मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |
मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |


आदिवासी जनजाति मुक्तिका योद्धा अर्थात् डा. ओम गुरुङ

Thearaniko Times 1369+ समाचार ( )
४ कार्तिक २०७९, शुक्रबार

डा. मुक्तसिंह तामाङ

प्राध्यापक डा. ओम गुरुङसँग मेरो पछिल्लो भेट अगस्ट २०२२ का दिन विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा भएको थियो उक्त कार्यक्रममा उनले सूचीकृत नभइसकेका आदिवासी जनजातिको पहिचानको अधिकार सुनिश्चित गर्न सूचीकृत गरिनुपर्ने आफ्नो अडानलाई कार्यपत्रमा जोडदार प्रस्तुत गरेका थिए टिप्पणीकारको हैसियतमा विषयवस्तुबाहेक हामीले केही अनौपचारिक बातचित गरेका थियौँ दुर्भाग्य भन्नुपर्छ त्यही भेट नै अन्तिम बन्न पुग्यो

प्राध्यापक ओम गुरुङको अक्टोबर १७ का दिन ६८ वर्षको उमेरमा निधन भयो मिर्गौलाको प्रत्यारोपण पछि फेरि क्यान्सरसँग लड्नुपर्यो उनी एक प्राज्ञिक व्यक्तित्व, अधिकारकर्मी, कुशल व्यवस्थापक कर्मठ अगुवा थिए उनको अवसान नेपाली समाजका लागि एउटा अपुरणीय क्षति हो

डा. गुरुङको जन्म बाग्लुङको ताराखोला भुसकाट गाउँमा ११ फेब्रुअरी १९५३ मा किसान परिवारमा भएको थियो प्राथमिक शिक्षा गाउँमै पूरा गरी सदरमुकाम बाग्लुङको विद्यामन्दिर हाई स्कुलबाट उनले एसएलसी गरेका थिए उनले सन् १९८० मा मानवशास्त्र विषयमा भारतको पुने विश्वविद्यालयबाट स्नातकोत्तर १९९६ मा संयुक्त राज्य अमेरिकाको कोर्नेल विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए

पुनेबाट फर्केपछि उनले धवलागिरि क्याम्पस बाग्लुङमा सहायक लेक्चरर पदमा काम सुरु गरे पछि त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा समाजशास्त्ररमानवशास्त्र विभाग स्थापना भएपछि सन् १९८१ मा काठमाडौं आएका थिए ३६ वर्षको प्राज्ञिक सेवापछि प्राध्यापक गुरुङ २०१५ मा सेवा निवृत्त भए तर, उनी प्राध्यापन अनुसन्धानका काममा मात्र सीमित भएनन् नेपालका आदिवासी जनजातिलगायतका उत्पीडित समुदायको अधिकारका पक्षमा वकालत आन्दोलनमा निरन्तर सक्रिय रहनेदेखि प्रतिपक्षीय राजनीतिक आवाज उठाइरहने काम पनि उनले आफ्नो जीवनको एउटा अभिन्न अंग बनाए

मेरो पहिलो भेट उनीसँग सन् १९९० मा भएको थियो जतिखेर समाजशास्त्ररमानवशास्त्र विभागमा स्नातकोत्तर तहमा अध्ययनरत थिए उनी त्यसबखत कोर्नेल विश्वविद्यालयबाट विद्यावारिधिको अध्ययन गर्दै थिए संयोग यस्तो बन्यो कि पनि विद्यावारिधिका लागि कोर्नेल विश्वविद्यालयमा जाने उनीपछि अर्को नेपाली विद्यार्थी बने सन् २००७ मा मैले मेरो पीएचडीको डिसरटेसन डिफेन्स गर्दा उनी पनि कोर्नेल आइपुगेका थिए मेरो शोधमाथि उनले दिएको टिप्पणी प्रोत्साहन मेरो लागि अविस्मरणीय लगत्तै नेपाल फर्केपछि समाजशास्त्ररमानवशास्त्र विभागमा मैले उनीसँग काम गर्ने मौका पाएँ सबै कमीकमजोरी कठिनाइका बाबजुद विभागीय प्रमुखको हैसियतले प्राध्यापन, अनुसन्धान संस्थागत विकासका निम्ति उनले निभाएको भूमिका अत्यन्तै सह्रानीय उनको योगदान जीवन बहुआयामिक थियो त्यसमध्ये यहाँ चर्चा गर्न चाहन्छु

उनी प्राध्यापन अनुसन्धानका काममा मात्र सीमित भएनन् नेपालका आदिवासी जनजातिलगायतका उत्पीडित समुदायको अधिकारका पक्षमा वकालत आन्दोलनमा निरन्तर सक्रिय रहनेदेखि प्रतिपक्षीय राजनीतिक आवाज उठाइरहने काम पनि उनले आफ्नो जीवनको एउटा अभिन्न अंग बनाए

पहिलो, प्राज्ञिक उन्नयनमा उनको योगदान देशका विभिन्न जिल्लाबाट समाजशास्त्ररमानवशास्त्र विषयमा उच्च शिक्षा हासिल गर्न आएका सयौँ विद्यार्थीलाई पठनपाठन मेन्टरिङदेखि नयाँ पिँढीका बौद्धिक युवालाई पथ प्रदर्शन गर्ने उनको काम सबैले सम्झिन्छन् यो विभागमा आबद्ध भएर काम गर्न मलाई उनले पनि उत्तिकै उत्प्रेरित गरेका थिए एमए तहका मक्किइसकेका पुराना पाठ्यक्रमलाई परिमार्जन गर्ने समाजशास्त्र मानवशास्त्र विषयमा एमफिलको नयाँ कोर्सको सुरुवात उनकै अगुवाइमा भएको थियो सन् १९६० ७० को दशकका पाठ्य सामग्रीहरू समावेश भएका पुराना पाठ्यक्रमलाई नयाँ स्वरुपमा ल्याउन यस विधामा भएका नयाँ अनुसन्धान, विश्वको समसामयिक परिवेशमा अन्वेषण भएका नवीन ज्ञान, विश्लेषणात्मक दृष्टिकोण सैद्धान्तिक ज्ञान हामीकहाँ भित्र्याउन जरुरी थियो

त्यति मात्र होइन, पुराना पाठ्यक्रममा नेपाल, दक्षिण एसिया हिमालय क्षेत्र यहाँको जातीय सांस्कृतिक भाषिक विविधता, जटिल राजनीतिक परिवेश, शक्ति सम्बन्ध, विभेद वञ्चितिकरण, पछौटे विकास आदिको अध्ययनमा पनि कमी थियो पठनपाठनको हाम्रो पुरानो रटान विधि नै समयसापेक्ष थियो पठनपाठनको कामलाई नयाँ रूप दिन समाजशास्त्र मानवशास्त्र विधाका हामी सबै सिनियर(जुनियर फ्याकल्टीहरू उत्साहित भएर लाग्यौँ तत्कालीन विभागीय प्रमुख डा। ओम गुरुङको प्रभावकारी संयोजकत्व यो कामको मुटु थियो प्राज्ञिक उन्नयनका लागि उनले यति मात्र होइन, त्रिभुवन विश्वविद्यालयलाई नर्वेको बर्गेन विश्वविद्यालय कोर्नेल विश्वविद्यालयसँग जोडेर विद्यार्थीका लागि एकअर्काको देशमा गएर अध्ययन गर्ने चाँजो मिलाउने काममा पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए नेपालमा समाजशास्त्र मानवशास्त्र नयाँ पुस्ताका धेरै विद्यार्थीहरू आकर्षण गर्ने लोकप्रिय विधा बनिरहनुमा उनका यी काम पृष्ठभूमिमा छन्

प्राज्ञिक अनुसन्धान लेखनका हिसाबले डा. ओम गुरुङको रुचि योगदान पनि विविध देखिन्छ उनले आफ्नो पीएचडीको शोध ुप्राकृतिक स्रोतसाधनको व्यवस्थापनमा स्थानीय प्रणालीु विषयमा गरेका थिए तर, विस्तारै उनले आदिवासी जनजाति समुदायको समस्या मुक्तिका सवाल, गुरुङ समाज, संस्कृति आदि विषयहरूमा कलम चलाए पछिल्लो चरणमा समावेशीकरणको मुद्दामा उनले विशेष काम गरेका थिए नेपालमा सामाजिक समावेशीकरणका विषयमा विभागले ४० जना विज्ञ विशेषज्ञहरू सम्मिलित भएर गरेको विस्तृत अध्ययनमा मैले अनुसन्धान निर्देशकको रूपमा डा। ओम गुरुङसँग काम गर्ने मौका पाएको थिएँ विभागीय प्रमुख संयोजकको हैसियतमा यो काम सफल पार्न उनको नेतृत्व भूमिका अमूल्य थियो यो अध्ययनले नेपालका ९८ जातजातिको शिक्षा, स्वास्थ्य, आर्थिक अवस्था, प्रतिनिधित्वलगायतका विविध पक्ष समेटेर सामाजिक समावेशिताको स्थिति प्रस्ट पार्दछ

प्राज्ञिक बौद्धिक कामलाई सामाजिकराजनीतिक आन्दोलनसँग जोड्ने व्यक्तित्वको उदाहरण पनि हुन् डा। ओम गुरुङ नेपालको आदिवासी जनजाति आन्दोलनमा उनको प्रत्यक्ष सहभागिता रह्यो यो उनको कामको दोस्रो पक्ष हो सन् २००३ मा उनी नेपाल आदिवासी जनजाति महासंघको महासचिव भए नेपालका आदिवासी जनजाति समुदायको आत्मनिर्णयको अधिकार, स्वायत्तता, समावेशिता, भाषिक अधिकार, धार्मिक स्वतन्त्रता, सांस्कतिक अधिकार उनीहरूमाथि भइरहेको विभेदको अन्त्य यो आन्दोलनको मुख्य लक्ष्य थियो विशेषगरी २०६२(६३ को जनआन्दोलनमा आदिवासी जनजातिको सडक वैचारिक आन्दोलनको प्रभावकारी परिचालन गर्ने काममा उनको ठूलो योगदान

प्राज्ञिक बौद्धिक कामलाई सामाजिकराजनीतिक आन्दोलनसँग जोड्ने व्यक्तित्वको उदाहरण पनि हुन् डा. ओम गुरुङ नेपालको आदिवासी जनजाति आन्दोलनमा उनको प्रत्यक्ष सहभागिता रह्यो यो उनको कामको दोस्रो पक्ष हो

सन् २००७ मा सरकारबाट आदिवासी जनजाति अधिकारसम्बन्धी आइएलओ महासन्धि १६९ मा हस्ताक्षर गर्न संयुक्त राष्ट्र संघीय घोषणापत्रको अनुमोदन गर्ने काममा उनको सहयोग महत्त्वपूर्ण रह्यो त्यही वर्ष सरकार आदिवासी जनजाति आन्दोलनबीच भएको सम्झौतामा उनी आदिवासी जनजातिका तर्फबाट प्रतिनिधिको टोलीमा रहेका थिए महासंघको आफ्नो पदावधि सकेपछि पनि उनी निरन्तर यो आन्दोलनमा सक्रिय रहे आदिवासी जनजाति राष्ट्रिय आन्दोलन पनि त्यसको एउटा उदाहरण हो २०७२ सालमा जारी भएको नयाँ संविधान विभेदकारी नश्लवादी भएकाले यसको पुनर्लेखन गर्नुपर्ने मागमा उनी निरन्तर संघर्षरत रहे आफ्नो प्रतिकूल स्वास्थ्यका बाबजुद पनि आन्दोलनमा अनवरत उपस्थिति उनको भूमिकाका कारण उनलाई आदिवासी जनजाति मुक्तिका एक योद्धाका रूपमा चिनिन्छ

डा. ओम गुरुङको कामको तेस्रो पक्ष( वामपन्थी राजनीति थियो स्कुले जीवनमा नै उनमा वामपन्थी राजनीतिको प्रभाव परेको थियो यो उनको एक प्रकारले स्थायी प्रतिपक्षीको राजनीति थियो आफू सम्बद्ध दल नेकपा ९क्रान्तिकारी माओवादी० को उनी केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष थिए आफू सम्बद्ध दलको भ्रातृ संगठन अखिल नेपाल जनजाति महासंघको उनी एक नेता पनि थिए नेपालमा वर्गीय मुक्तिसँगै जातीय मुक्ति अपरिहार्य भन्ने उनको ठम्याइ थियो आफ्नो काम आदर्शमा निरन्तर लागि पर्ने धैर्यता सक्रियता उनको जीवनले दिने पाठ हो

डा.ओम गुरुङको कामको तेस्रो पक्ष- वामपन्थी राजनीति थियो स्कुले जीवनमा नै उनमा वामपन्थी राजनीतिको प्रभाव परेको थियो यो उनको एक प्रकारले स्थायी प्रतिपक्षीको राजनीति थियो

आफ्नो अडानमा सम्झौता नगर्ने स्वभावका डा. गुरुङ रसिलो मिलनसार व्यक्तित्वका मालिक पनि थिए मेरो पुस्ताका संगीहरूका लागि डा. ओम एक अग्रज, प्राज्ञिक अन्वेषण उत्पीडनविरुद्धको अभियानमा सहकर्मी, व्यक्तिगत तवरमा अभिभावक एक स्नेही मित्र थिए उनको जीवन कामले देखाएको उदाहरण स्मरणीय श्रद्धाञ्जलि ओम सर  (शिलापत्रबाट)

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार