मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

समाज/राजनीति
मत परिवर्तनको सल्लाहपछि बुबाको उत्तर : “छोरा, गुगलको रमाइलो र भूगोलको भोगाइ फरक हुन्छ”

Thearaniko Times 1394+ समाचार ( )
२८ माघ २०८२, मङ्गलबार

सिन्धुली । विदेशमा रहेका छोराले मत परिवर्तन गर्न दिएको सल्लाहपछि नेपालमै बसेका बुबाले लेखेको एउटा भावुक पत्र यतिबेला सामाजिक सञ्जालमा चर्चा बनेको छ। सिन्धुलीको दुधौली नगरपालिका निवासी शिक्षक शम्भु दाहाल ले आफ्नो छोरालाई लेखेको यो पत्रले देश, विकास, राजनीति र पुस्ताबीचको सोचलाई सरल तर गहिरो रूपमा प्रस्तुत गरेको छ।

पत्रमा बुबाले छोराको देशप्रतिको चासोलाई प्रशंसा गर्दै भोट हाल्न सल्लाह दिएकोमा खुसी व्यक्त गरेका छन्। सात समुद्रपारि दुःख गरेर बसेको छोराले देश सम्झिनु आफैंमा गर्वको विषय भएको उनी लेख्छन्। आफू र छोराकी आमालाई राजनीति धेरै नबुझेको बताउँदै बुबा लेख्छन्—राजनीति भनेको नाराभन्दा व्यवहार हो, भाषणभन्दा सेवा हो।

पत्रमा उनले विगत १५ वर्षमा गाउँ–समाजमा आएको परिवर्तनलाई उदाहरणसहित स्मरण गरेका छन्।

“तिमीलाई एसएलसीपछि काठमाडौं पढ्न पठाउँदा हामी भासिएको त्यो ठूलो नदीमा आज पक्की पुल बनेको छ, सरर गाडी कुद्छन्,” पत्रमा उल्लेख छ। माटो–गोबरले लिपिएका विद्यालय आज ठूला भवन बनेका छन्, अस्पताल र सडक पुगेका छन्, खेत जोत्न ट्र्याक्टर चलेका छन्—यी सबै परिवर्तन बुबाले आफ्नै आँखाले देखेको अनुभव सुनाएका छन्।

देश बर्बाद भयो भन्ने एकपक्षीय प्रचारप्रति असन्तुष्टि जनाउँदै बुबा लेख्छन्—समस्या छन्, साधन–स्रोतको कमी छ, तर देश केही पनि नभएको अवस्था भने होइन। विकास भएका छन्, गर्न बाँकी काम अझै धेरै छन्।

पत्रको अर्को सशक्त अंश समाजप्रतिको चिन्तासँग जोडिएको छ।

घरमै मिहिनेत नगरी गफमै देशको भविष्य खोज्ने प्रवृत्ति, नकारात्मक सोच, हराउँदै गएको संस्कार र आदरभावप्रति बुबाले चिन्ता व्यक्त गरेका छन्। परदेशमा रहेका छोराछोरीहरूले यिनै विषयमा सुधारका विचार ल्याइदिन आग्रह पनि गरेका छन्।

पत्रको अन्त्यतिर बुबाले गहिरो सन्देश दिन्छन्—

“गुगलको रमाइलो र भूगोलको भोगाइ फरक हुन्छ। भूगोललाई समृद्ध बनाएपछि मात्र गुगलमा रमाउन सकिन्छ।”

त्यसैले भूगोल, समाज र गाउँ बुझ्ने, निरन्तर काम गर्ने, दर्शन र विचार बोकेका पात्रलाई भोट दिनुपर्नेमा यहाँका युवा–पाका सबैको एकमत रहेको उनी बताउँछन्।

छोराले बुबालाई भोट खसाल्न सम्झाएको प्रसंगलाई उल्ट्याउँदै बुबाले लेखेका छन्—

“उल्टै बुबाले हामीलाई सम्झाउनु भयो भनौला।”

पुस्ताबीचको संवाद, देशप्रतिको यथार्थ दृष्टिकोण र जिम्मेवार नागरिकताको सन्देश बोकेको यो पत्रले अहिलेको नयाँ राजनीतिक बहसमा फरक स्वाद थपेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार