मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

एमालेका दर्जनौं कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश

Thearaniko Times 1394+ समाचार ( )
अजयको नेतृत्वमा वडाकमिटी गठन
७ माघ २०७८, शुक्रबार

काभ्रे जिल्ला रोशी गाउँपालिका वडा नं. ४  साविक महादेवटार गाविसका पूर्व गाविस अध्यक्ष जिल्लापसिंह लामाको नेतृत्वमा दर्जनौं एमाले कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । आज बनेपास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमालेका जिल्लास्तरीय नेता जिन्लाप सिं लामा र एमाले वडा नं. ४ को उपाध्यक्ष अजय लामाको नेतृत्वमा ५९ जना एमाले कार्यकर्ताहरु एकीकृत समाजवादीमा प्रवेश भएका छन् । प्रवेश हुनेहरुमा कार्साङ लामा, विर्साङ लामा, रिक्साङ लामा, संगम लामा, अम्बिका माया लामा, गौतम तामाङ, अर्जुन लोहर, राजकुमार मगर, मानबहादुर मोक्तान, अमर लामा, दिर्घ लामा, जितमान लामा, उत्तम बोम्जन, ज्ञानबहादुर लामा, विजय लामा, हरिबहादुर तामाङ, डेन्जित लामा, अर्जुन लामा, विनोद लामा, जगतमान तामाङ, निर्मल लामा, कविराज लामा, विकास श्रेष्ठ, विपिन तामाङ, संजीव तामाङ, युवराज तामाङ, टुल्कु लामा, विक्रम लामा, पेमा लामा, ज्ञानबहादुर तामाङ, सरोज लामा, विशाल लामा, बेतमान तामाङ, लगायतका रहेका छन् ।

नवप्रवेशीहरुलाई केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिव बहादुर, नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य कृष्ण प्रसाद सापकोटा, केन्द्रीय सदस्य एवं बागमती कमिटी उपाध्यक्ष एवं काभ्रे जिल्ला ईन्चार्ज टोक बहादुर वाईबा, केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला सहइन्चार्ज मुकुन्द गौतम, युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाह लगायतका नेताहरूले स्वागत गर्नुभएको थियो ।

जिन्लाप लामाले एमाले परित्याग गरेपछि महादेवटारमा एमालेलाई ठूलो धक्का लागेको छ । यसअघि पुस २३ गते एमाले काभ्रेले १० औं जिल्ला अधिवेशनमा वडा नम्बर ४ का निर्वाचित अध्यक्ष सहितलाई प्रवेश गराएपछि हौसिएको थियो । तर त्यसको दुई हप्ताको बीचमा गाउँमा संगठनलाई जोगाईराखेका नेता कार्यकर्ताले पार्टी परित्याग गरेका हुन् ।

प्रवेश कार्यक्रमपछि अायाेजित भेलाले अजय लामाको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा राजकुमार मगर, सचिवमा निर्मल लामा, उपसचिवमा विकास श्रेष्ठ रहेका छन् ।

सदस्यहरुमा संगम लामा, गौतम तामाङ, मानबहादुर मोक्तान, अमर लामा, दीर्घ लामा, जीतमान लामा, उत्तम बोम्जन, ज्ञानबहादुर लामा, विजय लामा, डिन्जित लामा, अर्जन लामा, विनोद लामा, जगतमान तामाङ, कविराज लामा, विपिन तामाङ, संजीव तामाङ, युवराज लामा, टुल्कु तामाङ, विक्रम लामा, पेमा तामाङ, ज्ञानबहादुर तामाङ, सरोज लामा, विशाल लामा, बेतमान तामाङ, विरसाङ लामा, रिक्साङ लामा, कार्साङ लामा, छ्योइकु लामा, बेतमान लामा, माया तामाङ, सितामाया तामाङ, विजय लामा, देवराज लामा, विराट सिं लामा, केसरी माया तामाङ, निरमाया तामाङ, रिक्साङ तामाङ, निर्मल तामाङ, लालमान तामाङ, लायलदोर्जे तामाङ, इन्द्रध्वज तामाङ, चन्द्र लामा, धनवीर तामाङ, हरि तामाङ, दिनेश विक लगायत रहेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विधि, विधानअनुसार सञ्चालन नगरी कम्युनिष्ट आचारणविपरीत सञ्चालन गरेकाले एमाले पार्टी परित्याग गरी एकीकृत समाजवादी पार्टी रोजेको जिल्लापसिंह लामाले बताए । विगतदेखि नै पार्टीमा चरम विकृति र विसङ्गति बढेको र त्यसलाई सच्याउन प्रयास गरे पनि असफल भएको लामाले बताए । एकीकृत समाजवादीले दिने जिम्मेवारी इमान्दारीपूर्वक निभाउने उनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार