बनेपा/नेकपा(एकीकृत समाजवादी) बागमती प्रदेशका सचिव तथा बागमती प्रदेश सभाका संसद लक्ष्मण लम्सालले पशुपति विकास काेषकाे क्याफेमा अाफ्नाे कुनै संलग्ता नरहेको प्रष्ट पार्नुभएकाे छ।
वागमती प्रदेशका संसद लम्सालले केही अनलाइन मिडियाहरुले आफ्नो बारेमा पशुपति क्षेत्र बिकास कोषमा तिर्नु पर्ने भाडामा हिनामिना गर्न खोजेको आशयको सुनियोजित, हचुवा र तथ्यहिन समाचार सम्प्रेषण गरेको भन्दै समाचारको खण्डन गरेका छ्न।
लम्सालले समाचारको खण्डन गर्दै फेसबुक स्टाटस् लेख्छ्न” यस्तो समाचारको पछि लाग्ने इच्छा मलाई थिएन तर जनमानसमा भ्रम फैलाउने उद्देश्यले केही तत्त्व कम्मर कसेर लागेको महशुस भएकाले मेरो ब्यहोरा स्पष्ट गर्दछु।
केहीदिन अघि मेरो र पर्यटन मन्त्री प्रेम आलेको नाम जोडेर केही अनलाइन मिडियाले मेरो चरीत्र हत्या गर्ने कोसिस गरि पशुपति क्षेत्र बिकास कोषमा तिर्नु पर्ने भाडामा हिनामिना गर्न खोजेको आशयको ‘त्यो पनि पर्यटन मन्त्री आलेको भनसुनमा मिलिभगत भनी’ सुनियोजित, हचुवा र तथ्यहिन समाचार सम्प्रेषण गरेको देख्दा दुख लागेको छ। समाचार शीर्षकमा फोटो टासेर ह्मुर फैलाउने गरि समाचार बनाउँदैमा झुट सत्य सावित हुदैन।उहाँले प्रतिप्रश्न गर्दै लेखेका छन्-
१) के पशुपति क्षेत्र बिकास कोषले मेरो नाममा भाडा तिर्न आउनु भनी पत्र काटेको छ ?
२)के कोषसँग मैले लेनदेनको कुनै सम्झौता गरेको वा त्यस्तो सम्झौतामा हस्ताक्षर गरेको देखिन्छ ?
३) कम्पनीमा मेरो शेयर कति रहेछ ?
४) कि कतै लिनेदिने डिल गरेको अडियो /भिडियो छ कि?
५) कि कसैसँग रकम मागेर काम मिलाई दिने कसम खाएको देखिन्छ?
यस्ताे अनुचित काममा म संलग्न छैन । तसर्थ आम जनमानसमा भ्रम फैलाउने गरि कुन उद्देश्य पूरा गर्न यस्तो समाचार बनाइन्छ मलाई थाहा छैन। मेरो सम्लगनता नभएको बिषयमा समाचार बनाउने, भ्रम श्रृजना गर्न योजनाबद्ध प्रचार गर्ने गराउने प्रति दया लागेर आउछ। यी र यस्ता झुट खबरले मेरो निष्ठा माथि दाग लगाउन सकदैन। म सम्पुर्ण पार्टी पङ्गती र आमजनसमुदायमा फेरि पनि प्रतिबद्धता जाहेर गर्द्छु। धेरै राम्रो गर्न नसकिएको होला तर पनि नराम्रो चै पक्कै गरेको छैन, गरिने छैन।