मुख्य समाचार
कांग्रेसमा बीपीको समाजवाद कहाँ छ ? | संसदको पूर्वाधार विकास समितिले गरे ‘धुलिखेल–खावा’ सडकको अनुगमन, स्थानीयले पोखे आक्रोश | जलवायु परिवर्तनको विषयमा तिनै तहका सरकारसँग सहकार्य गर्ने | प्रचण्ड, बाबुराम र किरणलाई सांसद श्रेष्ठको प्रश्न : एकजुट भएर बाँकी उपलब्धि प्राप्तिका लागि लड्ने कि आफू–आफू लडेर बस्ने ? | पतञ्जली महिला योग समिति काभ्रेको तीज विशेष कार्यक्रम | असोज ९ गतेदेखि २४ गतेसम्म १६ दिन बनेपा महोत्सव हुने | निजामतीमा सेवाका मेरा गौरवपूर्ण १३७९१ दिनहरु ! | काभ्रेमा डेंगु संक्रमितको संख्यामा बृद्धि | तीज महिला दिदीबहिनीको दुःखसुख साटासाट गर्ने पर्व : सचितानन्द के.सी. | वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको प्रथम राष्ट्रिय सम्मेलन असोजको पहिलो साता |
मुख्य समाचार
कांग्रेसमा बीपीको समाजवाद कहाँ छ ? | संसदको पूर्वाधार विकास समितिले गरे ‘धुलिखेल–खावा’ सडकको अनुगमन, स्थानीयले पोखे आक्रोश | जलवायु परिवर्तनको विषयमा तिनै तहका सरकारसँग सहकार्य गर्ने | प्रचण्ड, बाबुराम र किरणलाई सांसद श्रेष्ठको प्रश्न : एकजुट भएर बाँकी उपलब्धि प्राप्तिका लागि लड्ने कि आफू–आफू लडेर बस्ने ? | पतञ्जली महिला योग समिति काभ्रेको तीज विशेष कार्यक्रम | असोज ९ गतेदेखि २४ गतेसम्म १६ दिन बनेपा महोत्सव हुने | निजामतीमा सेवाका मेरा गौरवपूर्ण १३७९१ दिनहरु ! | काभ्रेमा डेंगु संक्रमितको संख्यामा बृद्धि | तीज महिला दिदीबहिनीको दुःखसुख साटासाट गर्ने पर्व : सचितानन्द के.सी. | वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको प्रथम राष्ट्रिय सम्मेलन असोजको पहिलो साता |

नेपाल जोगाउन जिम्मा अब क्रान्तिकारी युवाहरुको हुनुपर्दछ
नेपाल जोगाउन जिम्मा अब क्रान्तिकारी युवाहरुको हुनुपर्दछ

Thearaniko Times 870+ समाचार ( )
९ भाद्र २०८१, आइतबार

दीपक जंगम

सदियौंदेखि पुखौहरुले जोगाएर राखेको प्राकृतिक श्रोत साधनले ओतप्रोत देश नेपाल विश्वकै लोभलाग्दो हिमालय मुलुक हो । यस देशमा विभिन्न जातजाती भाषाभाषी, भेषभुषा, आ– आफ्नै कला सँंस्कृतिमा रमाउँदै चाहे पहाडमा होस् वा तराई चाहे हिमाल भेग होस् सबै जना नेपाली नागरीकहरुले मेरो देश नेपाल भनी गर्वका साथ नाम लिएर यहीको माटोमा खेल्ने, रमाउने अवसर पाएको अवस्था छ । देशमा सिमाना, भाषा, सँस्कृति, शिक्षा, स्वास्थ्य, रोजगार, निश्पक्ष प्रशासन, स्वतन्त्र न्यायपालिकाबाट पाइने स्वतन्त्र न्याय, कृषकको लागि मल, बिऊ, सिंचाई, उत्पादन, बजार जडिबुटी उत्पादन, जलस्रोतको सही उपभोग गरी उद्योग कलकारखानामा रोजगार पाएर रमाएर बस्न पाउनुपर्ने नैसर्गिक नागरिकहरुको अधिकार हो । नागरिक सचेत भयो भने रानीति सही ठाउँमा पुग्छ । नागरिक असन्तुलित भयो भने सरकार छाडा बन्यो, निर्वाचित जनप्रतिनिधि जनताप्रति जवाफदेही र उत्तरदायी बनेन भने निर्वाचनबाट ठेगान लगाई दिनुपर्ने मतदाता सचेत बनिदिएन भने त्यहाँ सुशासन खोजेर कहाँ पाउँनु ? आजको वर्तमान नेपाल हामीले निर्वाचित गराएर पठाएका सांसद स्थानीय सरकार को प्रति जवाफदेही छ ? को प्रति उत्तरदायी छ ? सबैलाई थाहा छ । जुन पार्टीको नेता सत्तामा पुग्छ उसले आफ्नो पार्टीको गुनगान गाउने मतदान गर्ने व्यक्तिलाई काखी च्यापेर अरु जनताप्रति सौतेनी व्यवहार देखाउँदै भएको इतिहासदेखि वर्तमानसम्म आउँदा हामीले थाहा नपाएको पक्कै होइन ।

नेपाल देश सानो छ तर सुन्दर छ । प्राकृतिक रुपले सम्पन्न र धनी छ । यो देशमा युरोनियम, अभ्रख, सुन, तामा, फलाम लगायत बहुमुल्य पर्ने हिमाली भेगमा पाइने यर्शागुम्बा लगायत जलश्रोतबाट मनग्ये आम्दानी गर्न सक्ने हाम्रो क्षमतामा  किन पटक–पटक सत्तामा गएका सत्ताधारीहरु बाट पूर्णबिराम लगाउने काम गरिन्छ ? किन यो देशका शासकहरु चेतनशिल   बन्दैनन् ? देशको भविष्यको रेखा कोर्न नसक्ने देश बनाउन भन्दा पनी विदेशीको इसारामा देशको विनाश गर्न तम्सने हाम्रो देशको साँध सिमाना मिचेर लैजादा पनि एक शब्द बोल्न आँट नगर्ने हुतिहारा शासकलाई पटक पटक आफ्नो अमुल्य मत दिएर सत्तामा पठाउँछौ हामी ? हामी मतदाता जनता हौं, नेपाली आमाका सन्तान हौं । हामी पार्टीका दास होइनौं, झोले होएनौं । पार्टिको एउटा कार्यकर्ता हुन सक्छौं तर मतदान गर्दा किन विचार गर्दैनौं ? पार्टीको घोषणापत्र अनुसार कति प्रतिशत जनताको लागि काम गरे ? देशको विकास र अवस्था कता छ ? महँगी कति बढ्यो ? देशमा सुरक्षा छ कि छैन ? जनताहरुलाई काम थर्ने स्वदेशमा नै रोजगारी दिने योजना सरकार या पार्टीले ल्याएको छ कि छैन ? न्याय पाउने अदालतमा राजनैतिक हस्तक्षेप छ कि छैन ? प्रहरी प्रशासन पिडितको पक्षमा छ कि छैन ? विकास निर्माणको काममा उपभोक्ता समिति निर्माण गर्दा निष्पक्ष ढंगको छ कि छैन ? विकास निर्माणको काममा उपभोक्ता समिति निर्माण गर्दा निस्पक्ष ढंगको छ कि पार्टी विशेषको छ ? प्रत्येक घरमा रोजगार नपाएर हाहाकार चित्कार, छटपटी छ कि छैन ? खै हामीले विचार गरेको ?

आज देशमा युवा छैनन् । रोजगार छैन । कृषिमा उत्पादन छैन । समायमा मल विउ, विजन छैन । बजार भाउ अचाक्ली बढेको छ । घर घरमा चुल्हो बल्न छोडिसक्यो । घर घरमा काम गर्न नसक्ने वृद्ध, वृद्धा, रोगी अशक्त व्यक्तिहरु मात्र बस्नुपर्ने बाध्यताको अबस्था कसले ल्यायो ? जवाफ खोज्नु पर्दैन, हामी मुर्ख मतदाताले ? हामीले निर्वाचित गराएर पठाएका साँसद लगायत मन्त्री प्रधानमन्त्रीले गरीबको छोराछोरीको लागि कति प्रतिशत राम्रो काम गरे ? छ जवाफ ?

हामी नेपाली जनताको अब चेत नखुल्ने, आँखा नखुल्ने हो भने यो देशमा विदेशी हस्तक्षेप भयो भने रोक्न सक्ने तागत र आँट हामी सँग छ त ? छैन किनकी देशमा प्रत्येक पाँच वर्षमा पटक पटक यिनी भष्ट्राचारीलाई मतदान गरेर जिताएर पठाएका छौं र यिनीहरुले रोजगार सिर्जना हुने उद्योग बेचेर, नदिनाला बेचेर, देशको सिमा मिच्न लगाएर, रोजगारीका नाममा पार्टीका कार्यकर्ता पाल्न विभिन्न गैर सरकारी संघ संस्थाको माध्यमबाट केही रकम ल्याउँदै कनिका छरेका हुन सक्छन्् तर त्यो प्रत्येक गरीब नेपालीको चुल्होमा तातो गाँस बनेर पुग्न सकेको अवश्य छैन । हामीले निर्वाचित गरेर पठाएकमा जनप्रतिनिधी नेपाली जनताको दास बन्नुपर्नेमा विदेशीको दास बनेर आफुलाई पुग्ने सात पुस्ताको सम्पत्ति जोडेर विदेशीको शरणमा ऐस, आराम गर्न सक्ने हैसियतमा पुगको कसलाई थाहा छ ? देशमा कसैले हस्तक्षेप ग¥यो भने हाम्रो रक्षा र यो देश बचाउनुपर्छ भनी काँग्रेस एमाले माओवादी कुनै नेता लाग्दैनन् र यिनीहरु आफ्ना सन्तती लिएर विदेश रमाएर बस्ने सोचमा छन् । देश बनाउने पार्टी भए २००७ सालदेखि आजसम्म भोट दिएका पार्टी र विजयी पार्टी एमाले, काँग्रेसले जनताको लागि गरि सकेका हुन्थ्थे र दैनिक हजारौ युवा वर्ग रोजगारको लागि विदेश धाउन पर्दैन थियो आज । प्रत्येक घरबाट आफ्नो पाखोबारी बेचेर ऋण लिएर आमा बुबा छोराछोरी श्रीमती छोडेर विदेश जान छोराले कमाएर पठाएको केही रकमबाट जिवन धान्न विवश छन् गाउँमा परिवार तर तिनीहरुबाट प्राप्त भएको अरबौं खर्बौ रेमिट्यान्सले सरकार उन्मत भएर रावण हाँसै झै हाँसेर बसेको छ । तिनै रकमले उग्राएर बसेको छ नाम मात्रको नेपाल सरकार ।

हिजो अन्धकार नेपाल आज उज्याले भएको छ । वर्षसम्म बिजुलीको बाँकी बक्यौता नतिर्ने उद्योगपतिबाट रकम असुलेर देशमा उद्योग, कलकारखाना खोलेर रोजगराी दिनुपर्ने सरकार र तिनीबाट सञ्चालित साँसदले सकेसम्म उद्योगपतिलाई बाँकी बक्यौता तिर्नुनपर्ने झुठो  पुलिन्दा बोकेर संसदीय समितमा ज्याल फालेर लाग्नुको पछाडी विदेशी उद्योगपतिबाट देशलाई घाटा हुने गरी पहिल्यै चुनावी खर्च असुल गरिसकेको हुन सक्छ र हुनुपर्छ पनि । देशमा आज भोली बेला न कुवेला बत्ति निभाउादै हामीलाई बत्ति जाने त हो नि भनी बानी बसाल्ने दाउ भइरहेको छ । यो कसले कति बुझ्यो त्यो त थाहा भएन । हामीले जिताएर पठाएका हाम्रा प्रतिनिधी विदेशी रिझाउने काम मात्र गर्छ भने हाम्रो अमुल्य मतदान किन दिने विदेशी दलालहरुलाई ? यो देशमा गरीब, जनता बढी बस्नुपर्छ गरीबसँग यी देश लुटेराहरुको भोटसँग मात्र नाता र साइनो छ, त्यो बाहेक कुनैमा पनि छैन । विकास निर्माण, रोजगार र शिक्षा, स्वास्थ्य लगायत गरिबी निवारणमा गरीब पर्दैन । हिजो देशको बजेटबाट वृद्ध भत्ताको नामबाट कति पटक पटक भोट दिने जनताले ?

अब यो देशमा युवाहरु ज्वालामुखी बोकेर क्रान्ती गर्दै सामन्त दलालहरुलाई नलखेट्ने हो भने नेपाल आमाको यो भूमी विदेशीको हस्तक्षेपबाट जोगिन सक्ने अवस्था छैन । हामीले अब पार्टी हेर्ने होइन, हाम्रो देश हेर्ने हो । हाम्रो सन्तती हेर्ने हो । हाम्रो जन्मभूमी हेर्ने हो । एक्काइसौं शताब्दस्मा हामी युवावर्ग अगाडि नबढेसम्म यो देशमा यिनै अपराधी तस्कर, माफिया, भष्ट्रचारीहरुको जगजगी बढी रहनेछ । हिजो पञ्चायती कालमा एक रुपैया मुल्य बढाउँदा विद्यार्थी आन्दोलनले उग्र रुप लिने यो देश आज किन विद्यार्थी चुप ? किन युवा चुप ? किन नागरिक समाज चुप ? मानव अधिकारकर्मी किन मौन ? पत्रकारको कलम बोल्दैन विकृती विसंगतीको विरुद्धमा ?

हाम्रो देश जोगाउने हामीले नै हो यो देशमा जन्मने प्रत्येक नागरिक देश र जनता प्रति संवेदनशिल हुनु पर्दछ । युवा र विद्यार्थी आन्दोलनबाट ठुला ठुला परिवर्तन जरुरी छ । हिजोदेखि आजसम्म सत्तामा बसेर राज्य दोहन गर्ने प्रजातन्त्रदेखि गणतन्त्र सम्मका सत्ताका ठेकेदारहरुबाट हिसाब किताब माग्न अब प्रत्येक घरबाट युवा जाग्नुपर्दछ । देशलाई माया गर्ने नेपाली आमाको सन्तान जाग्नुपर्दछ । भष्ट्राचारबाट दुर्गन्धित व्यक्तिहरुको गठबन्धनको अन्त्य हुनुपर्दछ । गठबन्धनबाट बनेको भष्ट्रचारमा मुछिएका व्यक्तिलाई मन्त्री बनाउने व्यक्ति प्रवृत्तिको अन्त्य नै आजको समयको माग हो । आजै परराष्ट्र बनेकी आरजु राणा देउवाको भारत भ्रमण नेपाली हितभन्दा पनि भारतीय नेताहरुको सेवामा देशलाई घात बाहेक केही हुँदैन । गणतन्त्रमुलुकीय जनता तर भष्ट्रचारीलाई मन्त्री बनाएपछि देशले के आशा गर्ने ?

नचेत्ने, चेत्न नखोज्ने ब्रम्हलुट गर्ने भष्ट्राचारीहरुको जमातबाट शासनमा रमाउने स्थलहरुबाट देश झन् झन् तल तल झर्दैै गइरहेको अवस्थामा अब नेपाल आमाको आँखाबाट झरेको आँशु पुछ्ने हो भने अब वैकल्पिक पार्टीलाई आफ्नो अमुल्य मत दिएर नेपाल जोगाउने जिम्मा अब क्रान्तिकारी युवाहरुबाट हुनुपर्दछ । देश जोगाउने नाममा जो देशको लागि लाग्छ त्यो क्रान्तिकारी छोराले लड्छ र उसले नै नेपाल बचाउनेछ जोगाउनेछ । क्रान्तिकारी छोराले लड्छ र उसले नै नेपाल बचाउनेछ जोगाउनेछ । क्रान्तिकारी युवाहरु विदेश होइन देशमा नै ज्वालामुखीको राँको लिएर नेपाल जोगाउनुपर्छ आन्दोलन ल्याउनुपर्छ । 

लेखक ः कानून व्यवसायी हुनुहुन्छ ।






प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार