मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

स्थानीयको सहयोगमा नालामा बुद्ध प्रतिमा निर्माण
स्थानीयको सहयोगमा नालामा बुद्ध प्रतिमा निर्माण

Thearaniko Times 1394+ समाचार ( )
२४ वैशाख २०८२, बुधवार

‎बनेपा । काभ्रेपलाञ्चोकको बनेपा-४, नालामा तीस फिट अग्लो बुद्ध प्रतिमा निर्माण गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यहाँका स्थानीय बासिन्दाहरुको चन्दा संकलनबाट निर्माण गरिएकाे बनेपा नगरपालिका वडा नं. ४ नालास्थित भूईचालोडाँडामा निर्माण गरेको बुद्ध प्रतिमाको आज लामागुरुहरुसहितको टोली र वडा नं. ४ का वडा अध्यक्ष श्याम कुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

‎स्थानीयबासिन्दा सत्यमान लामाले त्यहीका स्थानीयबासिन्दाले जंगलभित्र रहेको ब्रम्हायणी मन्दिरमा गर्दै आएको पूजामा सहभागि हुने. गरेको स्थानलाई थप धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले बुद्ध प्रतिमा निर्माण गरेको बताउनुभयो । पर्यटकीयस्थल नगरकोटको नजिकै रहेको नाला जंगलको छेउमा बिहान बेलुका यहाँका मानिसहरुको हिडाईको उपयुक्त स्थल पनि भएकोले बुद्ध प्रतिमा निर्माण गरी उद्यान बनाउने  काम थालेको बताउनुभयो । ‘यसै स्थानमा चतुमुर्खि ब्रम्हाको मुर्तिसहितको उद्यान नजिकै निर्माण गरिसकेको र त्यही छेउमा निर्माण गरेको बुद्ध प्रतिमासहितको उद्यानले यहाँका धार्मिक पर्यटकीय क्षेत्रलाई विकास गर्नमा सहयोग मिल्ने छ ।’

‎पहिला स्थानीयको घाँस, दाउरा र सोतर गर्ने ठाउँमा ब्रम्हाको चर्तुमुखि मुर्तिसहितको उद्यान र त्यही छेउमा तीस फिटको अग्लो बुद्धको प्रतिमा निर्माणपछि पर्यटकीय विकासमा धेरै फड्को मारेको स्थानीय बासिन्दा तुलप्रसाद दाहाले बताउनुहुन्छ । ‘पहिला स्थानीयबासिन्दाको मात्रै धार्मिक अनुष्ठानको स्थल रहेको यस क्षेत्रमा अब विस्तारै धार्मिक पर्यटन केन्द्र बनेको र धेरै टाढाबाट समेत मानिसहरुको आवतजावत बढ्दै गएको छ ।’ उहाँले भन्नुभयो, ‘यसले पर्यटन प्रवद्र्धन संगै बुद्ध र हिन्दुधर्माबलम्बिहरुको आस्थाको केन्द्र समेत बनेको छ ।’

‎सो उद्यानसंगै नजिकै रहेको अर्को उद्यानलाई पनि जोड्ने गरेर बगैंचाहरु निर्माणको लागि वडा र नगरपालिकाको समन्वयमा बागमती प्रदेश सरकारबाट एक करोड ६५ लाखबराबरको बजेटसमेत छुट्याईसकेको उहाँले बताउनुभयो । सो ठाउँ नजिकै रहेको जंगलको माथिल्लो डाँडामा दृश्यामवलोकन स्तम्भ निर्माण गर्ने सोच समेत रहेकोमा सो कार्य निर्माण भएपछि यस क्षेत्रको पर्यटकीय विकासमा थप टेवा पुुग्ने अपेक्षा गरेको छ ।

‎उहाँका अनुसार स्थानीयको चन्दा सहयोगमा करिब ४० लाख लागतमा सो प्रतिमा निर्माण सम्पन्न भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार