मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

रास्वपा काभ्रेको चियापान कार्यक्रम धुलिखेलमा संपन्न

Thearaniko Times 1401+ समाचार ( )
७ असार २०८१, शुक्रबार

धुलिखेल/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो स्थापना दिवस देशभर विविध कार्यक्रम गरी मनाएको छ । 

केन्द्रीय कार्यालय बालाजुमा आयोजित चियापान समारोहमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी ओली शर्मा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत, लगायत विभिन्न पार्टीका शीर्ष नेता, मन्त्री, सांसद, कूटनीतिक नियोगका प्रतिनिधि, रास्वपा समर्थक, शुभचिन्तकको जमघट भएको छ । 

यसैगरी स्थापना दिवसका अवसरमा रास्वपा काभ्रेले धुलिखेलमा आयोजना गरिएको चियापान कार्यकममा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुले शुभकामना मन्तब्य राखेको थियो। 

चियापान कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा नेपाल उद्योग बाणिज्य संघ बागमतीका अध्यक्ष दिल सुन्दर श्रेष्ठ, नेकपा एकीकृत समाजवादी काभ्रेका उपाध्यक्ष रघुवर चौप्रधान, राप्रपाका गणेशलाल श्रेष्ठ लगायतले स्थापना दिवसका अवसरमा शुभकामना मन्तव्य राख्नुभएको थियो।

रास्वपाको बागमती प्रदेश सदस्य बसुनारायण श्रेष्ठ, क्षेत्रीय सभापति जिएन सापकोटा, ताराबहादुर कुँवर, मधु चौलागाई लगायतले पार्टीको स्थापनाकालदेखि हालसम्मको अवस्थाबारे मन्तव्य राख्नुभएको कार्यक्रमको अध्यक्षता जिल्ला संयोजक प्रविण कुमार धितालले  र उपसंयोजक पुण्यमाता घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममको सञ्चालन रास्वपा धुलिखेल नगर संयोजक माधव श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा होटल व्यवसायी धुलिखेल लज रिसोर्टका प्रेमकण्ठ माकजु श्रेष्ठलाई सम्मान गरिएको थियो।

रास्वपा २०७९ असार ७ गते स्थापना भएको हो । स्थापनाको छोटो अवधिमै निर्वाचनमा भाग लिएको रास्वपाको प्रतिनिधिसभामा २१ जना सांसद प्रतिनिधित्व गर्छन् । संसद्‌को चौथो दल रास्वपा अहिले सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सामेल छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार