मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

शिक्षा
इसा मेमोरियल स्कुलको २०औँ वार्षिकोत्सव भव्य, ६८ विद्यार्थी दीक्षित

Thearaniko Times 1401+ समाचार ( )
१६ फाल्गुन २०८२, शनिबार

काभ्रेपलाञ्चोकको शैक्षिक क्षेत्रमा दुई दशकदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएको इसा मेमोरियल स्कुल को २०औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम बिहीबार भव्य रूपमा सम्पन्न भएको छ। बनेपा–६ बुडोलस्थित विद्यालय परिसर अभिभावक, विद्यार्थी र शिक्षकहरूको उल्लेखनीय उपस्थितिले उत्साहमय बनेको थियो।

कार्यक्रममा प्याब्सनका केन्द्रीय उप–महासचिव भिमसेन केसी प्रमुख अतिथि रहनुभएको थियो भने विद्यालयका संस्थापक अध्यक्ष सूर्यप्रभा शाक्य ले सभापतित्व गर्नुभएको थियो। साथै प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेल, बनेपा नगरपालिका वडा नं. ७ का अध्यक्ष हिटलर शाक्य लगायत शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

दुई दशकको शैक्षिक यात्रालाई स्मरण गर्दै वक्ताहरूले विद्यालयले गुणस्तरीय शिक्षासँगै नैतिक मूल्य, अनुशासन र संस्कार विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे। प्रमुख अतिथि केसीले विद्यालय प्राथमिक तहमा जिल्लाकै नमूना संस्थाका रूपमा स्थापित भएको बताउँदै विद्यालय परिवारलाई शुभकामना व्यक्त गर्नुभयो। संस्थापक अध्यक्ष शाक्यले सुरुवाती संघर्षका दिनहरू सम्झँदै आजको उपलब्धि सामूहिक प्रयासको परिणाम भएको धारणा राख्नुभयो।

कार्यक्रमको विशेष आकर्षण ६८ जना विद्यार्थीको यूकेजी दीक्षान्त समारोह रह्यो। दीक्षित बालबालिकाको आत्मविश्वासपूर्ण प्रस्तुति, अभिभावकहरूको खुशी र शिक्षकहरूको गर्वले समारोहलाई भावुक बनाएको थियो। साथै उत्कृष्ट तथा मेहनती विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।

विद्यालयका प्रिन्सिपल प्रशन्न जोशी का अनुसार संस्थाको सुरुवात वि.सं. २०६० सालमा “चाइल्ड केयर” का रूपमा ६ जना विद्यार्थीबाट भएको थियो। वि.सं. २०६५ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको विद्यालयमा हाल करिब ३०० विद्यार्थी अध्ययनरत छन् भने २२ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्।

विद्यालयले विद्यार्थीहरूको स्वास्थ्य, पोषण र सुरक्षालाई प्राथमिकतामा राख्दै विद्यालय परिसरमै स्वच्छ तथा पोषणयुक्त खाना उपलब्ध गराउँदै आएको जनाएको छ। भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरिएको भवन प्राकृतिक घाम लाग्ने अनुकूल स्थानमा अवस्थित रहेको विद्यालय प्रशासनले जानकारी दिएको छ।

यसका साथै विद्यालयसँग आबद्ध रेडियो सेफर्ड ८८.४ मेगाहर्ज (धुलिखेल) तथा सेफर्ड एफ.एम. ८९.२ (चितवन) मार्फत विद्यार्थीहरूलाई रेडियो कार्यक्रम सञ्चालन गर्ने अवसर प्रदान गरिँदै आएको छ। यसले उनीहरूको सञ्चार सीप तथा नेतृत्व क्षमतामा सकारात्मक प्रभाव पारिरहेको विद्यालयको दाबी छ।

विद्यालयलाई क्रमशः कक्षा १० सम्म विस्तार गर्ने लक्ष्यसहित अगाडि बढिरहेको जानकारी दिँदै प्रशासनले आगामी दिनमा अझ प्रभावकारी र गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। कार्यक्रम विविध सांस्कृतिक प्रस्तुतिसहित उल्लासमय वातावरणमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार