एकीकृत समाजवादीबाट धुलिखेल नगरपालिकामा सत्ता गठबन्धनका साझा मेयर उम्मेदवार दयासागर श्रेष्ठले धुलिखेल बनाउने साझा घोषणापत्र सार्वजनिक गर्नुभएको छ ।
सामाजिक अभियन्ता र स्थानीय सुशासन विज्ञका रुपमा आफ्नो अब्वल पहिचान बनाउन सफल भएका श्रेष्ठले राजधानी नजिकैको पर्यटकीय केन्द्रका रूपमा विकसित हुँदै गरेको धुलिखेल अनेकन विशेषतायुक्त भएको भन्दै खासगरी, शिक्षा, स्वास्थ्य, उद्योग, व्यवसाय र होटल व्यवसायको उपयुक्त केन्द्रको रूपमा विकसित गर्ने प्रचुर संभावना औंल्याउनु भएको छ ।
उहाँले आफ्नो नगरप्रति गौरव गर्ने वातावरण सिर्जना गर्ने र ‘मेरो नगर मेरो गौरव’ भन्ने सोचलाई अगाडि बढाइने सूत्र सार्वजनिक गर्नुभएको छ ।
सार्वजनिक साझा घोषणापत्रका मस्यौदाकारहरुमा नेपाली कांग्रेसका नेता रामकृष्ण हुमागाई र माओवादीका नेता पृथ्वी थापाका साथै नगर प्रमुखका उम्मेदवार दयासागर श्रेष्ठ रहेका छन् । यो मस्यौदा संक्षिप्त मात्र रहेको जानकारी दिंदै हुमागाईले ३ दलको अवधारणा सारमा समेटेको बताउनुयभयो ।
शहर सभ्यता हो भन्ने कुरालाई आत्मसात गरेर यहाँका नागरिकसँग हातेमालो गरेर अगाडि बढ्ने र विकासलाई कतै थोपर्ने र कतै अभाव हुने स्थितिको अन्त्य गर्नु जरुरी भएको आफ्ना घोषणपत्रमा सार्वजनिक गर्नुभएको छ । धुलिखेल नगरलाई पर्यटन, वाणिज्य, शिक्षा र स्वास्थ्यको हब बनाएर लैजान निम्न अवधारणा प्रस्तुत गर्नुभएको छ ।
आदरणीय नगरवासीहरु
हार्दिक अभिवादन्
बि.सं. २०७२ सालमा संविधान जारी भए पश्चात दोश्रो पटक स्थानीय तहको निर्वाचन हुन गैरहेको छ । धुलिखेल नगरभित्र नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) तीन दलको गठबन्धन बनाई हामी निर्वाचनमा सहभागी भएका छौं । विकासको प्रचुर संभावना बोकेको यस धुलिखेल नगरमा हामी रुख, कलम र गोलाकार भित्र हसिया हथौडा चिन्ह लिएर यहाँहरु बीच विश्वासको मत माग्न आएका छौं । लोकतन्त्र, गणतन्त्र, नेपालको संविधान २०७२ र त्यसले ब्यवस्था गरेको मौलिक अधिकारहरु सहित सबै अधिकारहरु, नेपाल सरकारको दीर्घकालिन दृष्टिकोण, १५ औं पञ्चबर्षीय योजना, दिगो विकास लक्ष्य २०३० (क्गकतबष्लबदभि म्भखभयिऊभलत न्यबकि) को राष्ट्रिय मार्गचित्र (२०१६– २०३०), स्थानीय सरकार संचालन ऐन २०७४ लाई आत्मसात गर्दै नगरपालिका भित्र समाजवाद उन्मुख शान्तिपूर्ण, न्यायपूर्ण, समतामूलक, लोकतान्त्रिक, सुखी, सम्बृद्ध र समावेशी समाज निर्माण गर्ने संकल्प गर्दै यो निर्वाचन प्रतिबद्धतापत्र जारी गरेका छौं र यहाँहरुको माझ आएका छौं ।
मार्गदर्शक सिद्धान्तहरु
नगरपालिकामा रहेर गरिने हाम्रा सम्पूर्ण कामहरु निम्न सिद्धान्तहरुबाट निर्देशित हुनेछन्ः
– दिगो विकास(Sustainable Development)
– कसैलाई पछाडि नछाड्ने (Leaving No One Behind)
– मानव अधिकार (Human Rights)
– विकास न्याय (Development Justice)
– सुशासन (Good Governance) ः
हाम्रा प्राथमिक कार्यहरु
(१) आर्थिक विकास
नगर भित्र गरिबीको अन्त्य गर्ने हाम्रो प्राथमिक लक्ष्य रहेको छ । पशुजन्य, फलफूल तरकारीको उत्पादकत्व बृद्धिको लागि स्थानीय युवाहरुको शीप विकास गरिने छ । पशु विमा गरी उच्च प्रविधिमा आधारित पेशा गर्न प्रोत्साहन गरिने छ । कृषकलाई दूध तथा तरकारीमा अनुदानको व्यवस्था गरिने छ । स्थानीय वीउको संरक्षण गरी आयातित वीउलाई प्रतिस्थापन गरिने छ । काभ्रे, शारदा, शंखुमा रहेका सुन्तला खेतीमा परेको नकारात्मक प्रभाव हटाई नयाँ सुन्तला खेतीको विकास गरिने छ र कृषकहरुको आय बृद्धि गरिने छ । धुलिखेल भित्र तरकारी संकलन केन्द्र, कृषि उपज भण्डारण केन्द्र, वीउ प्रशोधन केन्द्र निर्माण गरी कृषिको आधुनिकीकरण गरिने छ । दिगो कृषिको प्रवर्धन गर्दै सबै परिवारहरुमा खाद्य सुरक्षा तथा उन्नत पोषण सुनिश्चित गरिने छ । कृषि र पर्यटनलाई जोडेर यस नगरलाई कृषि अनुसन्धान केन्द्रको रुपमा विकास गरिने छ । कृषियोग्य भुमिको संरक्षण, बस्ती बिकास भू–नीति अनुसार जग्गाको वर्गीकरण कडाईका साथ लागू गरी व्यवस्थित विकास गरिने छ । धुलिखेल नगरपालिका तल्लो तटिय क्षेत्रहमा पोखरी वा जलासय निर्माण गरी यस क्षेत्रमा बाहै्र महिना सिचाई सुविधा पु¥याउने छ । निर्माण गरिएका पोखरीमा सामूहिक माछापालन गरी कृषकको आयस्रोत बृद्धि गरिने छ । कृषकहरुलाई वर्गीकृत गरी परिचय पत्र दिइने छ । साना किसानहरुलाई संरक्षण गरिने छ ।
सबै किसिमको आर्थिक, सामाजिक, भौगोलिक असमानता कम गरिने छ । नगर भित्रै कृषि तथा गैरकृषि क्षेत्रमा ग्राम उद्योगहरु खोल्न प्रोत्साहन गर्ने र रोजगारी सृजना र बिस्तार गर्दै मर्यादित कामको प्रवर्धन गरिने छ । नगरभित्रै रोजगारी र पेशा ब्यवसाय गर्ने र लगानी गर्न सक्ने वातावरण निर्माण गरिने छ । यसको लागि पर्यटन उद्योगलाई प्रोत्साहन गरिने छ । धुलिखेलका सबै क्षेत्रहरुलाई प्राकृतिक सौन्दर्यको अध्ययन अवलोकन गर्ने प्रमुख गन्तव्यको रुपमा विकास गरिने छ । हरेक वडामा पर्यटकीय क्रियाकलाप सञ्चालन गरिने छ । नगरको पर्यटन गुरुयोजना बनाइने छ । नगरपालिकामा पयर्टन बोर्ड स्थापना गरिने छ । पर्यटन व्यवसायमा लगाएको दोहोरो तथा तेहोरो कर खारेज गरी पर्यटन व्यवसायी र होटल ब्यवसायीहहरुको सल्लाहमा नयाँ कर नीति लागू गरिनेछ । होटलहरुमा पर्याप्त पानी र नियमित बिद्युत आपूर्ति हुने ब्यवस्था गरिनेछ । साथै आर्थिक विकासको लागि दिगो औद्योगीकरण र नवप्रवर्तनलाई प्रोत्साहन गरिने छ र धुलिखेललाई आन्तनिर्भर सहरको रुपमा विकास गर्दै लगिने छ ।
धुलिखेलबासीको साँस्कृतिक धरोहर तथा पुरातात्विक सम्पदा भएकोले पुरानो बजार एरियालाई सफा, सुग्घर बनाई पर्यटकीय ब्यापार केन्द्रको रुपमा विकास गरिने छ । होम स्टे र होटल आदि प्रबर्धन गर्दै पुराना बजार क्षेत्रलाई ब्यसायिकरण गरिने छ । यसले रोजगारी तथा स्वरोजगार सृजना गर्न मद्दत गर्नेछ ।
(२) सामाजिक विकास
सबैको स्वास्थ सेवामा समान पहुँच सुनिश्चित गर्दै स्वस्थ जीवन जिउने ब्यवस्था गरिने छ । सबै नागरिकको स्वस्थ्य विमा गरिने छ । घरघरमा पुगी नागरिकहरुको स्वस्थ्य परीक्षण (ब्लड प्रेसर, मधुमेहको नियमित परीक्षण गर्ने आदि) गरी नेपाल सरकारबाट प्राप्त हुने निशुल्क औषधि स्वास्थ्य स्वयंसेविका मार्फत हरेक महिना घरघरमा पु¥याउने व्यवस्था मिलाइने छ । बिपन्न सुत्केरी महिलाहरुलाई मासिक भत्ता दिइने छ । स्वास्थ्य सेवामा सबैको समान पहुँच सुनिश्चित गरिने छ । स्वास्थ्य नागरिक नै राष्ट्रकोसबैभन्दा ठूलो सम्पत्ति भएको तथ्यलाई आत्मसात गरी स्वास्थ्य विज्ञ र नागरिकको सहभागितामा बिशेष स्वास्थ्य कार्यक्रम बनाई लागू गरिने छ । स्वास्थ्य चौकी, उप–स्वास्थ्य चौकीलाई अझ व्यवस्थित र प्रभावकारी बनाइने छ । मुटु रोगी, मृगौला रोगी, क्यान्सर रोगीको लागि अवस्था हेरी नगरपालिकाले ५ लाखसम्म उपचार खर्च व्यहोर्ने ब्यवस्था गरिने छ । सार्वजनिक स्थानहरुमा योग केन्द्र तथा ध्यान केन्द्रस्थापना गर्न पहल गरिने छ ।
सबैको लागि समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गरिने छ । यसको लागि शिक्षामा थप लगानी गरिने छ । अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गरिने छ । गुणस्तरीय, व्यवसायिक र प्राविधिक शिक्षालय स्थापना गरी दक्ष जनशक्ति उत्पादन गर्न नगरपालिकाले बिशेष कार्यक्रम सञ्चालन गरिने छ । नजिकका प्राविधिक शिक्षालय, काठमाण्डौ विश्वविद्यालय र धुलिखेल अस्पतालसँग आवश्यक सहकार्य गरिने छ । अध्ययनको लागि छात्रबृति सहितको कोटा व्यवस्था गरिने छ । नगरभित्र कृषि पर्यावरण सम्बन्धी दक्ष जनशक्ति उत्पादन गरिने छ । सरकारी विद्यालयहरुलाई विभिन्न क्लस्टरमा वर्गिकृत गरी कम लागतमा आवाशीय र गुणस्तरीय शिक्षालयको रुपमा स्थापना गरी उच्च शिक्षा हासिल दर बृद्धि गरिने छ । न्यून आय भएका विद्यार्थीहरु, अपांगता भएका ब्यक्तिहरुलाई उच्च शिक्षा हासिल गर्न नगरपालिकाबाट अनुदानको व्यवस्था गरिने छ ।
धुलिखेल नगर भित्र रहेका ऐतिहासिक सांस्कृतिक भाषिक विविधताको संरक्षण गरिने छ । मुख्यतः वडा नं. ५, ६, ७ र १२ मा रहेका पुराना घरहरुको पुरातात्विक रुपमा संरक्षण गरिने छ । ती घरहरुको पुनः निर्माण गर्दा वा नयाँ बनाउन पर्दा पुराना संस्कृति र कला संरक्षण गर्न नगरपालिकाले कर छुट, आबश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्नेछ । जात्रा, सम्पदा र संस्कृति संरक्षणको लागि गुठी तथा स्थानीय युवा क्लबहरुसँग साझेदारी गरिने छ ।
लैंगिक समानता हासिल गर्न सबै महिला, किशोरी र बालिकालाई सशक्तिकरण गरिदै लगिने छ । निर्णायक स्थानहरुमा महिलाहरुको प्रतिनिधित्व बढाउन क्षमता विकासका कार्यहरु गरिने छ । महिला, युवा, अपांगता भएका ब्यक्तिहरु, दीर्घरोगीहरु, अल्पसंख्यक, अतिबिपन्न ब्यक्ति तथा परिवारहरु र जेष्ठ नागरिक सहित सीमान्तकृत र जोखिममा रहेकाहरुको संरक्षण गर्दै उनीहरुका समावेशी विकासलाई प्रबर्धन गरिने छ । जातीय, लैंगिक लगायत सबैखाले भेदभाव, असमान नीति तथा ब्यवहारहरु नियन्त्रण गरिने छ । धुलिखेललाई मानव अधिकार र न्यायमैत्री नगरको रुपमा विकास गरिने छ ।
खेलकुद विकासको लागि क्यालेण्डर बनाई खेलकुद गतिविधीहरु सञ्चालन गरिने छ । प्रत्येक वडामा एक खेल मैदान हुनेछ । सभ्य, अनुशासीत, सुसंस्कृत समाजको निर्माणको लागि युवाहरुलाई सामाजिक कार्यमा संलग्न हुन र निर्णय प्रक्रियाहरुमा सहभागिताको लागि अभिप्रेरित गर्दै लगिने छ । स्थानीय रीतिरिवाज, चाडपर्वहरुको उचित प्रवद्र्धन र संरक्षण गर्न स्थानीय संघ संस्थाहरुलाई सहयोग प्रदान गरिने छ ।
(३) भौतिक पूर्वाधार विकास
धुलिखेल नगरको सबै वडाहरुमा नियमित स्वच्छ खानेपानीको आपूर्ति गरिने छ । संभाव्यता हेरी हरेक वडामा खानेपानी भण्डारण गर्ने ब्यवस्था गरिनेछ । नगरमा भएका पानीका श्रोतहरुलाई संरक्षण गरिने छ र काभ्रे उपत्याका एकीकृत खानेपानी परियोजनालाई सम्पन्न गरिने छ । नयाँ बन्ने घरहरुमा आकाशेपानी संकलन र ब्यवस्थापन प्रणाली राख्नु पर्ने नियम बनाई कार्यान्वयन गरिने छ । सार्वजनिक पूर्वाधारहरु समावेशी र सबैको लागि पहुँच योग्य बनाइने छ । संभाब्यताको आधारमा साइकल चलाउने लेनहरु निर्माण गरिनेछ । सडकहरु पैदलयात्रुमैत्री बनाइने छ ।
सडक संजाल, बसपार्क, बिद्युतीकरण, संचार सुविधा, भवन आदि पूर्वाधार विकासका कामहरु गरिने छ । एक भूमिगत बसपार्क निर्माण गर्न पहल गरिने छ । नगर क्षेत्रभित्र पार्किङ्कको व्यवस्था मिलाइन छ । यातायात पूर्वाधारलाई व्यवस्थित बनाइ गुणस्तरीय सडक निर्माण गर्नेर भएका सडकहरुको स्तरोन्नती गरिने छ । धुलिखेल नगरपालिकाको एकीकृत शहरी विकास गुरुयोजना बनाई कार्यान्वयनमा लगिने छ ।
मुख्य राजमार्ग तथा नयाँ विकास भएका बस्तीहरुमा ढल निकासहरुको व्यवस्था गरिने छ । आवश्यक स्थानहरुमा सार्वजानिक शौचालयहरु निर्माण तथा सञ्चालन गरिने छ । धुलिखेलको चक्रपथ निर्माण गरी नागरिकहरुलाई सहज आवत जावत गर्न नगर बस सञ्चालन गरिने छ । नगर भित्र स्वच्छ र नविकरणीय उर्जामा पहुँचको बिस्तार गर्दै लगिने छ ।
(४) प्राकृतिक श्रोत वातावरण संरक्षण र बिपद् ब्यवस्थापन सबैलाई आवासको ब्यवस्था गर्दै मानव बसोबासलाई ब्यवस्थित, उत्थानशिल र सुरक्षित बनाइने छ । बिपद् न्यूनिकरण तथा ब्यवस्थापन योजना बनाइ कार्यान्वयन गरिने छ । बिपद्ब्यवस्थापन कोषकोब्यवस्था गरिने छ । प्लाष्टिक प्रदुर्शन, वायु प्रदुर्शन र माटो प्रदुर्शन लगायतका प्रर्दुशनहरु नियन्त्रण गर्दै नगर भित्रको पर्यावरण संरक्षण गरिने छ । नगरलाई प्लाष्टिक फ्रि बनाउन आवश्यक कार्य गरिने छ । ट्रिटमेन्ट प्लान्टहरु मार्फत ढलनिकास प्रशोधन गरिने छ । नगरभित्र बिकेन्द्रित सरसफाईको प्रबन्ध गरी वडामा नैफोहरमैला ब्यवस्था गर्ने र सरसफाईको व्यवस्था गरिने छ । फोहोरमैलाको बैकल्पिक व्यवस्थापनको लागि आबश्यक श्रोतको व्यवस्था गरिने छ ।
फोहोरमैलाको दीगो व्यवस्थापन गरी फोहोरबाट प्राबगारिक मल बनाउने र छिमेकी नगरपालिका समेतसँगको सहकार्यमा फोहोरको दिगो र बैज्ञानिक व्यवस्थापन गरिने छ । जलवायु परिवर्तन र त्यसको प्रभाव नियन्त्रण गर्न आवश्यक कार्यहरु गरिने छ ।
भूउपयोग योजना बनाई भूमिको योजनाबद्ध दिगो उपयोग गरिने छ । सार्वजनिक जमिन सुरक्षा गरिने छ । वनको दिगो व्यवस्थापन, भुक्षय रोक्ने तथा जैविक विविधताको संरक्षण गरिने छ । सिमसार क्षेत्रको संरक्षण गरी कृषि भूमिमा सिचाई प्रणाली पु¥याउने कार्य गर्ने । अधुरो रहेको वडा नम्बर ४ को जग्गा विकास आयोजना सम्पन्न गरिने छ । ड्रिमल्याण्ड परियोजना क्रमशः कार्यान्वयन गरिने छ । व्यवस्थित आवास क्षेत्र विकास गर्ने, स्वस्थ्य पोखरी, कृतिम ताल निर्माणको सम्भाब्यता अध्ययन गरी निर्माणमा पहल गरिने छ ।
(५) शुसाशन र संस्थागत विकास
नगरमा शान्ति, सुरक्षा र समावेशी समाजको प्रवर्धन गरिने । सबैको न्यायमा पहुँच सुनिश्चित गरिने छ । महिला बिरुद्ध हुने हिंसा, अत्महत्याका घटनाहरु र अन्य अपराधहरु नियन्त्रण गर्न सम्बन्धित निकायहरुसँग समन्वय र सहकार्य गरिने छ । नगरपालिका र मातहतका निकायहरुलाई पारदर्शी, प्रभावकारी, जवाफदेही र समावेशी बनाइने छ । भ्रष्टाचार प्रति शुन्य सहनशिलता नीति अवलम्बन गर्दै स्थानीय सुशासन प्रबर्धन गरिने छ । धुलिखेल नगरपालिकामा हुने अनावश्यक प्रशासनिक खर्च र फजुल खर्चहरु बन्द गरिने छ ।
स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा साझेदारीको विकास गर्दै बित्तीय स्रोत लगायत विकासका साधनहरु सुदृढ गर्दै लगिने छ । स्थानीय बजेटको समानुपातिक र पारदर्शी व्यवस्थापन गरिने छ र विकास निर्माणको लागि नपुग श्रोतको लागि प्रदेश तथा संघ सरकारसँग समन्वय र साझेदारी गरिने छ । मध्यकालिन खर्च संरचना (ःभमष्गm त्भचm भ्हउभलमष्तगचभ ँचबmभधयचप) बनाउने कार्यलाई प्रभावकारी रुपका कार्यान्वयनमा ल्याइने छ ।
नगरपालिकाले बनाएका ऐन कानूनहरुको प्रगति समीक्षा गरिने छ र नीति नियम कानूनलाई ब्यवहारिक बनाइने छ । धुलिखेल नगरपालिकाको सार्वाङ्गींण विकास गर्न सम्बन्धित क्षेत्रमा विषज्ञता हाँसिल गरेका विज्ञ समूह गठन गरी उहाँहरुको राय सल्लाह सुझाब अनुसार अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाहरु बनाईने छ । त्यसलाई आबश्यक संयन्त्र बनाई कार्यान्वयन गरिने छ । दिगो विकास लक्ष्यका स्थानीय सूचकहरु पहिचान गरी विकासलाई दिगो विकासमैत्री बनाइने छ । अनुगमन र सुपबिेक्षण प्रणालीलाई सुदृढ गरी विकास निर्माणका कामहरु गुणस्तरीय र प्रभावकारी बनाइने छ ।
सम्पत्ति करको दरहरु र दायराहरुमा समीक्षा गरिने छ । सीमान्तकृतहरुलाई करमा सहुलियत दिइने छ । नगरिकहरुले उपभोग नगरेका सेवाहरुको करबारे पुनरावलोकन गरी आवश्यक छुट दिइनेछ । नगरले दिने सिफारीशहरु सेवा शुल्क दरलाई पुनरावलोकन गरिने छ । अबैज्ञानिक घरजग्गा मुल्याङ्कनलाई व्यवहारिक बनाइने छ । करका नयाँ श्रोतहरु पहिचान गरी आन्तरिक श्रोत परिचालनमा सुधार गरिने छ । राष्ट्रिय तथा अन्र्राष्ट्रिय संघ संस्थाहरु र स्थानीय लगानीकर्ताहरुसँग साझेदारी विकास गरिने छ ।
नगरको अवस्था र विकास प्रवत्ति बारे तथ्यांक तथा प्रणालीको विकास गरिने छ । लैंगिक, वडागत, जातिगत, शारिरीक क्षमता (ब्दष्ष्तिथ०, आर्थिक अवस्था आदिको आधारमा खण्डिकृत तथ्यांक (म्ष्कबननचभनबतभम म्बतब) को विकास गरी नियमित रुपमा अध्यावधिक, विश्वसनीय र तुलना योग्य तथ्यांक उपलब्ध हुने प्रणालीको विकास गरिने छ ।
बिद्यमान विधि र प्रक्रियाहरु समीक्षा गर्दै सरल र समयमै आयोजनाहरु सम्पन्न गर्न कार्यान्वयन क्षमताको विकास गरिने छ । वडा कार्यालयहरुलाई वडा सरकारको भूमिकामा रुपान्तरण गरिने छ र नागरिकहरुले सेवा सुविधा लिन नगरपालिका धाउन नपर्ने ब्यवस्था मिलाइने छ । नगरपालिकाले दिने सेवाहरु जवाफदेहि र प्रभावकारी बनाउने डिजिटल सेवाहरुको विकास गरिने छ ।
आदरणीय नगरवासीहरु
उपरोक्त हाम्रा प्रतिबद्धताहरुलाई कार्यान्वयन गर्न हामीलाई यहाँहरुको विश्वासको मत जरुरी हुन्छ । तसर्थ, गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन हुन विनम्र अनुरोध गर्दछौं ।
तपाई हामीलाई विश्वासको मत दिनोस्, हामी तपाईलाई सुन्दर सुखी सम्बृद्ध धुलिखेल दिनेछौं । नगरको विकासको लागि यहाँको राय सल्लाह र सुझावहरुलाई स्वागत्गर्न चाहन्छौं ।
धन्यबाद्