मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

विपद्
बिपि राजमार्ग आजदेखि सञ्चालनमा ल्याउने तयारी, रातभरि काम

Thearaniko Times 1375+ समाचार ( )
२४ अशोज २०८२, शुक्रबार

काठमाडौं । बाढीपहिरोका कारण अवरुद्ध बीपी राजमार्ग आज (शुक्रबार)देखि पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो र महत्वपूर्ण मार्गका रूपमा रहेको बीपी राजमार्ग असोज १७ र १८ गतेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढीपहिरोले क्षति पुर्‍याएको थियो।

हाल सडकका धेरै खण्डमा डाइभर्सन तयार गरी आवतजावत सुचारु गर्न अन्तिम तयारी भइरहेको सडक डिभिजन भक्तपुरका प्रमुख इञ्जिनियर सुमन योगेशले जानकारी दिए। उनका अनुसार, काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि नेपालथोकसम्म डाइभर्सन निर्माण कार्य सम्पन्न भइसकेको छ।

भौतिक पूर्वाधार, शहरी विकास तथा ऊर्जा मन्त्री कुलमान घिसिङले विहीबार सडक पुनर्निर्माण र डाइभर्सन कार्यको स्थल निरीक्षण गर्दै शुक्रबार साँझसम्म यातायात सञ्चालनको वातावरण बनाउन निर्देशन दिएका थिए। उनको निर्देशनपछि गएराति अबेरसम्म निर्माण व्यवसायीहरूले मर्मत र डाइभर्सन निर्माणको काम निरन्तर गरेका थिए।

सडक विभागका अनुसार, हालको बाढीले राजमार्गका १६ स्थानमा झन्डै ३.५ किलोमिटर डाइभर्सन बगाएको थियो। त्यस्तै, गत वर्षको बाढीपछि अस्थायी रूपमा बनाइएको ५.३ किलोमिटर डाइभर्सन पनि पूर्ण रूपमा नष्ट भएको बताइएको छ।

बीपी राजमार्ग विसं २०७२ मा जापान सरकारको २६ अर्ब जापानी येन र नेपाल सरकारको १ अर्ब १० करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गरिएको हो। निर्माण कार्य आर्थिक वर्ष २०५३/५४ मा सुरु भई २०७२ असार १८ गते औपचारिक रूपमा सम्पन्न गरिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार