारी नकर्मी, नेपाल अपाङ्ग महिला संघ काभेका संस्थापक अध्यक्ष बिन्दा भुर्तेल, निवर्तमान अध्यक्ष बबिता सापकोटा, राष्ट्रिय बहिरा महासंघका सचिव तथा काभ्रे बहिरा विकास संघका उपाध्यक्ष तथा अपाङ्ग महिला संघका पुर्व उपाध्यक्ष शर्मिला मानन्धरले अन्य व्यक्तिहरु जस्तै अपाङ्गता भएका महिलाहरु पनि सक्षम भएको, कुनै पनि व्यक्तिसंग भएको अन्तरनिहित प्रतिभा प्रस्फुटनको लागि उचित अवसरको खाँचो रहेको भन्दै सम्बन्धित निकायमा आफ्नो हक अधिकार खोज्न पछि नर्पनको लागि अपाङ्गता भएका महिलाहरुलाई आग्रह गरेका थिए । बहिरा संघकी उपाध्यक्ष शर्मिला मानन्धरले कार्यक्रमबारे प्रकाश पार्दै अपाङ्गता भएका ब्यक्तिहरु घर भित्रै बस्ने एक्लो महसुस गर्ने, भोज भतेर र रमाइलो कार्यक्रममा खासै सामेल नहुने भएकोले उनीहरुको आत्मबल बढाउने र सबैलाई एकजुट बनाई रमाइलो गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । 

नेपाल अपाङ्ग महिला संघ काभ्रेका महासचिव पम्फा पुर्कोटीको सञ्चालनमा भएको कार्यक्रममा नृत्य तथा गायन प्रतियोगिता भएको थियो । नृत्य प्रतियोगितामा शारीरिक अपाङ्गता भएको बबिता सापकोटा प्रथम भएका थिए । यसैगरी समुह नृत्यमा दोश्रो हुनेहरु दिलमाया पुलामी, संझना तामाङ, प्रिति तामाङ्ग, दावा शेर्पा, मुस्कान तामाङ्ग, दाफुटी तामाङ रहेका छन् भने तेश्रो हुनेमा नेहा श्रेष्ठ र उमा घिमिरे रहेका छन् । साथै दृष्टिविहीन निर्मला दंगाल र र शारीरिक अपाङ्ता भएकी तुलसा कार्कीले गीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

रमेश वस्ती लेटाङ मोरङ १९ पौष २०८०, बिहीबार

हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु टिमलाई।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार