दीपक शर्मा जंगम
कान्तिपुर मिडिया हाउस प्रा.लि. का प्रबन्धक निर्देशक कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतबाट जारी भएको पक्राऊ पूर्जी अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी अधिकृत सहितको टोलीले कान्तिपुरकै कार्यालयबाट पक्राउ गरिएको विषयमा विभिन्न सञ्चारकर्मीहरुले विरोध जनाएका छन् । कैलाश सिरोहियाको नागरिकताको विषयमा परेको उजुरीबाट पक्राउ परेका कैलाश सिरोहियाको अनुसन्धानको शिलशिलामा निर्दोष वा दोषि देखिने विषय भनेको अनुसन्धानको पाटोबाट अदालतले गर्ने निर्णयका आधारमा हो । पत्रकार शुसुचित बन्नुपर्छ, सुरक्षित पनि हुनुपछ र्र पत्रकार राज्यको चौथो अंग पनि हो । पत्रकारहरुले समाज र राज्यका हरेक विषयमा कलम चलाउनुपर्छ र पत्रकारितामा ध्यान दिनुपर्दछ । पत्रकारिता बलियो भयो भने हरेक नागरिक सूचना र समाचारप्रति जागरुक बन्छन् र नागरिकहरुले देश तथा विदेशका हरेक विषयको समाचार अध्ययन गर्ने अवसर पनि पाउने गर्दछन् ।
नेपालमा आज दैनिक, पाक्षिक, मासिक लगायत सामाजिक सञ्जालबाट प्रसारित प्रेषित समाचारबाट सायद कुनै पनि नागरिक अनभिज्ञ छैन होला । पत्रकार भनेको विभिन्न ठाउँको समाचार खोजेर जनताको विचमा लैजाने संवाहक पनि हो । पत्रकारिता निष्पक्ष र तथ्यमा आधारित भएन भने त्यसले समाजमा नकारात्मक भ्रम फैलाउन सक्ने हुन्छ । यसप्रति हरेक विषयका पत्रकारहरु सचेत र चनाखो हुनु जरुरी पनि छ । तर पनि आज भोलीका पत्रीकामा जनताको समस्या, देशको समस्या र देशलाई उन्नतीमा लैजाने खालको विषयवस्तु पाउन निकै कठिन भइ सकेको छ । आज देशमा युवाहरु आफ्नो देशमा काम नपाएर विदेशीको ढोकामा रोजगारीको नाममा विदेशिन बाध्य हुनुपरेको पिडा, देशमा उत्पादन तथा कृषि क्षेत्रको समस्यामा देखिएको विकराल कृषकका वेदना, विदेशीको हस्तक्षेपको कारण देशमा लागु गरिएको MCC, SPP को बारेमा जनतालाई अधिकार सम्पन्न गराउन आज पत्रकार महासंघ लगायतले के कस्तो योगदान गर्न सक्यो , दैनिक पत्र पत्रिकामा जनतालाई दिनुपर्ने तथ्यमा आधारित समाचार कति प्रकाशित गर्न सक्यौं, कति नागरिक अथवा पाठकको मन जित्न सकियो भन्ने बारेमा पत्रिकाको प्रत्येक पानामा खोज्ने हो भने पाउन सकिने अवस्था छैन ।
नेपाल मात्र विश्वको यस्तो देश हो जहाँ विश्वको अग्लो शिखर सगरमाथा, लुम्बिनी, जडिबुटीको भण्डार पाउने वन जंगल, खनिज पद्धार्थ, पेट्रोल, तामा, फलाम खानी, युरोनियम लगायत बहुमुल्य वस्तुको धनी यो देशका राजनीतिक पार्टीका नेता तिनीहरुका कार्यकर्ता, चेतना नभएका मतदाता, पार्टीका विद्यार्थी संगठन, संसद, सांसद, प्रहरी प्रशासन, न्यायपालिका, न्यायधिस, कर्मचारी, वकिल, व्यापारी, जनप्रतिनिधिहरु साँच्चै आज जनता र देश प्रति चिन्तित छन् त रु कसैलाई एकरती पनि पीर छैन । देश गएपनि जनता मरेपनि विदेशीको हातमा सुम्पन खोज्ने व्यक्तिलाई नेता बनाउँदा देश आज यो अवस्थामा पुगेको र नेपाल आमाको यो छातीमा विदेशी सेना, भारत तथा अमेरिकाको चलखेल हुँदा पनि किन मौन छ पत्रकार र पत्रकारिता रु देशका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबाट जनताले के आश गर्ने र? यी तिनै तहका विसंगति विकृतीबाट सत्य तथ्य समाचार संप्रेषण गर्ने दायित्व, पत्रकारिताभित्र पर्दछ कि पर्दैन ? पत्रकार देश तथा समाजको ऐना हो, पत्रकार पार्टीको कार्यकर्ता बन्यो भने त्यसले निष्पक्ष समाचार लेख्ने आँट गर्दैन । आज गणतन्त्रको १९ वर्षको अवधिभन्दा अगाडिको पत्रकार र त्यसपछिको पत्रकारबारे गुणात्मक प्रगति भन्दा संख्यात्मक बढी छ । आज कान्तिपुरका प्रबन्ध निर्देशक पक्राउ पर्दा एकजुट हुने पत्रकारहरु संसदको गतिरोध प्रहरी प्रशासनको लापर्वाही त्यहाँ भित्र विसंगती न्यायपालिकाभित्रको अस्तव्यस्तता, जनताको पक्षमा न्याय प¥यो, परेन भनेर चिन्ता गर्नु भन्दा एउटा मालिकलाई अदालतको आदेशले पक्राउ गर्दा पत्रकार जगत किन त्रसित बनेको हो, सोचनीय विषय बनेको छ । स्थानीय तहमा गरेका भष्ट्राचार सम्बन्धी कलम किन चल्दैन पत्रकारको ? प्रहरी प्रशासनमा पिडितले न्याय नपाएको विषयमा किन बोल्दैन पत्रकार ? त्यसैले सचेत नागरिकले छातीमा हात राखेर सोच्ने हो भने पञ्चायती कालभन्दा गणतन्त्रमा जनताको पक्षमा, देशको पक्षमा पत्रकारको कलम चल्नुपर्छ कि पर्दैन ? पञ्चायती व्यवस्था भन्दा बढी अनियमितता भएको बारे किन बोल्दैन पत्रकारिता ?
पत्रकार डग्नु हुँदैन तथ्य लुक्नु पनि हुँदैन कानूनी राज्यमा सर्व साधारण व्यक्तिलाई झुठा जाहेरीको आधारमा गरिएका अनुसन्धान, पक्राउ पूर्जी अदालतबाट भएको फैसलाले देश कुन अवस्थामा पुगेको छ ? एउटा जाहेरीले नै प्रमाण बनेको छ आज अनुसन्धानमा । अनुसन्धान अधिकारीले तथ्यमा रहेर अनुसन्धान गर्ने हो भने निर्दोष व्यक्ति जेल जाँदैन र त्यो अनुसन्धान जे जस्तो अवस्थामा आएपनि अभियोजन लगाउने सरकारी वकिलको अभियोग पत्रको आधारमा अदालतले आदेश वा फैसलाको आधार बनाएका कारण आज धेरैको घरबार उजाड भएको छ । बालबालिकाको भविष्य अन्धकार भएको छ । यो देश नाम चलेका पत्रकार, पत्रिका, नेता, मन्त्री र पार्टीको मात्र हो ? भुँइमान्छेको समस्या प्रति पत्रकार जगत मुकदर्शक भएर बस्न मिल्छ रु कैलाश सिरोहियालाई पक्राउ गर्दा खनिएका पत्रकार कानूनी राज्यका लागि खनिएका हुन् भने अनुसन्धानको प्रक्रिया पुरा भएपछि अदालतको फैसला सम्म पर्खन सक्नु पर्दछ । हिजो क्रिकेट खेलाडी सन्दिप लामिछानेलाई पक्राउ गरी हतकडी लगाएर जेल जाँदाको पत्रकारले बोल्यो? सन्दीपलाई अनुसन्धान गर्दा फैसला गर्दा लिइएका आधारबारे सशक्त कलम चलाउनु पर्ने पत्रकारले फोटो खिच्ने बाहेक अन्य कुराको बारेमा केही बोल्यो ? यहाँ जो सोझो छ जो पिडित छ त्यसको पक्षमा न राज्य छ, न त नेता, न त पत्रिका वा कुनै पत्रकार नै छन्, छन् त केवल कानून विपरित राज्यले जे जस्तो गरेपनि हेर्ने हाम्रो पत्रकारिताको समाज छ । पत्रकारले निष्पक्ष अनुसन्धान गरी समाचार खोज्ने हो भने देशको मुहार फेर्न मुहार फेर्न समय लाग्दैन र तीन तहका व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका समेत सचेत बनी देशले एउटा निकास पाइसक्ने थियो भन्नेमा अत्युक्ति नहोला ।
आज न्यायपालिकाको न्याय, प्रहरी प्रशासनको न्याय, संसद र सांसदको भूमिका र तीनिहरुको चरित्र के हुनुपर्ने ? किन जनता दुःखमा छन् रु देशको अवस्था कस्तो छ भन्ने बारेमा खोजी गर्नुपर्ने हो कि होइन ? समाजिक सञ्जालबाट बेला बेलामा सकारात्मक सन्देश र निष्पक्ष पत्रकारिता नभएको भए आज नेपालमा धेरै नागरिक सञ्चार क्षेत्रबाट बञ्चित हुनुपर्ने थियो । देशको स्वास्थ्य, शिक्षाको अवस्था हेर्दा देशमा चरम आर्थिक अभाव हुँदा पनि नबोल्ने पत्रकार आज किन कान्तिपुरका मालिक पक्राउ पर्दा रन्थनिएको हो ? पत्रकार धनी मिडियाको पक्षमा लाग्ने होइन, झुपडीलाई अन्याय प¥यो भने बोल्नुपर्दछ । हरेक नागरिक कानूनको अधिमा हुनुपर्छ कानूनमा गल्ती गर्ने नागरिकलाई अदालतले सजाय गर्ने वा सफाई दिन सक्छ भने एउटा व्यक्तिलाई प्रहरीले अनुसन्धाज गर्दा आकाश खसे झै गर्दा जनतामा पत्रकार प्रति कस्तो सन्देश जाला ? त्यो कुराको हेक्का हुनु जरुरी छ । आज नेपालमा शक्ति हुने व्यक्तिले जे गरेपनि उसले उन्मुक्ति पाउँछ । अदालतबाट तुरुन्त न्याय पाउँछ तर देश बनाउने, निर्दोष व्यक्तिलाई सेटिङका आधारमा फसाइन्छ । यो गणतन्त्रमा हामीले ल्याएको परिर्वतनको व्याज जनताले होइन नेताले खाएका छन् । आज गणतन्त्र प्राप्त गरेको उन्नाइसौं वर्ष हुँदा पनि जनतालाई भेडाबाख्रा सरी व्यवहार गर्ने पार्टी, नेता, सरकार प्रशासन अदालतप्रति जनताको दुखेसो छ । जनता दास होइनन् मालिक हुन् तर हामी मुर्ख जनताले तिनै भष्ट्र दलाललाई मतदान गरेर विजयी गराउँदा पाएको दुःख हाम्रै बुद्धिले गर्दा हो, गणतन्त्रमा सरकार हाँक्ने काँग्रेस, एमाले र माओवादी केन्द्र नै हुन् । तर जनतालाई कति सेवा दिएँ भन्ने नैतिक धरातल यिनीहरुसँग छैन, त्यसैले जनताले सचेत हुने अवस्था आइसक्यो अब हामी जनता सचेत बन्नुपर्छ । यिनै पार्टीका वरपरी रमाउने पत्रकार, कार्यकर्ता, बुद्धिजीवीबाट देश अगाडि बढ्न सक्ने अहिलेको अवस्था छैन । पत्रकार महोदयहरुको तथ्य डग्दैन कलम झुक्दैन भन्ने सम्पादकीय ज्यादै नै मार्मिक छ । पत्रकारबाट तथ्य खोज्नु पर्दछ तथ्य कुरा लेख्न झुक्नु हुँदैन र लुक्नु पनि हुँदैन । आजका नागरिक धेरै सचेत छन् । पत्रकार को, कस्तो हो ? त्यो सबैलाई थाहा छ । आन्दोलनमा जनताले परिवर्तन ल्याएका हुन् पत्रकारले आन्दोलन हाँक्ने जमर्को गरेको भए आजको पत्रकारहरुको कलमले जनताको आँशु लेख्थ्यो, पीडा लेख्थ्यो, देश लेख्थ्यो । सिमा मिच्दा नेपाल लेख्थ्यो, नेपाल आमाको काखमा विदेशी सेना आउँदा निडर भएर लेख्थ्यो होइन र ? अत: पत्रकारीता समाजको ऐना हो । एउटा पत्रिकाको मालिक प्रहरीको अनुसन्धान तानिदा सात रेक्टरको भूँइचालो जाने गरी कोलाहल गर्नु पत्रकार जगतको लागि राम्रो होइन । पत्रकारीता साँच्चै पत्रकारीता हुने हो भने जनताले गुनासो गर्न नस्कने अवस्थामा हुन्थ्यो र सत्य तथ्य अभियानमा पत्रकारिता गर्ने हो भने राज्यका सवै संयन्त्र आफ्नो ठाउँमा वस्ने अवस्था हुने थियो । नेपाली जनताको लागी नेपाली पत्रकार अभिभावक बनेर आइदियोस् । नेपाल आमाको आँशु पुछ्ने दियो वनेर आई दिओस् भन्ने अपेक्षा राखेको अवस्थामा कुनै व्यक्ति विशेषको लागी खनिनु ठिक होइन भन्ने कुरा जनता सबैले बुझेको वर्तमान अवस्थामा राज्यको चौथो अंग मर्यादित बनेर देखाउनु आजको अपरिहार्य आवश्यकता पनि हो ।