मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

पहिला किसान अनि देश र त्यसपछि पार्टीको कुरा आउँछ –कृषिमन्त्री यादव

Thearaniko Times 1394+ समाचार ( )
राष्ट्रिय किसान आयोगको ५ औँ वार्षिक उत्सव
७ माघ २०७८, शुक्रबार

काठमाडौँ । कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादवले पहिला किसान अनि देश र त्यसपछि पार्टिको कुरा आउँने बताएका छन्। किसान आयोगलाई कार्यकालको सुभकामना दिँदै उनले भने, ‘कृषि देश विकासको मेरुदण्ड भएका कारण हामीले कृषि क्षेत्रको विकासका लागि रणनीति बनाएर काम गरिरहेका छौ । जसमा किसानको सहयोग चाहिन्छ । राष्ट्रिय किसान आयोगको ५ औँ वार्षिक उत्सवको भर्चुअल माध्यामबाट उद्घाटन गर्दै उनले कृषि क्षेत्रमा बजेट नै कम छुट्याइएको बताए् । साथै उनले आयोग किसानको आयोग हुनुपर्ने बताउँदै अवका दिनमा किसानका विभिन्न संघ संगठनहरुलाई एउटै संगठनमा जोड्न निर्देशन पनि दिए ।  यसका साथै मन्त्री यादवले कृषि देशको मेरुदण्ड भएको भन्दै भण्डारण, बजारीकरण लगायतका कुरामा ध्यान दिएर मन्त्रालयले काम गरिरहेको पनि बताए । 

यसैबीच  कृषि तथा पशुपक्षि विकास मन्त्रालयका पशु तर्फका सचिव नीरु दाहालले जुन उद्देश्यले किसान आयोग गठन भएको छ, त्यो अनुरुप काम गर्न आग्रह गरिन् । अहिलेसम्म आयोगले राम्रो काम गरिरहेको बताउँदै उनले वास्तविक किसानका समस्या सरकारसम्म ल्याउन निर्देशन समेत दिइन् । 

कोरोना संक्रमण फैलिरहेको अवस्थालाई ध्यान दिँदै भर्चुअल माध्यामबाट कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सरकारी निकायका साथै किसानको हकहितमा आवाज उठाउँदै आएका विभिन्न संघ संगठनका प्रतिनिधि उपस्थित रहेका थिए । उनीहरुले किसान आयोगलाई सुभकामना दिँदै किसानहरुका समस्याको समाधान गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् । 

नेपाल पिछडा वर्ग महासंघका देवी कृष्ण न्यौपानेले सफलताको शुभकामना दिँदै किसान आयोग सातै प्रदेशमा स्थापना हुनुपर्ने माग गरे । यसका साथै उनले किसान परिचय पत्र, समयमा मल, बिउ उपलब्ध नहुनु दुःखद् भएको बताउँदै यस विषयमा किसान आयोगले सरकारलाई घचघच्याउनु पर्ने माग पनि गरे । यस्तै अखिल किसान महासंघका उपाध्यक्ष कमलराज श्रेष्ठले आयोग संवैधानिक हुनुपर्ने माग गरे । ‘किसान आयोग सम्पुर्ण किसानको समस्याको आवाज उठाउने र कार्यान्वयन गर्ने खाल्को हुनुपर्याे उनले भने, ‘अवको ५ वर्षका कृषि रणनीति आयोगले बनाउनु पर्यो र  सरकारले त्यसको कार्यान्वयन गर्नु पर्याे ।

यता कार्यक्रमको समापन गर्दै किसान आयोगका अध्यक्ष प्रेमप्रसाद दंगालले जति पनि आएका सल्लाह सुझावलाई ध्यानमा राखि अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र विविधिकरण गरी किसानको हकहितको संरक्षण एवं प्रवद्र्धन गर्न तथा कृषि सम्बन्धी ऐन, कानून, नीति तथा योजना तर्जुमाको साथै कृषि अनुसन्धान र प्रसारमा सरकारलाई किसान आयोगले सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार